दीपक मनाङेले एक्सन फिल्म ‘कंगारु’ निर्माण गर्ने
काठमाडौं । फिल्म निर्माता तथा नेकपा एकीकृत समाजवादीका नेता राजीव गुरुङ ‘दीपक मनाङे’ले मंगलबार नयाँ फिल्मको घोषणा गरेका छन् । फिल्म ‘कंगारु’लाई सम्राट बस्नेतले निर्देशन गर्ने भनिएको छ । अष्ट्रेलिया र नेपालमा समेत छायांकन हुने फिल्मबारे विस्तृत उल्लेख छैन । फिल्म घोषणाबारे जारी वक्तव्यमा मनाङेलाई निर्माताको रुपमा चिनाइएको छ । मनाङले यसअघि पोइ पर्यो काले, दुई नम्बरी फिल्म निर्माण गरेका छन् । ‘कंगारु’पछि सविन श्रेष्ठलाई लिएर ‘बाघचाल’ बनाउने उनको तयारी छ । ‘कंगारु’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो । फूलमुन मोसन पिक्चर्स र…
