त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरू
१५ भदौ,ललितपुर । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन गर्नु हुँदै परराष्ट्रमन्त्री एनपी साउदले यस कार्यक्रमले दक्षिण एसियाका संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “महोत्सव नेपाललाई केन्द्र बनाएर काठमाडौँमा आयोजना हुनु हाम्रो लागि सुखद् पक्ष हो । काठमाडौँसँग वनारस, जनकपुरलाई अयोध्यासँग, विराटनगरलाई कुरु क्षेत्र हस्तिनापुरसँग जोड्न सकेनौँ भने हामी अधुरो हुन्छौँ”, उहाँले भन्नुभयो, “संस्कृति र भाषाका कारण हामी एकअर्कासँग जोडिएका छौँ । हाम्रो समानता संस्कृत भाषा हो…
