‘विसङ्गत अभिरुचि’ सार्वजनिक
२४ पाैष,गण्डकी । म्याग्दीका साहित्यकार कृष्ण बानियाँको संस्करण कृति ‘विसङ्गत अभिरुचि’ सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित सो कृतिको शनिबार बेनी बजारमा आयोजित समारोहमा साहित्यकार एवं रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक प्रेम छोटाले विमोचन गर्दै बानियाँको कृतिले नेपाली वाङ्मयको श्रीवृद्धिमा इँटा थप्ने धारणा राख्नुभयो । उहाँले सरल र कथात्मक लेखनले पुस्तकलाई पठनीय बनाएको बताउनुभयो । टिप्पणीकार रामप्रसाद सुवेदीले बानियाँको कृतिले कर्मचारी प्रशासनको विसङ्गतिलाई पर्दाफास गरेको उल्लेख गर्नुभयो । सत्यतामा आधारित र पत्यारिला घटना शृङ्खलाको रोचक प्रस्तुतिले बानियाँको लेखकीय ओज झल्काएको उहाँको भनाइ छ । मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँले लेखकले संस्मरणमा निर्भिकता र इमान्दारिता प्रदर्शन गरेको बताउनुभयो ।…
