हल्का हिमपातको सम्भवाना

Share Icon

४ मङ्सिर,काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

अहिले काठमाडौँको वायुको तापक्रम १७ डिग्री सेन्डीग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटर भन्दा धेरै रहेको मौसमपूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा आंशिक बदली भइ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेन्डीग्रेडको बिचमा रहने मौसमविद् पुडासैनीले बताउनुभयो ।

यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.