समाज

सोल्टी होटलको नगद र सेयर बोनस घोषणा, बोलायो साधारणसभा

सोल्टी होटलको नगद र सेयर बोनस घोषणा, बोलायो साधारणसभा

४ मंसिर, काठमाडौं । सोल्टी होटलले सेयरधनीलाई नगद र सेयर बोनस घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको २६.५७८९ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । त्यस्तै ५ प्रतिशत बोनस सेयर प्रदान गर्न पनि प्रस्ताव गरेको छ । अंकित मूल्य १० रुपैयाँका दरले कम्पनीको कुल ८ करोड ८४ लाख ७१ हजार ५०६ कित्ता सेयर जारी भएको छ । लाभांश पारित गर्नका लागि कम्पनीले पुस २६ गते प्रज्ञा भवनमा वाषिर्क साधारणसभा गर्ने भएकोछ । त्यस्तै पुस ५ गते कम्पनीले सेयरधनीको दर्ता किताव बन्द गर्ने भएकोछ । अघिल्लो दिन पुस ४ गतेसम्म कायम सेयरधनी साधारणसभामा…
Read More
हराएका ४० लाख बराबरका सामान प्रहरीद्वारा हस्तान्तरण

हराएका ४० लाख बराबरका सामान प्रहरीद्वारा हस्तान्तरण

४ मङ्सिर,काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका रु ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा सामान हराएको भन्दै निवेदन दिएका थिए । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार निवेदनका आधारमा ९९ जनाको धनमाल खोजी गरी सम्बन्धितलाई बुझाइएको छ । आफ्नो धनमालको सुरक्षा गर्न र सवारी साधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन अनुरोध गर्नुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले सवारी साधनमा छुटेको धनमाल प्राप्त निवेदनका…
Read More
सबै धर्मावलम्बीले मिलेर मनाए छठ

सबै धर्मावलम्बीले मिलेर मनाए छठ

४ मङ्सिर,भक्तपुर। सोमबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा बर्तालुको भीड थामिनसक्नुको थियो । बाँकी तीन छेउ वरपर पालाअर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त त कोही निभेका बत्ती बाल्दै थिए । तराईको झल्को दिने गरी दुलहीझँै सिँगारिएर झकिझकाउ बनाइएको कमलपोखरीमा छठ मनाउन तराईवासीसँगै भक्तपुरका स्थानीय पनि सहभागी थिए । मुख्यतया तराई क्षेत्रमा मनाइने छठ पर्व उपत्यकाको सहर भक्तपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । भक्तपुरमा तराई मधेसका समुदायकासँगै मिलेर भक्तपुरवासीले पनि संस्कृति र परम्पराअनुसार पूजा आराधनासहित छठ मनाएका छन् ।…
Read More
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना सिकिस्त

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना सिकिस्त

४ मंसिर, काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ । ‘२२ जना घाइतेलाई अस्पताल पुर्याइसकिएको छ, उद्धार कार्य अहिले पनि जारी छ,’ प्रहरीले भनेको छ ।
Read More
हल्का हिमपातको सम्भवाना

हल्का हिमपातको सम्भवाना

४ मङ्सिर,काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अहिले काठमाडौँको वायुको तापक्रम १७ डिग्री सेन्डीग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटर भन्दा धेरै रहेको मौसमपूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा आंशिक बदली भइ अधिकतम…
Read More
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

४ मङ्सिर, काठमाडौँ । आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् । यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व,…
Read More
रुकुम पश्चिममा जिप दुर्घटना

रुकुम पश्चिममा जिप दुर्घटना

४ मंसिर, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँ नजिक जिप दुर्घटना भएको छ । खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको हो । नेपाल प्रहरी र चौरजहारी नगर प्रहरीको टोलीले नगरपालिकाको एम्बुलेन्स लगायतका सवारी साधनमा घाइतेहरुलाई चौरजहारी अस्पतालमा ल्याएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Read More
मिस युनिभर्समा नेपाल अन्तिम २० मा समेटियो, उपाधि निकारागुआलाई

मिस युनिभर्समा नेपाल अन्तिम २० मा समेटियो, उपाधि निकारागुआलाई

काठमाडौं । यसवर्षको मिस युनिभर्स २०२३ मा नेपालको यात्रा अन्तिम २० मा पुगेर टुंगिएको छ । मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलेपनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन् । दीपिका अन्तिम २० मा छनोट भएपनि अन्तिम १० मा पुग्न सकिनन् । सन् २०१८ मा मनिता देवकोटा अन्तिम १० मा छनोट भएकी थिइन् । तर, दीपिकाको जस्तो प्रसिद्धी सम्भवतः नेपाली ब्युटी पेजेन्टको इतिहासमा यसअघि कसैले पनि पाएको देखिएन । सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका थिए । हुन पनि उनले मिस युनिभर्समा पहिलो ‘प्लस साइज…
Read More
सडक पूर्वाधार विकासमा सेनाको सक्रियता

सडक पूर्वाधार विकासमा सेनाको सक्रियता

अशोक घिमिरे ३ मङ्सिर,काठमाडौँ। राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौँ तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोङ्घप्पा), कर्णाली करिडोर (लालीबगर–दुल्लीकुना खण्ड र घाटपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) सेनाको व्यवस्थापनका अघि बढेका सडक आयोजना हुन् । बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक र दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर खण्ड) पहिलो प्राथमिकताका सडक आयोजना सेनाकै व्यवस्थापनमा निर्माण भइरहेको छ । ती सडकको लम्बाई कूल दुई सय ७४ दशमलव ५३७ किलोमिटर रहेको छ । रानी, विराटनगरदेखि किमाथाङ्कासम्मको तीन सय ९० किमी दुरीको राष्ट्रिय गौरवको आयोजनामध्ये…
Read More
संसदीय समितिले गृह मन्त्रालयसँग माग्यो एआईजी ज्ञवालीको जन्ममितिको कागजात

संसदीय समितिले गृह मन्त्रालयसँग माग्यो एआईजी ज्ञवालीको जन्ममितिको कागजात

३ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको छ । समितिका सचिव सुरजकुमार दुराका अनुसार ज्ञावालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेका छन् । समिति सभापति रामहरि खतिवडाले उजुरीका आधारमा ‘वास्तविकता के हो त्यससम्बन्धी कागजात मगाउन निर्देशन गरे’अनुसार समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको हो । उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी दिएका छन् ।
Read More
Page 17 of 304
1 15 16 17 18 19 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.