समाज

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्रयायो ‘गारवेज ट्रक’

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्रयायो ‘गारवेज ट्रक’

भदौ लहान,गोलबजार । नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो । फोहर सङ्कलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहर ती ट्रकमा सङ्कलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर सङ्कलन गरिने उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहर सङ्कलनका लागि ट्रक जान सक्ने बताउनुभयो ।
Read More
अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

१२ भदौ,भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् । विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र…
Read More
नरैनापुरमा क्याम्पस स्थापना गर्न माग

नरैनापुरमा क्याम्पस स्थापना गर्न माग

१२ भदौ,राँझा । बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका छन् । उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ती क्षेत्रका युवा आवश्यक स्रोत र पूर्वाधारको खोजीमा लागिपरेका छन् । विशेष गरेर नरैनापुर गाउँपालिकामा क्याम्पस नहुँदा यहाँका छात्रालाई उच्च शिक्षा अध्ययन गर्न समस्या हुँदै आएको जनाइएको छ । सदरमुकाम नेपालगन्जबाट ४४ किलोमिटर दक्षिणपूर्व भारतीय सीमासँग जोडिएको नरैनापुरमा कक्षा १२ सम्म पढाइ हुने माध्यमिक विद्यालय सञ्चालन भए पनि अहिलेसम्म स्नातक तह अध्ययन गर्न राप्ती सोनारी गाउँपालिका वा नेपालगन्ज पुग्नुपर्ने बाध्यता रहेको स्थानीय युवा विनय दीक्षितले बताउनुभयो । गाउँपालिकामा क्याम्पस नहुँदा १२ कक्षा पास गरेपछि नरैनापुरका…
Read More
चालु पुँजी कर्जाको सीमा बढ्यो

चालु पुँजी कर्जाको सीमा बढ्यो

११ भदौ,काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो । राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगको हकमा रु तीन करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गरेको हो । यसअघि उक्त उद्योगका लागि रु एक करोडसम्म थियो । उद्योगी, व्यवसायी, बैंकर र अर्थ मन्त्रालयको आग्रहपछि राष्ट्र बैंकले विद्यमान व्यवस्था संशोधन गर्दै चाुू पुँजी कर्जा परिमार्जन गरेको हो । “कुनै फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा उत्पादनमूलक उद्योगको हकमा रु चार करोडसम्म) को चालु…
Read More
मुख्यमन्त्रीहरुको प्रश्नः सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा किन ढिलाइ ?

मुख्यमन्त्रीहरुको प्रश्नः सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा किन ढिलाइ ?

रमेश लम्साल ११ भदौ,काठमाडौँ । सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउनुभएको छ । नागरिकलाई घर आँगनमै सहजरुपमा सेवासुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको सङ्घीय प्रणाली पनि प्रक्रियामा फस्दै गएको, महत्वपूर्ण कानून निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै मुख्यमन्त्रीहरुले गत असारमा पोखरामा सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेका निर्णय पनि तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औँ बैठकमा सहभागी हुँदै मुख्यमन्त्रीहरुले प्रदेश सरकरालाई सबल नबाइ र हालकै…
Read More
देशभरका शिवालयमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो

देशभरका शिवालयमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो

११ भदौ,काठमाडौँ । चान्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार आज पशुपति क्षेत्रमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो लागेको छ । सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले वर्तालुले व्रत उद्यापन गर्न पाएका थिएनन् । पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रावणभरी व्रत गरेका वर्तालुले आज गोदान र पूर्णपात्र दान गरी उद्यापन गरिरहेका छन् । श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा महाशिवरात्रि र तीजको अवसरमा जस्तैगरी भक्तजनका लागि व्यवस्था गरिएको जनाएको छ । आज बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिएको कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा आज बिहानैदेखि साउने सोमबारको व्रत…
Read More
अन्ततः रास्वापाबाट उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा जनमतका खान निर्विरोध

अन्ततः रास्वापाबाट उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा जनमतका खान निर्विरोध

११ भदौ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको आजको बैठकमा रास्वापका उमेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताउनुभयो । समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । रास्वपका उम्मेदवारले उमेद्वारी फिर्ता लिएर सहयोग गर्न आग्रह गर्नुभएकामा उम्मेदवार खानले आफूले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेको हुनाले जनताको पक्षमा काम गर्ने हुटहुटी छ। मलाई मत दिएर सभापतिमा चयन गर्न आग्रह गर्दछु भनेको जानकारी गराउनुभयो ।
Read More
एक वर्षमा हात्तीका सात छावा

एक वर्षमा हात्तीका सात छावा

११ भदौ,चितवन।  चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर र पोष्टमा रहेका हात्तीले गत आर्थिक वर्षमा सात छावा जन्माएका छन् । निकुञ्जका हात्तीले एकै वर्षमा जन्माएको यो ठूलो सङ्ख्या हो । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार खगेन्द्र मल्ली पोष्टमा रहेको गणेशकलीबाहेक सबै तालिम केन्द्रका हात्तीले बच्चा जन्माएका हुन् । तीर्थमानकली, हिमानीकली, चितवनकली, तमरकली, लोकतन्त्रकली र ऐश्वर्यमालाकलीले बच्चा जन्माएका उहाँले बताउनुभयो । गण्डकीकलीलेसमेत बच्चा जन्माएको जनाउँदै चौधरीले उक्त बच्चा बचाउन नसकिएको जानकारी दिनुभयो । गत आवमा यहाँका तीन हात्ती शुक्लाफाँटा पठाइएकोमध्ये नारायणीकलीले शुक्लाफाँटा पुगेर बच्चा जन्माएको थियो । चौधरीले भन्नुभयो, “हाम्रा यहाँका हात्तीका नौ बच्चा जन्मिएका हुन् ।…
Read More
निर्वाचन व्यवस्थापन विधेयक पारितका लागि आग्रह

निर्वाचन व्यवस्थापन विधेयक पारितका लागि आग्रह

११ भदौ,काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल सरकार समक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजले आज सञ्चारकर्मीसँग गरेको छलफलमा उहाँले मुलुकको शासकीय सुधारका लागि निर्वाचन कानुनको सुधार अपरिहार्य भएको स्पष्ट गर्नुभयो । गत वर्ष भएका विभिन्न निर्वाचनको समीक्षा र प्राप्त सुझावलाई ध्यान दिई आयोगले एकीकृत निर्वाचन कानुनको विधेयक गत असार १८ गते निर्णय गरी गृह मन्त्रालयसमक्ष पेस गरेको थियोे । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका पूर्वसचिव माधव पौडेलले उक्त विधेयक पारित भएमा व्यापक सुधार हुने उल्लेख गर्दै निर्वाचनको सवालमा नैतिक…
Read More
फित्कौलीद्वारा पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान

फित्कौलीद्वारा पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान

११ भदौ,काठमाडौ। हास्यव्यङ्ग्य केन्द्रित फित्कौली अनलाइन मिडियाले पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ । यस्तै हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच अग्रज स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरिएको छ । कार्यक्रमको आरम्भमै हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले कार्टुन नै कोरेर काटुनिस्ट राजेश मान्धरको एकल कार्टुन प्रदर्शनीको शुभारम्भ गर्नुभएको थियो । फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेलले हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्र्रह ‘भ्यागुताको श्वेतपत्र’ वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेद्वारा, स्रष्टा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’ वरिष्ठ समालोचक तथा साहित्यकार गोविन्दराज भट्टराईद्वारा, स्रष्टा सुभाषचन्द्र देवकोटाको व्यङ्ग््य कविता सङ्ग्र शान्तदास मानन्धरले र बुढ्यौली साहित्यिक अभियन्ता डा मुकेशकुमार चालिसेको बुढ्यौली…
Read More
Page 61 of 304
1 59 60 61 62 63 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.