समाज

पर्यटकीय क्षेत्र पोखरी तालमा पूर्वाधार विकास गरिँदै

पर्यटकीय क्षेत्र पोखरी तालमा पूर्वाधार विकास गरिँदै

२२ भदौ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पोखरी ताल क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । कावासोती नगरपालिका–१ मा अवस्थित पर्यटकीय क्षेत्र पोखरी तालको थप विकासका लागि विभिन्न निर्माण कार्य सुरु गरिएको वडा नं १ का वडाध्यक्ष तबारक अहमद मियाँले बताउनुभयो । पर्यटकीय दृष्टिकोणले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा पर्दै आएको छ । साथै ताल क्षेत्रमा पानी नअडिने समस्याले तालमा पानी अड्याउनै समस्या हुने गरको छ । त्यसकारण हालै नगरपालिकाले रु तीन करोड पाँच लाख २७ हजारको लागतमा विभिन्न संरचना निर्माण गर्न लागिएको वडा अध्यक्ष मियाँले बताउनुभयो…
Read More
नेपालगञ्जमा गरिबसँग स्थानीय सरकार

नेपालगञ्जमा गरिबसँग स्थानीय सरकार

२२ भदौ,नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसँंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो । उक्त कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भई नेपालगञ्ज राजपत्रमा प्रकाशन भएपछि लागू हुने सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले जानकारी दिनुभयो । उक्त कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले सामाजिक विकास समितिका संयोजक कौशलकुमार धोवीलाई हस्तान्तरण गरेको छ । कार्यदल संयोजक गोविन्दप्रसाद रेग्मीले उक्त मस्यौदा हस्तान्तरण गर्नुभएको हो । गत साउन २५ गते बसेको सामाजिक विकास समितिको बैठकले रेग्मीको…
Read More
रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

२२ भदौ,मलेखु । गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए । जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए । मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुन्जायमान थिए । त्यही ढ्याङ्ग्रो ठोकेर फलाक्नेमध्येका एक हुनुहुन्थ्यो धादिङ गजुरी गाउँपालिका–५ बरभञ्ज्याङका राजकुमार चेपाङ । नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ उनीहरुको मुख्य पर्व पनि हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’…
Read More
दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

२२ भदौ, भोजपुर। भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ । वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ । सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको छ । स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ…
Read More
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द

अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द

२२ भदौ,किमाथाङ्का।  मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले आलटाल गरेको आरोप लगाउनुभयो । जग्गाधनीलाई मुआब्जावापतको रकम दिने भनेर निर्धारण भइसकेको मुआब्जा रोकिएपछि बाध्य भएर अनिश्चितकालीन आन्दोलनमा उत्रिएको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा गठित छुट मुआब्जा…
Read More
विचार : निजामती सेवामा सुधारका सवाल

विचार : निजामती सेवामा सुधारका सवाल

२२ भदौ, काठमाडौँ । विश्वस्तरमा र नेपालमा समेत लामो विगतको विरासतका रूपमा रहेको र निजामती सेवासम्बन्धी कानुनअनुसार सञ्चालनमा रहेको सेवाका रूपमा निजामती सेवाका आफ्नै मौलिक मूल्य मान्यताहरू रहेका छन् । योग्यता तथा क्षमताका आधारमा निष्पक्षरूपमा भर्ना वा छनोट गरिने, जीवनको निश्चित अवधिसम्म कार्यरत रहने, विधि र प्रक्रियाअनुसार सञ्चालित हुने, समय बित्दै जाँदा अनुभव तथा सिकाइको आधारमा वृत्तिपथमा अगाडि बढ्दै जाने गरी पद सोपानमा आधारित हुने यसको परिचय तथा विशेषता दर्शाउने मूल्यहरू हुन् । यसबाहेक राजनीतिकरूपमा तटस्थता अपनाउने, निर्णय निर्माण तथा अन्य काम कारबाहीको व्यवस्थित अभिलेख राखिने एवं अनुशासन र आचरणको साथमा व्यावसायिकता विकासको अवसरसमेत उपलब्ध सेवा पनि हो निजामती सेवा…
Read More
सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

२२ भद,काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो । राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ । अनलाइनमार्फत ठगी गर्ने पक्राउ अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५…
Read More
वैवाहिक अधिकारबाट वञ्चित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय

वैवाहिक अधिकारबाट वञ्चित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय

२१ भदौ,काठमाडौँ । मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय विवाह गर्न पाउने अधिकारबाट वञ्चित भएको बताउनुभएको छ । उक्त संस्थाद्वारा आज यहाँ आयोजित वैवाहिक समानतामा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले संविधानले प्रदत्त गरेका अधिकार र सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय वैवाहिक अधिकारबाट वञ्चित भएको बताउनुभएको हो । “अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, संविधानअनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको हकअधिकार सरकारले सुनिश्चित नगर्दा उनीहरू अधिकारबाट वञ्चित भएका छन्”, कार्यकारी निर्देशक केसीले भन्नुभयो, “संविधानको व्यवस्था अक्षरश पालना भए मात्र वैवाहिक समानताको अधिकार प्राप्त गर्न सकिन्छ ।” नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि सुनिश्चित…
Read More
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

२१ भदौ,काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गर्नुभयो । हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताउनुभयो । रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति…
Read More
नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

२१ भदौ,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नारायणगढ–बुटवल सडकखण्डमा हुने दुर्घटना न्यूनीकरण गराउन तथा जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्ने उद्देश्यले जिल्लाका तीन ठाउँमा गाडी स्क्यान मेसिन जडान गर्ने सहमति भएको जानकारी दिनुभयो । गण्डकी प्रदेशकै भारतसँग सीमानाका जोडिएको एकमात्रै जिल्लाका रुपमा रहेको नवलपुरमा पश्चिमबाट जिल्ला भित्रिने नाका दाउन्ने, पूर्वबाट जिल्ला भित्रिने नाका गैँडाकोटको पुलचोक तथा जिल्ला प्रहरी कार्यालयमा सवारीसाधन स्क्यान…
Read More
Page 53 of 304
1 51 52 53 54 55 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.