समाज

मानुङकोटमा पर्यटकको चहलपहल

मानुङकोटमा पर्यटकको चहलपहल

१ मङ्सिर,तनहुँ । पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विशेषगरी सूर्योदय हेर्न मानुङकोटमा पर्यटक जाने गर्दछन् । समुन्द्री सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा अवस्थित मानुङकोट सदरमुकाम दमौली बजारबाट करिब आठ किलोमिटर दूरीमा रहेको छ । जाडोयाममा कुहिरोले दमौली बजार ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ आउने गरेका छन् । टाढाटाढाबाट आउने पर्यटकहरु सूर्योदय हेर्नका लागि अघिल्ला दिनमै होटलमा बास बस्न आउन गरेको होटल व्यवसायी चूडामणि दाहालले जानकारी दिनुभयो । बास बस्न आउने पर्यटकले साँझको सूर्यास्तका साथै भोलिपल्ट बिहानको सूर्योदयको मनोरम दृश्य…
Read More
छठका लागि जनकपुरमा चार करोडको केरा आयात

छठका लागि जनकपुरमा चार करोडको केरा आयात

१ मङ्सिर,धनुषा । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवान्लाई अघ्र्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो । उहाँका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो । “गत वर्ष रू पौने दुई करोडभन्दा बढीको…
Read More
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च पुग्यो रिट

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च पुग्यो रिट

१ मंसिर, काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट दर्ता प्रक्रियामा छ । टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् । २७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्‍भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले…
Read More
वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

१ मङ्सिर,इनरुवा (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरिएको छ । मेलाका लागि संरक्षण मञ्चले स्वास्थ्यको जिम्मेवारी वराहक्षेत्र उपस्वास्थ्य चौकीलाई, खानेपानीको जिम्मेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई, सरसफाइको जिम्मेवारी वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थालाई, सुरक्षाको जिम्मेवारी प्रहरी चौकी वराहक्षेत्र, इलाका प्रहरी कार्यालय चतरा महेन्द्रनगरलाई दिएको छ । मेला भर्नका लागि आउने भक्तजनका लागि नदीमा…
Read More
डोम समुदायलाई पूजाको सामग्री बनाउन भ्याइनभ्याइ

डोम समुदायलाई पूजाको सामग्री बनाउन भ्याइनभ्याइ

अजयकुमार साह १ मङ्सिर,धनुषा। डोम समुदायलाई सधैँ खान, लाउन धौधौ हुन्छ । अहिले भने यो जातिको मुहारमा हाँसो र मनमा उल्लास छाएको छ । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौँभरि गाउँगाउँमा सुँगुर डोहोर्याएर चहार्ने डोम समुदायलाई अहिले छठपर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ । दीपावलीलगत्तै सुरु हुने छठपर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्दै गरेको छ । उनीहरू पुख्र्यौली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन् । बाँसबाट बनाइने नाङ्लो (सुप्पा), ढकिया र कोनियाँ छठपर्वमा अनिवार्य प्रयोग गर्ने भएकाले दुई महिनाअघिदेखि बनाएर भण्डारण गरेका सामग्री बेचेर नपुग्ने भएपछि बनाउँदै…
Read More
भुइँमा लत्रिएको बिजुलीको चार कुल्चिँदा मृत्यु

भुइँमा लत्रिएको बिजुलीको चार कुल्चिँदा मृत्यु

१ मङ्सिर,ढोरपाटन (बागलुङ) । बागलुङमा भुइँमा लत्रिएको बिजुलीको चार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो । गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिनुभयो । उनको घटनास्थलमै मृत्यु भएको हो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापरवाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप…
Read More
पटिहानीमा रिभर बैंक जंगल रिसोर्ट सञ्चालनको तयारी, विन्डम गार्डेनको व्यवस्थापन

पटिहानीमा रिभर बैंक जंगल रिसोर्ट सञ्चालनको तयारी, विन्डम गार्डेनको व्यवस्थापन

१ मंसिर, चितवन । चितवनको पर्यटकीय केन्द्र पटिहानीमा रिभर बैंक जंगल रिसोर्ट सञ्चालनको अन्तिम तयारी गरिएको छ । ५ बिघा क्षेत्रफलमा तयार गरिएको रिसोर्टमा ८५ करोड लगानी रहेको सञ्चालक दीपेन्द्र जोशीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको छेउमा राप्ती नदी किनारमा रहेको रिसोर्ट सन् २०२४ को जनवरी १५ बाट औपचारिक रुपमा सञ्चालन गर्ने गरी तयारी गरिएको सञ्चालक जोशीले बताए । होटलमा ४६ वटा कोठा र २ वटा हल तथा गार्डेन छ । सञ्चालक जोशीका अनुसार कोठालाई स्ट्याण्डर्ड, स्वीट, प्रिमियम र नर्मल गरेर ४ क्याटेगोरीमा बाँडिएको छ । २ वटा स्वीट, २४ वटा प्रिमियम, ८ वटा नर्मल र १० वटा स्ट्याण्डर्ड…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

१ मङ्सिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उहाँले भन्नुभयो, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।” छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सानो गैँडा अन्दाजी तीन दिन…
Read More
उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

२४ कात्तिक, काठमाडौं । भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको विवरण अनलाइनखबरले १६ कात्तिकमा सार्वजनिक गरेको थियो । लगत्तै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । चार दिनअघि मात्रै पाण्डेको उमेर विवादमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको थियो । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि त्यसमाथि छानबिन गर्न रक्षा मन्त्रालयलाई…
Read More
सेनाकै छानबिनबाट देखियो उपरथी पाण्डेको जन्ममितिमा कैफियत

सेनाकै छानबिनबाट देखियो उपरथी पाण्डेको जन्ममितिमा कैफियत

२४ कात्तिक, काठमाडौं । भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएको नेपाली सेनाकै छानबिनबाट खुलेको छ । पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको विवरण अनलाइनखबरले १६ कात्तिकमा सार्वजनिक गरेको थियो ।  लगत्तै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । आयोगले पठाएको पत्र रक्षा मन्त्रालय हुँदै जंगीअड्डासम्म पुगेपछि छानबिनका लागि प्रधासेनापति प्रभुराम शर्मापछि दोस्रो वरियतामा रहेको बलाध्यक्ष रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति बनेको थियो । सेनाको कानून हेर्ने प्राड विवाकका प्रमुख प्राविधिक उपरथी रत्नप्रकाश थापा र अर्का एक जना सदस्य रहेको समिति बनाइएको…
Read More
Page 19 of 304
1 17 18 19 20 21 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.