पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी
२५ पाैष,बझाङ । जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहनुभएको छ । पुँगर लेकमा बस्ने उहाँले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टा मात्रै टाढा रहेको पुँगरमा उहाँले हरेक महिना चार-पाँच खसी बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो ,“बाख्रा सुरू गरेको समयमा एउटै बाख्रो र पाठी मात्रै थियो । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।” उहाँका अनुसार अहिले बाख्राको जति कारोबार गरे पनि ५५ बाख्राभन्दा तल भने कहिल्यै कम…
