अन्ततः रास्वापाबाट उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा जनमतका खान निर्विरोध

Share Icon

११ भदौ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित हुनुभएको छ ।

समितिको आजको बैठकमा रास्वापका उमेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताउनुभयो । समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

रास्वपका उम्मेदवारले उमेद्वारी फिर्ता लिएर सहयोग गर्न आग्रह गर्नुभएकामा उम्मेदवार खानले आफूले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेको हुनाले जनताको पक्षमा काम गर्ने हुटहुटी छ। मलाई मत दिएर सभापतिमा चयन गर्न आग्रह गर्दछु भनेको जानकारी गराउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.