समाज

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

२१ भदौ,किमाथाङ्का। त्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिनुभयो । बुधबार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी गर्भवती राईलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह काठमाडाँै पठाइएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनुभयो । स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएको र बच्चा पनि उल्टो अवस्थामा भएपछि थापाथली प्रसूति गृह पठाइएको स्वास्थ्य शाखा प्रमुख पोखे्रलको भनाइ छ । सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म १२ भन्दाबढी सुत्केरी तथा गर्भवतीको…
Read More
हजारौँ हेक्टर जग्गा अतिक्रमणको चपेटामा

हजारौँ हेक्टर जग्गा अतिक्रमणको चपेटामा

२१ भदौ,रौतहट । जिल्लाको करिब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणको चपेटामा परेको छ । चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुङ्गा, गिटी उत्खनन गर्ने काम तीव्ररुपमा बढेको छ । सम्बन्धित निकाय मौन हुँदा राजमार्ग क्षेत्रका आसपासमा भएका अतिक्रमित वन जङ्गलको जग्गामा पक्की घर निर्माण गर्ने होडबाजी नै चलेको स्थानीय बताउँछन् । वन अतिक्रमण तीव्ररुपमा बढे पनि वन प्रशासनले त्यसतर्फ ध्यान दिएको छैन । सबैभन्दा बढी वृन्दावन नगरपालिका–१ बलेरीको जङ्गल अतिक्रण भएको छ । सो ठाउँमा घर बनाउनेक्रम बढेको स्थानीय बताउँछन् । “पहिला सुकुम्बासीको नाममा जङ्गल फँडानी गरी भोटे टोल स्थापना भएको थियो, अहिले यो…
Read More
उपचार नपाएर बालिकाको निधन भएकामा सांसदको ध्यानाकर्षण

उपचार नपाएर बालिकाको निधन भएकामा सांसदको ध्यानाकर्षण

२१ भदौ, काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेकपा (एमाले) का सचेतक महेश वर्ताैलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापर्वाहीका कारण भएको दाबी गर्र्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गर्नुभएको हो । उहाँले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका डा चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिलाई मात्रै…
Read More
विदेश छाडेर नेपालमै च्याउ खेती

विदेश छाडेर नेपालमै च्याउ खेती

२१ भदौ, मलेखु। वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गर्नुभएको हो । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु एक लाख कमाई भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उहाँले बताउनुभयो । “अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाई भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो”, पौडेल भन्नुहुन्छ, “चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।” विसं २०७६ मा काठमाडौँको नागार्जुन…
Read More
उखु खेती बढाउन किसानको अवलोकन भ्रमण

उखु खेती बढाउन किसानको अवलोकन भ्रमण

२१ भदौ,सर्लाही। उखुमा अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण गराएको छ । अनेकौ समस्या व्यहोरेर पनि उखु उत्पादन गरिरहेका जिल्लाका किसानले पछिल्लो समयमा उद्योगले दिनुपर्ने भुक्तानी र सरकारबाट प्राप्त हुनुपर्ने अनुदान नै नपाएपछि उखु खेतीको विकल्प खोज्न थालिएको अवस्थामा उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण र उन्नत जातको उखुको बीउ वितरण गरेपछि पुनः आफूहरुको मनोवल बढेको सहभागी किसान माधव थापाले बताउनुभयो । पछिल्लो समय जिल्लामा उखु खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि चिनी उद्योगले जिल्लाका…
Read More
सामूहिक छोनाम (न्वाँगी) मनाउँदै चेपाङ समुदाय

सामूहिक छोनाम (न्वाँगी) मनाउँदै चेपाङ समुदाय

२१ भदौ,भरतपुर । यसवर्ष चेपाङ समुदायले सामूहिक रुपमा छोनाम (न्वाँगी) पर्व मनाउने भएका छन् । शुक्रबार सामूहिक रुपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा ईच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन, धादिङ, गोरखा र मकवानपुरका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वाँगी मनाउँदैछन् । “चेपाङ सङ्घको तर्फबाट उत्सवका रुपमा सामूहिक रुपमा पर्व मनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउनुहुनेछ ।” उहाँका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन…
Read More
पुरानो संस्कृति जोगाउँदै नयाँ पुस्ता

पुरानो संस्कृति जोगाउँदै नयाँ पुस्ता

२१ भदौ,दैलेख । दैलेख सदरमुकामका विभिन्न ठाउँमा सामाजिक सद्भाव कायम राख्दै एकमहिने वर्षे मेला सञ्चालन गरिन्छ । सयौँ वर्ष पुरानो मानिएको वर्षे मेला गाँठेमङ्गलको सुरुआतसँगै एक महिनासम्म सञ्चालन हुने प्रचलन छ । परम्परागतरूपमा नेवार समुदायले परापूर्व कालदेखि मनाउँदै आएको वर्षे मेला नयाँ पुस्ताको लगाव बढ्दै गएको देखिन्छ । अहिले वर्षे मेला सबै जातजातिका लागि साझा पर्वका रूपमा विकसित भएको छ । केही वर्षअघिसम्म दैलेख सदरमुकाम बसोबास गर्ने नेवार समुदायले वर्षे मेलालाई उल्लासका साथ बनाउने प्रचलन थियो । पुरानो संस्कृति विस्तारै लोप हुँदै गएपछि यसको महत्व बचाउन पछिल्ला वर्षमा नयाँ पुस्ता जागरूक भएका हुन् । केही वर्षअघिसम्म जिल्ला सदरमुकाममा मात्र सञ्चालन…
Read More
सुदूरपश्चिममा आज गौरा मनाइँदै

सुदूरपश्चिममा आज गौरा मनाइँदै

२१ भदौ,दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ । यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले आज धुमधामका साथ गौरा मनाउँदै छन । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गँेडागुडी) राखेर सुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि…
Read More
परम्परागत सीप र पढाइ सँगसँगै

परम्परागत सीप र पढाइ सँगसँगै

२१ भदौ,तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले स्थानीयस्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ । दिनभरिको पढाइबाट थकित हुने विद्यार्थीलाई तनावमुक्त बनाउन अन्तिममा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालिएको छ । विद्यालयले सिक्दै पढ्दै अभियानअन्तर्गत गायन वाद्यबादन, नृत्य, चित्रकला, हस्ताकला, वक्तृत्वकला, बाबियाँको डोरी बाट्नेलगायतका कार्यलाई प्राथामिकता दिन थालेको हो । करिब एक हप्ताअघिदेखि पढाइको साथसाथै सीपमूलक शिक्षा प्रदान गर्न थालेपछि अभिभावकसमेत खुसी हुन थालेको विद्यालयका शिक्षक बुद्धिबहादुर बरालीले जानकारी दिनुभयो । घोकन्ते शिक्षाको तुलनामा व्यवहारिक शिक्षा प्रभावकारी बन्दै जाँदा विद्यालयका शिक्षक पनि उत्साहित भएर सिकाउन लाग्नुभएको उहाँले बताउनुभयो । कक्षा १ देखि…
Read More
हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

२१ भदौ,ओखलढुङ्गा।ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो । दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए । गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अस्पताल पु¥याउना साथ उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो । प्रहरीले कटुवाललाई बुधबार साँझ पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ ।
Read More
Page 54 of 304
1 52 53 54 55 56 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.