समाज

कपिलवस्तका ३३ क्रसर उद्योग बन्द

कपिलवस्तका ३३ क्रसर उद्योग बन्द

२४ पाैष,कपिलवस्तु । जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थमा थिए । मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि…
Read More
प्राध्यापन छाडेर मौरीपालन, मनग्य आम्दानी

प्राध्यापन छाडेर मौरीपालन, मनग्य आम्दानी

२४ पाैष,कपिलवस्तु (बुद्धभूमि) । कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेल हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ । अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाउनुभएका उहाँ पछिल्लो दुई दशकदेखि व्यावसायिक मौरीपालनमा रमाउनुभएको छ । विसं २०६० मा २० वटा घारबाट मौरीपालन सुरु गर्नुभएका उहाँले अहिले घारको सङ्ख्या एक सय पुर्‍याइसक्नुभएको छ । उहाँले घारको सङ्ख्या बढाएर एक हजार बनाउने योजना बनाउनुभएको छ ।“प्राध्यापन पेसा छाडिसकेको छु”, उहाँले भन्नुभयो, “पूर्णरुपमा यसैमा लाग्ने योजनाका साथ एक हजार घारमा मौरी पालन गर्ने योजना बनाएको छु ।” ‘माउण्टेन बि कन्सर्न’ कृषि फार्ममार्फत् उहाँ अहिले ‘माउण्टेन अर्जुनादी हनी’ उत्पादन…
Read More
नगरकोटको सीमाङ्कन, सार्वजनिक जग्गाको संरक्षण र विकासमा संयुक्त लगानी

नगरकोटको सीमाङ्कन, सार्वजनिक जग्गाको संरक्षण र विकासमा संयुक्त लगानी

२४ पाैष,भक्तपुर । भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लास्थित नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरपालिकाले संयुक्त बजेट लगानी गर्ने भएका छन् । लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमा समेत भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डनदेउपुर नगरपालिकाबीचको विवाद दीर्घकालीनरुपमा समाधान गरिएको छ । अब नगरकोटको विकासमा एकमत भएर लाग्ने दुवै नगरपालिका सहमत भएका हुन् । उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य नगरकोटको सीमाङ्कन एवं यस क्षेत्रको पर्यटन विकासका लागि दुवै नगरपालिका संयुक्तभएर कार्य गर्ने सहमति भएको चाँगुनारायण नगरपालिकाकाका प्रमुख जीवन खत्रीले राससलाई जानकारी दिनुभयो ।चार वर्ष अगाडि नगरकोटमा चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क उठाउन थालेकामा मण्डनदेउपुर नगरपालिकाले पनि…
Read More
आलेख :मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै

आलेख :मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै

२४ पाैष,रुपन्देही । सामाजिक सञ्जालमार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पु¥याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् ।सुरुमा सामान्य बोलचाल मात्र भयो । कुराकानी हुँदै जाँदा समितालाई युवक राम्रै साथी भएको अनुभूति भयो । ती युवकले समिताको विश्वास जितेर देह व्यापारका लागि फकाइफुल्याई भारत पु¥याए । भारतको पुनेमा लगेर समितालाई कोठामै बन्धक बनाएर राखे । तब मात्रै समिताको होस् खुल्यो । समिता चिच्याउने रुने गर्न थालेपछि ती युवकले समितालाई औषधि खुवाएर राखे । यता उनको पत्तो नपाएपछि गुल्मीका उनका परिवारले खोजतलास सुरु गर्न थाले ।…
Read More
पर्वतमा करोडौँको लगानीमा बनेका चिस्यानगृह प्रयोगविहीन

पर्वतमा करोडौँको लगानीमा बनेका चिस्यानगृह प्रयोगविहीन

२४ पाैष,पर्वत । पर्वत जिल्लामा करोडाैँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोगविहीन बनेका छन् । प्रयोग भएका चिस्यानगृह पनि आंशिकरुपमा मात्रै सञ्चालनमा भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल तथा अनाज भण्डारण नगरी सिधँै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठ वटा चिस्यानगृह छन् । जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलब ५ मेट्रिकटन छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका तीन वटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा…
Read More
सप्तरीमा डेढ सय विद्यार्थी एउटै कक्षामा राखेर पठनपाठन

सप्तरीमा डेढ सय विद्यार्थी एउटै कक्षामा राखेर पठनपाठन

२४ पाैष,गोलबजार । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको हो । विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्यालय सहयोगी कार्यरत छन् । शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ । यस्तै कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एउटै ठाउँमा राखेर कक्षा सञ्चालन गर्नुपरिरहेको प्रधानाध्यापक नेतीलाल यादवले बताउनुभयो । सो विद्यालयमा बालविकास कक्षामा ४० तथा कक्षा १…
Read More
रसुवाका संस्कृति देखाउन सांस्कृतिक समूह तयार

रसुवाका संस्कृति देखाउन सांस्कृतिक समूह तयार

२४ पाैष,रसुवा । तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ क्षेत्रको भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई स्थानीय कला र संस्कृतिको झलक देखाउन संस्कृतिक समूह तयार गरिएको छ । यस्ता समूहले पाहुनालाई स्थानीय परिकारका स्वाद तथा नाच दुबै पस्किने छन् होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका जिल्ला सचिव फुर्पुसिङ्गी तामाङका अनुसार पाहुनालाई समूहले गतलाङको रायोसाग, मुला, सिमी, फर्सी, आलु, सिस्नुजस्ता सागसब्जीको तरकारी अनि मकै, कोदो, फापर, जौँको पिठोबाट तयार परिकार तयार गर्नेछन् । साथै तामाङ संस्कृति पाहुनामाझ देखाउने छन् । यसका देखाउन १० देखि २० जना समूहमा नाचटोली तयार गरिएको उहाँले बताउनुभयो । आगन्तुक पाहुनाको बासस्थानका लागि ११ घरबास (होमस्टे) रहेको र घुमाउनका…
Read More
एक लाख तीन हजार तीन सय पुग्यो सुनको मूल्य

एक लाख तीन हजार तीन सय पुग्यो सुनको मूल्य

२४ पाैष,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख एक हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले बढेर प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।…
Read More
खानेपानीमा मापदण्डभन्दा बढी आइरन

खानेपानीमा मापदण्डभन्दा बढी आइरन

२४ पाैष,भरतपुर । माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परीक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा सो पहिचान भएको हो । टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो । डिप बोरिङबाट निकालेको पानीमा मापदण्डभन्दा बढी आइरन भेटिएको हो । गर्दी खानेपानी आयोजना, बघौडा खानेपानी आयोजना, कल्याणपुर खानेपानी आयोजना र खरकट्टा खानेपानी आयोजनामा धमिलोपना र आइरन देखिएको पानी प्रयोगशालाका केमिष्ट योगेन्द्रनारायण देवले बताउनुभयो । “राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले प्रतिलिटर खानेपानीमा बढीमा शून्य दशमलव तीन एमजी आइरन हुनुपर्ने मापदण्ड छ”, उहाँले…
Read More
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान

२४ पाैष,गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे डेमोस्ट्रेसने उडान गर्न लागेको हो । डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण, तारा एयरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि तारा एयरले परीक्षण उडान गर्न लागेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । डेमोस्ट्रेसन उडान हुने भएपछि नगरपालिकाले आज कार्यालयमा बिदा दिएको छ । “डेमोस्ट्रेसन उडान हुने भएपछि आइतबार नगरपालिका र वडा कार्यालयमा बिदा दिइएको छ”, उपप्रमुख अमृतादेवी कुँवरले भन्नुभयो, “विद्यालयलगायतका अन्य स्थानमा भने बिदा हुने छैन…
Read More
Page 293 of 304
1 … 291 292 293 294 295 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.