समाज

एचआइभी सङ्क्रमित आफ्नै खुट्टामा उभिने प्रयासमा

एचआइभी सङ्क्रमित आफ्नै खुट्टामा उभिने प्रयासमा

७ मङ्सिर,चितवन ।  हाम्रो समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । त्यसैले सङ्क्रमित खुल्न सकेका छैनन् । परिवार र समाजले हेला गरेपछि सङ्क्रमित किशोरकिशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन् । माडी नगरपालिका घर भएकी २० वर्षीया अम्बिका सुनार (नाम परिवर्तीत) घरमा हेला भएपछि चार वर्षदेखि दिदीको घरमा बस्दै आउनुभएको छ । आमाको निधनपछि उहाँका बुबाले अर्की श्रीमती भित्र्याएदेखि नै सुनारलाई हेला गर्न थालिएको हो । आफू ११ वर्षको हुँदा एचआइभी सङ्क्रमण पुष्टि भएको उहाँ बताउनुहुन्छ । सौतेनी आमाको व्यवहारका कारण कक्षा ८ सम्म अध्ययन गरेर पढाइ छोड्नुभएकी सुनार अहिले आफ्नै खुट्टामा उभिन…
Read More
तेह्र सय वर्ष पुरानो गङ्गाजमुना जात्रा

तेह्र सय वर्ष पुरानो गङ्गाजमुना जात्रा

७ मङ्सिर,मलेखु (धादिङ)।  धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षांैदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ । गङ्गाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । यस वर्ष बुधबार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरेका छन् । तेह्र सय वर्ष अगाडि गङ्गा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै…
Read More
विराटनगरको सीमावर्ती क्षेत्रमा १९६ किलो गाँजा बरामद

विराटनगरको सीमावर्ती क्षेत्रमा १९६ किलो गाँजा बरामद

७ मंसिर, विराटनगर । विराटनगरबाट प्रहरीले १९६ किलो गाँजा बरामद गरेको छ । बिहीबार बिहान करिब ३ बजे सीमावर्ती क्षेत्रबाट १९६ किलो गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका–१८ बाट गाँजा बरामद भएको प्रहरीले बताएको छ । कारोबारी भने नभेटिएको प्रहरीले बताएको छ । प्लाष्टिकको झोलामा पोको पारेर खेतमा परालभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको थियो । कारोबारीको खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । भारत लैजानका लागि खेतमा लुकाएर राखेको हुनसक्ने प्रहरीको आकलन छ । कोशी प्रदेशको पहाडी जिल्लामा गाँजा खेती हुन्छ । उत्पादित गाँजा कारोबारीले भरिया प्रयोग गरेर मोरङ र सुनसरीको भित्री बाटो हुँदै भारत…
Read More
धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

७ मंसिर, धनगढी । धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका-५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनारसमेतले अवैध रुपमा सञ्चालन गरेको आई.टी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कुलदिप चन्दले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्नेमा डोटीको सिखर  नगरपालिका-१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने  २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर्ष २४ को निखिल कुमार रहेका छन् । यस्तै भारतको दिल्ली बस्ने  १९ वर्षीय प्रियंसु टापु,  कञ्चनपुरको पुनर्वास नगरपालिका-६ बस्ने…
Read More
चाबहिलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते

चाबहिलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते

७ मंसिर, काठमाडौं । काठमाडौंको चाबहिलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । चाबहिलको भत्केको पुल नजिकको ओरालोमा आज बिहान ३ बजे प्रदेश ३-०२-००७ प १३१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपन बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर २ का २८ वर्षे ईश्वर अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा भइरहेको छ । अधिकारीले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लामाटारमा बुधबार बेलुकी आठ बजे साइकलको ठक्करबाट स्थानीय एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ५६ वषर्ीय मनोहर गौतम छन्…
Read More
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

७ मंसिर, जनकपुरधाम । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब ७ः१५ बजेको समयमा सिराहा नगरपालिका-१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पुर्‍याउँदा तीनै जनालाई साढे ७ बजेतिर…
Read More
उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने विशेष पास

उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने विशेष पास

७ मंसिर, काठमाडौं । उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्न विषेश पास उपलब्ध गराइने भएको छ । सरकारले कर दिवसमा सम्मानित हुने करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने पास उपलब्ध गराउने भएको हो । अर्थ सचिव कृष्णहरि पुष्करले आन्तरिक राजस्व विभागलाई आजैदेखि यस्तो पास उपलब्ध गराउन निर्देशन दिएका छन् । ‘यो आजैदेखि कार्यान्वयनमा आउँछ, मैले विभागलाई निर्देशन दिएको छु,’ कर सप्ताह समापन तथा करदाता सम्मानमा आयोजित कार्यक्रममा उनले भने । सरकारले सोही कार्यक्रममा विभिन्न १६ विधामा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
Read More
अपडेट : उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो

अपडेट : उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो

७ मंसिर, विराटनगर । मोरङको उर्लाबारीमा लक्ष्मीपूजाको दिन भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–७ बरगाछीमा २६ कात्तिकमा भएको आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको पनि मृत्यु भएपछि यो घटनामा मृत्यु हुनेको संख्या २ पुगेको हो । गत मंगलबार उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगलागीमा परेर गम्भीर घाइते उर्लाबारी–७ का हेमकुमार दाहालको काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । लक्ष्मीपूजाको दिन कात्तिक २६ गते दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी…
Read More
पूर्वी नेपालका सीमा नाकामा कडाइ

पूर्वी नेपालका सीमा नाकामा कडाइ

७ मंसिर, विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो । धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई प्रहरीले नाकाबाटै उतै फर्काइरहेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार धार्मिक सभाका लागि भारतबाट आएकाहरुलाई सीमावर्ती रानी नाकाबाट भारत नै फर्काइएको छ । धार्मिक सभा अवधिभरको समयलाई नेपाल प्रवेश गर्न नदिएको उनले बताए । ‘सुनसरीमा हुने सभाका लागि…
Read More
धनकुटामा एकै परिवारका ३ जना मृत फेला

धनकुटामा एकै परिवारका ३ जना मृत फेला

७ मंसिर, काठमाडौं । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए । डिएसपी महर्जनका अनुसार उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् । प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । छोरी र छिमेकीका अनुसार श्रीमान–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको…
Read More
Page 13 of 304
1 11 12 13 14 15 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.