समाज

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

१८ भदौ,बलेवा । विसं २०७७ भदौ १७ गते भुजीखोला किनारका स्थानीयवासीका लागि कालो दिन हो । रातको १२ बजेको हुँदो हो भुजीखोलामा अनायसै आएको बाढीले यहाँका स्थानीयवासीलाई नत पानी भन्न दियो, नत गुहार नै माग्न । केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । बागलुङ ढोरपाटन नगरपालिका–९ को भुजीखोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेका थिएनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसैगरी सुसाउँथ्यो र त्यो वर्ष पनि उस्तै थियो । खोला अघिल्ला वर्षको जस्तो सुसाएर मात्रै बसेन् । बाउबाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्तीबेँसी झरेका बेला बोबाङवासीका…
Read More
सुशासन, दिगो तथा समृद्धि सम्मेलन हुँदै

सुशासन, दिगो तथा समृद्धि सम्मेलन हुँदै

१८ भदौ,काठमाडौँ। विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औँ राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । चैतन्य एकेडेमीद्वारा असोज १२ र १३ गते काभ्रेपलाञ्चोकमा सम्मेलनमा सञ्चालन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिनुभयो । सम्मेलनका सभाध्यक्ष एवं पूर्वमुख्य सचिव डा विमल कोइरालाले दुईदिने सम्मेलनले सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । “सम्मेलनले नेपाली समाजमा व्याप्त निरासाबीच आशा जागरुत गर्ने विश्वास लिएका छौँ । अर्कातर्फ शासन व्यवस्थामा सुधार गरेर लोकतन्त्रको लाभांश जनतासम्म कसरी पु¥याउने भन्ने सोचका साथ यो सम्मेलन…
Read More
प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

१८ भदौ,काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त छ योजनामध्ये दुई वटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको छ ।मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद विकास कार्यक्रमको प्रभावकारिता र औचित्य नदेखिएको तथा अर्थ मन्त्रालयबाट बजेट रोकिएपछि प्रगति ५० प्रतिशतभन्दा कम भएको जानकारी दिइयो । मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रममध्ये राष्ट्रिय युवा परिचालन कार्यक्रमको ४८ दशमलव ८ र खेलकुद विकास कार्यक्रमको प्रगति ३१ दशमलव ५६ छ । नेपाल स्काउट ८० दशमलव ३२, राष्ट्रिय खेलकुद परिषद् ६९ दशमलव ३७, राष्ट्रिय युवा परिषद् ९२ दशमलव १८ र युवा तथा साना व्यवसायी स्वरोजगार कोष ८८ दशमलव २२ प्रगति रहेको…
Read More
सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार

सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार

१८ भदौ,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख १२ हजार चार सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू पाँचले बढेर रू एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।
Read More
गुम्बा नभत्काउन महानगरलाई आग्रह

गुम्बा नभत्काउन महानगरलाई आग्रह

१८ भदौ, काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नं १० देवीनगरस्थित काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ । समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि महानगरपालिकाले सार्वजनिक जग्गामा निर्मित भनेर हटाउन अल्टिमेटम दिएको छ । काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले आज एक प्रेस विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो । समितिका अध्यक्ष टिकाराम गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विसं २०६६ जेठ २१ गते बुद्ध धर्मप्रति आस्था राख्ने गुरुङ समुदायका व्यक्ति बुद्ध धर्मको ज्ञान, उपदेश, प्रवचन दिने र दिन लगाउने उदेश्यका साथ…
Read More
तीन शताब्दीको इतिहासलाई संस्कृतिमार्फत जीवन्तता

तीन शताब्दीको इतिहासलाई संस्कृतिमार्फत जीवन्तता

१८ भदौ,गण्डकी । पोखरा महानगरपालिका–३३ स्थित आँपु भञ्ज्याङ, लामगादी क्षेत्र पुरानो नेवारी बस्तीमा पर्छ । अहिले बसोबास पुस्ता छैँटो पुस्ता हो । पुस्ता गणनाकै आधारले पनि यस ठाउँमा नेवार समुदायको इतिहास तीन सय वर्षभन्दा पुरानो रहेको स्थानीय समाजसेवी एवम् भीमसेन नेवा खलः आँपुभञ्ज्याङ लामगादीका अध्यक्ष लीलबहादुर श्रेष्ठको भनाइ छ । “आँपुभञ्ज्याङ, लामगादी बस्तीको मुख्य भागमा परापूर्वकालदेखि नेवार समुदायको बस्ती थियो”, उहाँले भन्नुभयो, “सुविधाको खोजीका साथै अन्य विभिन्न कारणबाट नेवार समुदायका व्यक्ति बसाइँ सर्दै गएपछि यहाँका बस्तीमा शून्यता छाउन थालेको हो ।” बस्तीमा नै शून्यता छाउन थालेपछि प्राचीन मौलिक संस्कृति पनि हराउने चिन्तासँगै आफूहरू ती संस्कृतिको माध्यमबाट मौलिकता बोकेको इतिहासलाई बचाउने…
Read More
आजको मौसम : भारी वर्षाको सम्भावना

आजको मौसम : भारी वर्षाको सम्भावना

१८ भदौ,काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशका धेरैजसो स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र ती प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।…
Read More
छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

१८भदौ, इनरुवा। पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ । इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन् । मुख्य राजमार्ग भए पनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा पशु चौपाया चराउने र छाडा छाड्ने गरेका कारणले दुर्घटनाको जोखिम बढेको सवारी चालक चन्दन मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकका पशु चौपायाले दुर्घटनाको जोखिम बढाउँछ । यसलाई नियन्त्रण गर्न स्थानीय तह तथा ट्राफिक कार्यालयले ध्यान दिनुपर्छ ।” राजमार्गमा देखिने पशु चौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम…
Read More
सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

१८ भदौ,महेन्द्रनगर । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा समापन गरेका हुन । गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा सुरु गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं सम्भावना बोकेका क्षेत्रको पहिचान र प्रचारप्रसारका लागि आफूले पैदल यात्रा थालेको जानकारी दिनुभयो । एक सय१७३ दिनमा ७७ वटै जिल्ला सदरमुकाम पुगेका पाध्याले यात्रामा सुदूरपश्चिमका नौवटै जिल्लामा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको बारेमा प्यानरसहित हिँडेको बताउनुभयो । “व्यक्तिगत लगानीमा यहाँका सम्भावना बोकेका क्षेत्र चिनाउने क्रममा धेरैले यात्राका क्रममा सुदूरका…
Read More
कागबेनीका बाढीपीडितलाई राहत वितरण

कागबेनीका बाढीपीडितलाई राहत वितरण

१८ भदौ, कागबेनी। मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ । अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा गत साउन २८ गते कालीगण्डकीमा अप्रत्याशित आएको बाढीका पीडित परिवारलाई आइतबार कागबेनीमा राहत वितरण गरिएको हो । बाढीबाट प्रभावित भएका ती परिवारलाई अनन्त विभूषित मुुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) ले राहत वितरण गर्नुभएको थियो । उहाँले गत हप्तामात्र पोखरामा पत्रकार सम्मेलन गरी कागबेनीमा अप्रत्याशितरुपमा आएको बाढीबाट ठूलो क्षति पुगेको र कैयौँ पीडित भएकाले उनीहरुलाई आवश्यक सहयोग गर्न नेपाल सरकार र उसका निकाय…
Read More
Page 56 of 304
1 54 55 56 57 58 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.