समाज

सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ ः प्रधानमन्त्री

सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ ः प्रधानमन्त्री

२२ पाैष,काठमाडौँ । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले सो धारणा राख्दै यस कार्यमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने स्पष्ट गर्नुभएको थियो । सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको विद्यार्थी टोली प्रधानमन्त्री दाहाललाई बधाई दिन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । त्यस अवसरमा विद्यार्थीहरुले उहाँलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका थिए । सो सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको…
Read More
आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु-कुहिरो

आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु-कुहिरो

२२ पाैष,काठमाडौँ । देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु-कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । विभागले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही पश्चिम र मध्य तराइका धेरै भू–भागमा हुस्सु-कुहिरो लागिरहेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव आठ…
Read More
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२२ पाैष,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गर्नुभएको छ ।
Read More
एक महिने स्वस्थानी व्रत आरम्भ

एक महिने स्वस्थानी व्रत आरम्भ

२२ पाैष,काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै,…
Read More
फागुन २ गतेदेखि भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी हुने

फागुन २ गतेदेखि भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी हुने

२१ पाैष,काठमाडौँ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौैँ प्राङ्गारिक कृषि मेला–२०७९ आगामी फागुन २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ र मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ नारासहित महासङ्घले तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगको उत्पादनको प्रदर्शनी र व्यापार प्रर्वद्धन गरी मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी प्रदर्शनी सञ्चालन गर्ने महासङ्घले जनाएको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र…
Read More
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव

त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव

२१ पाैष,काठमाडौँ । सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन । विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पेशल दाहालले पेन्सन खुवाउन नसकिएको बताउनुभयो । विश्वविद्यालयले गत आर्थिक वर्षमा रू २८ अर्ब बजेट विश्वविद्यालयसभाबाट पारित गरेको थियो भने सरकारले रू नौ अर्ब बजेट दिएको उहाँले जानकारी दिनुभयो । विश्वविद्यालयले रू १० अर्ब तलब र भत्ता तथा रू चार अर्ब पेन्सनमा खर्च गर्दै आएको रजिष्ट्रार दाहालले बताउनुभयो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले…
Read More
सरकारको साझा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइँदैछ : उपप्रधानमन्त्री लामिछाने

सरकारको साझा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइँदैछ : उपप्रधानमन्त्री लामिछाने

२१ पाैष,काठमाडौँ । सरकारको साझा नीति तथा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारको साझा नीति तथा कार्यक्रमको अन्तिम तयारी भइरहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लामिछानेले सरकारमा सहभागी दलका तर्फबाट आज पनि छलफल हुने र अन्तिम रुप दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै दलका साथीहरु आज पनि बस्दै हुनुहुन्छ । हामी अन्तिम चरणमा पुगेका छौँ । भोलिसम्म सकिन्छ भन्ने नै छ ।” उहाँले सरकारको नीति तथा कार्यक्रम छिट्टै सार्वजनिक हुने पनि उल्लेख गर्नुभयो । सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउने, किसानलाई सहजरुपमा रासायनिक…
Read More
विज्ञापनलाई व्यावसायिक, स्वच्छ र प्रतिस्पर्धी बनाउन जोड

विज्ञापनलाई व्यावसायिक, स्वच्छ र प्रतिस्पर्धी बनाउन जोड

२१ पाैष,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले विज्ञापनलाई व्यावसायिक, स्वच्छ र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभएको छ । यस कामामा विज्ञापन एजेन्सीको पनि भूमिका महत्वपूर्ण हुनेमा उहाँले जोड दिनुभयो । विज्ञापन बोर्डले आज यहाँ आयोजना गरेको ‘बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम शुभारम्भ गर्दै उहाँले यस्ता कार्यक्रमबाट सरोकार भएका व्यक्ति र निकायका सुझावका आधारमा विज्ञापन क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र स्वच्छ बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । विज्ञापन एजेन्सीले स्वनियमनमा बसेर आफ्नो भूमिका निर्वाह गरे सरकार सहजीकरणका लागि सदैव तयार रहेको सचिव डा अर्यालको भनाइ थियो । उहाँले यस कार्यक्रममा प्रस्तुत हुने कार्यपत्रमाथि गरिने…
Read More
कर्णालीमा माघी स्नान मेला हुने

कर्णालीमा माघी स्नान मेला हुने

२१ पाैष,टीकापुर । कैलालीको दौलतपुरस्थित कर्णाली नदीमा माघे सङ्क्रान्तिको अवसरमा माघी स्नान कार्यक्रम हुने भएको छ । नेपाली संस्कृति परिषद्को आयोजनामा कर्णालेश्वर मन्दिर दौलतपुर ‘कर्णालीधाम’मा मकर सङ्क्रान्तिको अवसरमा आगमी माघ १ गते लाहान माघी स्नान कार्यक्रम आयोजना थालिएको हो । माघी पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा पाँच हजार बढी नागरिक सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ । कर्णाली नदी पवित्र नदी भएकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न माघी स्नान कार्यक्रम गर्न थालिएको नेपाली संस्कृति परिषद्का अन्तर्राष्ट्रिय सङ्गठन महासचिव तथा नेपालका राष्ट्रिय अध्यक्ष हर्कबहादुर स्वाँरले बताउनुभयो । उहाँले कर्णाली नदीमा नेपालका अधिकांश नदी मिसिएकाले यो पवित्रताको प्रतिक भएको जनाउँदै…
Read More
आँबुखैरेनीमा पन्ध्र शय्याको अस्पताल

आँबुखैरेनीमा पन्ध्र शय्याको अस्पताल

२१ पाैष,तनहुँ । जिल्लाको पूर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिकाले पन्ध्र शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालन भएसँगै गाउँपालिकाका नागरिकलाई उपचारमा सहज भएको छ । गण्डकी प्रदेशकै पहिलो (इएचआर) इलेक्टोनिक्स हेल्थ रेकर्ड प्रविधि जडित अस्पतालबाट सेवा दिन थालिएकाले यहाँका बासिन्दालाई उपचारमा सहज भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । “गाउँपालिकाले अस्पतालमा सञ्चालनमा ल्याएको करिब एक महिनाको अवधिमा प्रविधिमैत्री बनाइएको हो । अबको दुई महिनापछि शल्यक्रिया सेवासमेत उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “पेपररहित कार्यले बिरामीले कागजको भारी बोकेर अस्पताल धाउनुपर्ने समस्या अन्त्य हुने विश्वास लिएका छौँ ।” भिडियो एक्सरे, एक्सरे, ल्याब परीक्षणको रिर्पोट र चिकित्सकले रिर्पोटको…
Read More
Page 295 of 304
1 … 293 294 295 296 297 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.