समाज

पानी नपरेका कारण प्रदूषण बढ्यो

पानी नपरेका कारण प्रदूषण बढ्यो

२१ पाैष,काठमाडौँ । पानी नपरेका कारण केही दिनयतादेखि काठमाडाँै उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ । सो शाखाले काठमाडाँै, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ । हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाडौँ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ । काठमाडाँैको एयर क्वालिटी इन्डेक्स (एक्युआई) एक सय ५३ रहेको छ । यस्तै भक्तपुरको एक सय ५४,…
Read More
थारु र मगर बस्तीमा माघेसङ्क्रान्तिको चहलपहल

थारु र मगर बस्तीमा माघेसङ्क्रान्तिको चहलपहल

२१ पाैष,महोत्तरी । मधेसमा माघेसङ्क्रान्ति पर्व नजिकिएसँगै यहाँका आदिवासी थारु र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा यो पर्वको चहलपहल बढेको हो । महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ र ‘मकर सक्रायत’ पनि भनिन्छ । यसपालि यो पर्व अब १० दिनपछि पर्दैछ । यस भेगका थारु बस्तीमा अहिले पर्वका लागि सबै आफ्नो सावगासअनुसार माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो भइरहेको छ । पर्वमा मासु खास परिकार बन्ने भएपछि थारु बस्तीमा केही दिन पहिलेदेखि नै यसको…
Read More
अठहत्तर वर्षमा नागरिकता

अठहत्तर वर्षमा नागरिकता

२१ पाैष,सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । विसं २००१ चैत ३ गते जन्मिनुभएका सोताङ गाउँपालिका– १ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो । आफन्त सबै गुमेकाले एक्लो रहँदै आउनुभएका उहाँ सनाखत गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित हुनुभएकामा जनप्रतिनिधिको पलहमा नागरिकता बनाउनुभयो े । थुलुङ दूधकोसी गाउँपालिका– ५ का पूर्ववडाध्यक्ष प्रेमकुमार राई, वर्तमान वडाध्यक्ष चन्द्रबहादुर राई र सोताङ गाउँपालिका–१ का वडाध्यक्ष जङ्ग गुरुङको पहलमा नागरिकता उपलब्ध गराइएको थियो । राई एक वर्षकै उमेरदेखि जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका– ५ जुबुमा अर्काको जग्गामा बस्दै आउनुभएको वडा…
Read More
पाँचथरमा ग्रामीण भेगका सडक कालोपत्रे हुँदै

पाँचथरमा ग्रामीण भेगका सडक कालोपत्रे हुँदै

२१ पाैष,पाँचथर । पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने तीन वटा सडक आयोजनाको काम अघि बढेको छ । चारमध्ये एक आयोजनाको काम भने अघि बढ्न सकेको छैन । पाँचथरमा अहिले मुख्य सडक कालोपत्रेको काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रिड्डीले बताउनुभयो । उहाँका अनुसार अहिले तीन वटा आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको छ भने एउटा आयोजनाको काम पनि चाँडै अघि बढ्नेछ । फिदिम फालोटको १० किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य ८० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत सकिएको छ । कन्काई पिएएस जेभी झापाले रु ६० करोड २७ लाखको लागतमा गत ०७६ असार ३०…
Read More
फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध

फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध

२१ पाैष,सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाभित्र उत्पादन भएको फोहर उचित व्यवस्थापन नगर्दा जताततै दुर्गन्ध फैलिएको छ । स्थानीय सरकार स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय सरकारले फोहर व्यवस्थापन गर्न डम्पिङ नभई ल्याण्डफिल साइट बनाउनुपर्ने भए पनि नगरपालिकाले कालीन्जोर खोला किनारमा लगेर फोहर थुपारी आगो लगाउँदा स्थानीयलाई असर गरेको सुनिलकुमार साहले बताउनुभयो । ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रालि लालबन्दीले बजारमा उत्पादन भएको फोहर उठाएर नगरपालिकाले तोकेको क्षेत्रमा फाल्छ । खुला स्थानमा लगेर फालिएको फोहर जङ्गली जनावरका साथै चराचुरुङ्गीले टिपेर र हावाले उडाएर अन्यन्त्र लैजाने गरेको अर्का स्थानीय राजन पोख्रेलले बताउनुभयो । उहाँका अनुसार फोहर थुपारेपछि आगो लगाउनाले बजारलाई असर पुग्छ ।…
Read More
छात्रालाई साइकल

छात्रालाई साइकल

२१ पाैष,भालुवङ । दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा गाउँपालिका–३ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत गरिब, विपन्न तथा दलित १० छात्रालाई रु ९० हजार बराबरको साइकल वितरण गरिएको हो । त्यस्तै गाउँपालिका–६ को विभिन्न विद्यालयमा अध्ययनरत २४ छात्रालाई रु दुई लाख बराबरको नयाँ साइकल वितरण गरेको गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिनुभयो । साइकल पाएपछि विद्यालय आवतजावत गर्न सहज भएको जनज्योति आधारभूत विद्यालय नयाँगाउँ कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टि…
Read More
पूर्वाधार निर्माणमा महानगर र एनआरएनबीच हातेमालो

पूर्वाधार निर्माणमा महानगर र एनआरएनबीच हातेमालो

२१ पाैष,गण्डकी । पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय, चमेनागृह जस्ता आधारभूत सहरी पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका र गैरआवसीय नेपाली सङ्घ (एनआरएन) बीच सहकार्य अघि बढेको छ । पर्यटक र सर्वसाधारणको सुविधालाई हेरेर पोखरा–९ महेन्द्रपुलमा आधुनिक शौचालय निर्माणका लागि महानगर र एनआरएनबीच सम्झौता भएको छ । शौचालयसहित चमेनागृह र स्तनपान कक्षका लागि रु एक करोड खर्च लाग्ने जनाइएको छ । जसमा ६० प्रतिशत लगानी एनआरएन र ४० प्रतिशत महानगरको रहनेछ । महानगरप्रमुख धनराज आचार्यले तीन महिनाभित्रैमा काम सक्ने लक्ष्यसहित निर्माण अघि बढ्ने बताउनुभयो । आधुनिक सार्वजनिक शौचालयले नागरिकलाई सहज सेवा पुग्नुका साथै वातावरणीय स्वच्छता प्रवद्र्धनमा पनि टेवा पुग्ने उहाँको भनाइ छ…
Read More
सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो

सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो

२१ पाैष,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई हजार चार सय थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
Read More
उर्लाबारीमा प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने

उर्लाबारीमा प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने

२० पाैष,उर्लाबारी । मोरङको उर्लाबारीमा आगामी माघ १९ देखि २८ गतेसम्म १० दिने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव– २०७९ हुने भएको छ । उर्लाबारी उद्योग वाणिज्य सङ्घ उर्लाबारी–५ ले मङ्गलबार अन्तक्रिया कार्यक्रमको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । उर्लाबारीको पहिचान झल्किने सामग्रीको प्रदर्शनीमा जोड दिँदै विभिन्न जातजातिका परिकार, रहनसहनलाई पनि प्रवद्र्धन गर्नुपर्नेमा छलफलमा सामेल सरोकारवाला संस्थाका प्रतिनिधिले जोड दिनुभएको छ । महोत्सव स्थानीय औद्योगिक सामग्रीको प्रचारप्रसार र उर्लाबारीको पहिचानका लागि सञ्चालन हुने भएकाले यसलाई सफल पार्न यस क्षेत्रकै वासिन्दाको भूमिका रहने सङ्घका पूर्व अध्यक्ष प्रितम खड्गीले बताउनुभयो । उर्लाबारी–४ स्थित नगरपालिका कार्यालय पूर्वपट्टि दुई बिघा क्षेत्रफलमा…
Read More
ज्येष्ठ नागरिकका लागि गाउँपालिकाको धार्मिक यात्रा

ज्येष्ठ नागरिकका लागि गाउँपालिकाको धार्मिक यात्रा

२० पाैष,मुस्ताङ । घरपझोङ गाउँपालिकाद्वारा पाँचवटै वडाका ज्येष्ठ नागरिकका लागि आजदेखि धार्मिक अवलोकन भ्रमण सुरु गरिएको छ । करिब छ दिनका लागि तय गरिएको उक्त भ्रमण विशेष गरी ६० वर्षभन्दा माथिका पुरुष ज्येष्ठ नागरिकका लागि रहेको हो । गाउँपालिकाभित्र रहेका पाँचवटै वडाका ज्येष्ठ नागरिकलाई धार्मिकस्थल र पर्यटकीय क्षेत्रमा भ्रमण गराउने उद्देश्यसहित करिब एक सय ५० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई पोखरा, लुम्बिनी, मनकामना र चितवनको सौराहासम्म भ्रमण गराइने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । ज्येष्ठ नागरिक भएका कारण बाटोमा समस्या नहोस् भनेर प्रत्येक वडाबाट एक-एकजना वडा संयोजक र स्वास्थ्यकर्मीलाई खटाइएको अध्यक्ष लालचनले बताउनुभयो । प्रत्येक वर्ष गाउँपालिकाको बजेटबाट कर्मचारी र जनप्रतिनिधि…
Read More
Page 296 of 304
1 … 294 295 296 297 298 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.