समाज

कर सप्ताहमा सचेतनामूलक कार्यक्रम

कर सप्ताहमा सचेतनामूलक कार्यक्रम

३ मङ्सिर,चितवन । आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो । कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईका अनुसार सम्मानित करदातासँग कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको बारेमा छलफल गरिएको हो । मङ्सिर ४, ५ र ६ गते उद्योगी व्यवसायीसँग करदाता शिक्षा, कर परिचालन, सरोकारवाला निकायसँग समन्वय र सहकार्यका विषयमा अन्तक्र्रिया गरिने भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग सङ्घ र तीनका वस्तुगत संस्थासँग गरिनेछ । मङ्सिर ७ गते…
Read More
पर्यटन प्रवद्र्धन गर्न साइकल टोली पोखरामा

पर्यटन प्रवद्र्धन गर्न साइकल टोली पोखरामा

३ मङ्सिर,गण्डकी । ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ । हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटनसँगै स्थानीय उत्पादनको प्रचारप्रसार गर्न टोली पोखरा आएको हो । यसवर्ष विशेषतः मगर र गुरूङ घरवाससँगै पर्यटकीय नगरी पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ १४ सदस्यीय टोली कात्तिक ३० गतेदेखि रूपन्देही सिद्धार्थनगरबाट साइकल यात्रामा निस्केको साइकल सिटी भैरहवाका अध्यक्ष सूूर्यकुमार सारू मगरले जानकारी दिनुभयो । टोलीले साइकल यात्रा गर्दै वालिङस्थित मगर जातिको बाझकोट होमस्टे, स्याङ्जास्थित गुरूङ जातीको सिरूवारी होमस्टे हुँदै पोखरा आइपुगेको उहाँले बताउनुुभयो । विभिन्न सेवा, पेशा…
Read More
छठको पूजा गर्न तीन सय घाट निर्माण

छठको पूजा गर्न तीन सय घाट निर्माण

३ मङ्सिर,दमक (झापा)। छठ पर्वका लागि दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल (घाट) निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा गतवर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष यहाँ दुई सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए । छठमा पछिल्लो समय रुची र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रुपमा लिएर घाट सङ्ख्या पनि बढाइएको मैथिली सेवा समिति, दमकका अध्यक्ष कृष्ण साहले बताउनुभयो । उहाँले भन्नुभयो, “अब यो सबै नेपालीको साझा पर्व हो ।” दमक–७ स्थित रतुवा नदीको घाटमा एकैठाउँमा छठ पूजाका लागि पण्डालसहितको घाट निर्माण गरिएको छ…
Read More
‘पशुपति प्रसाद ३’ निर्माण गरिने

‘पशुपति प्रसाद ३’ निर्माण गरिने

३ मङ्सिर,काठमाडौँ । पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २ ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो । निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौँ । यद्यपि दोस्रो शृङ्खलाले उब्जाएका प्रश्नलाई सम्बोधन गर्न पनि घोषणा गरेका हौँ । यो आउँदो वर्ष नै प्रदर्शनमा आउँछ ।” लेखक खगेन्द्र लामिछानेले तेस्रो शृङखला शीर्ष भूमिका निर्वाह गर्दै हुनुहुन्छ । “कथा लेखन र अभिनयमा मात्र म व्यस्त छु । दोस्रो शृङ्खलाको…
Read More
टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक

टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक

३ मङ्सिर, टीकापुर (कैलाली)। कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा दसैँ तिहारपछि बनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् । शनिबार पर्यटकबाट रु तीन लाख २५ हजार राजस्व सङ्कलन भएको छ । उद्यानमा यही मङ्सिर १ गते रु एक लाख राजस्व सङ्कलन भएको थियो । उद्यान दसैँ तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ । पर्यटकहरु उद्यानमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन् । थरिथरिका व्यक्ति, थरिथरिका पोशाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ…
Read More
विचार : छठ पर्वमा निहित समावेशी र सादगीपन

विचार : छठ पर्वमा निहित समावेशी र सादगीपन

हिमांशु चौधरी ३ मङ्सिर (रासस),काठमाडौँ ।  छठ पर्र्व तराईको समतल फाँटदेखि हिमालको फेदसम्म पुगिसकेको छ । पञ्चायती व्यवस्थामा पर्व मनाउनेहरुलाई तत्कालीन शासकहरुले व्यवस्था विरोधीको जमघटका रुपमा लिने गर्दथे । केही वर्ष अघिसम्म काठमाडौं उपत्यकामा जाति विशेषको पर्वको रुपमा हेर्ने गरिन्थ्यो । समयको गति रोकिदैन भने झैैं यसको व्यापकताले अनेक बिघ्नबाधालाई पार गर्दै जनव्रत भइसकेको छ । नदी किनार र पोखरीको छेउछाउमा मनाइने यो पर्वले मानव सभ्यताको अर्थ बोध दिन्छ । मानव सभ्यताको विकास नदी किनार हुँदै भएको इतिहास साक्षी छ । पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व हुन् । यी दुई तत्वहरूप्रति श्रद्धाभाव व्यक्त गर्ने अवसर स्वरूप यो पर्व मनाइँदै…
Read More
विश्व शौचालय दिवस : तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

विश्व शौचालय दिवस : तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

भीष्मराज ओझा ३ मङ्सिर,काठमाडौँ । विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो । यसवर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नारा ‘परिवर्तनको गति बढाउँदै’ रहेको छ । राष्ट्र सङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम…
Read More
टिकटकको रिटमाटिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने सोमबार प्रारम्भिक सुनुवाइ हुने

टिकटकको रिटमाटिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने सोमबार प्रारम्भिक सुनुवाइ हुने

१ मंसिर, काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर(आगामी सोमबार)का लागि पहिलो पेशी तोकेको हो । प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।
Read More
आकाश रानालाई पक्राउ गर्न बाँके प्रहरीले चलायो गोली

आकाश रानालाई पक्राउ गर्न बाँके प्रहरीले चलायो गोली

१ मंसिर, काठमाडौं । बाँकेको जानकी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । रानाको खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । तिहारको टीकाको दिन कोहलपुरमा मिनबहादुर विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका उनलाई प्रहरीले खोजीरहेको थियो । सोही क्रममा जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी उनलाई नियन्त्रणमा लिन पुगेको थियो । उनी भागेपछि प्रहरीले एक राउण्ड गोली चलाएको हो । ‘उसलाई पक्राउ गर्न लखेट्ने क्रममा गोली चलाउनु परेको…
Read More
आस्थाको पर्व छठ

आस्थाको पर्व छठ

१ मङ्सिर,महेन्द्रनगर (धनुषा) । छठ पर्वको छुट्टै पौराणिक महत्व रहेको छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा भोगेन्द्र झाले बताउनुभयो । छठप्रतिको अटुट आस्थाका कारण जीवनको प्रारम्भदेखि नै सूर्य पूजालाई अनिवार्य मानिएको वरिष्ठ साहित्यकार रामभरोस कापडी भ्रमरले बताउनुभयो । उहाँका अनुसार सूर्य पूजा जनमानसको विश्वाससँग जोडिएको पर्व हो । छठप्रतिको आस्थाका कारण मिथिलाञ्चलबाहेकका क्षेत्रमा पनि यो पर्व मनाउन थालिएको उहाँको भनाइ थियो । जानकार रेवतीरमण लालका अनुसार प्राचीनकालमा भगवान् रामले रावणलाई बध गरेर लङ्कामाथि विजय गरेपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिमा…
Read More
Page 18 of 304
1 16 17 18 19 20 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.