समाज

मधुवाको समस्याले किसान हैरान

मधुवाको समस्याले किसान हैरान

९ वैशाख,महोत्तरी । आँपका मज्जर नै मधुवा (आँप र लिची फलका मञ्जरी र पातमा लाग्ने एक प्रकारको किरा) ले डढाएर सखाप पारेपछि बगैँचा खेतीका किसान निरास बनेका छन् । आँपका बोटमा पात, हाँगा नदेखिने गरी मज्जर (मञ्जरी, फूल) खिल्दा यसपालि बगैँचा खेतीबाट राम्रो आम्दानी लिने आश बोकेका किसान गर्मी चर्कदै गएसँगै मधुवाले मज्जर भसक्क डढाएपछि निरास भएका हुन् । नयाँ वर्ष लागेयता बगैँचा पुग्दा वीरक्त लाग्ने गरेको किसानको गुनासो छ । “यतिखेर हाँगैपिच्छे आँपका टिकोला (चिचिला) का झुप्पा देखिन्थे, तर यसपालि मज्जर डढेको कालो खरानी पो छ”, महोत्तरीको भङ्गाहा–४ का बगैँचा खेतीका किसान हरिदेव साहले भन्नुभयो, “यो त होला भनेर…
Read More
दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा

दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा

८ वैशाख,देउखुरी । दाङमा बर्सेनि हजारौँ हेक्टर वन डढेलोका कारण खरानी हुने गरेको छ । मानवीय लापरबाहीका कारण वनमा बर्सेनि डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङको भनाइ छ । हाल पछिल्लो एक सातामा दाङ क्षेत्रमा १८ स्थानमा र देउखुरी क्षेत्रका २५ बढी स्थानमा डढेलो लागिसकेको छ । जसले दाङ क्षेत्रमा तीन सय ३३ हेक्टर र देउखरी क्षेत्रमा एक हजार एक सय बढी हेक्टर वन डढेलोले खरानी भएको भइसकेको छ । गत वर्ष दाङमा ६५ स्थानमा डढेलो लागेको थियो । डिभिजन वन कार्यालय घोराही र डिभिजन वन कार्यालय देउखुरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार जिल्लामा गत वर्ष तीन हजार एक सय ७०…
Read More
सुजन र वियङ्कालाई स्वर्ण

सुजन र वियङ्कालाई स्वर्ण

८ वैशाख,काठमाडौँ । ललितपुरका सुजन गेडाल र एभीएम टेबलटेनिस क्लबकी वियङ्का राईले दोस्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–१९ एकल विधाको छात्रमा सुजन तथा छात्रामा वियङ्काले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको छात्रमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व बानियाँ र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका गनञ्जय दाहाल तेस्रो भए । छात्रामा एभीएमकी इभाना थापा तथा मोर्डन कलेजकी दिया देउला र सुनसरीकी अन्जलीकुमारी ठाकुर तेस्रो बने । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगिताको यु–१५ छात्र एक विधामा सुनसरीका सिद्धार्थ तामाङ पहिलो, बुटवल टेबलटेनिस एकेडेमीका सौरव खड्का दोश्रो…
Read More
ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत

८ वैशाख,रामपुर (पाल्पा) । दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यतिबेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिनुभएको छ । दाँत नहुँदा अनुहारको चमक हराएको, गाला चाउरी परेको र खान पनि समस्या भएको भन्दै उहाँले कृत्रिम दाँत राखेपछि निकै सहज भएको अनुभव सुनाउनुभयो । उहाँको अनुहारमा देखिएको यो खुसी भने गाउँमा आयोजना गरिएको दन्तरोग विशेषज्ञ निःशुल्क शिविरका कारण उहाँले पाउनुभएको हो ।पाल्पाको बगनासकाली गाउँपालिका– १ बस्ने तुलसा खनाल पनि रामपुरमा निःशुल्क कृत्रिम दाँत शिविर आयोजनामा नयाँ दाँत राख्न पाएपछि खुसी हुनुभएको छ । शिविरमा लामो यात्रा गरी आइपुग्नुभएकी उहाँ नयाँ दाँत राखेपछि उमेर नै घटेको जस्तो भान…
Read More
राजविराजमा कैदीको मृत्यु

राजविराजमा कैदीको मृत्यु

८ वैशाख,सप्तरी । राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो । राजविराजबाट रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पु¥याइएका यादवको मृत्यु भएको कारागार प्रमुख किशोरकुमार रामले बताउनुभयो । मृतकका श्रीमती मञ्जुदेवी यादवका अनुसार छारेरोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिएपछि अस्पताल भर्ना गरिएको थियो । मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनी २०७७ चैत ११ गते घरबाटै पक्राउ परेका थिए…
Read More
ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे

ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे

८ वैशाख,पर्वत । पर्वतको दोविल्ला-फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ । कूल १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डमा बुधबार कालोपत्रे सकिएको हो । चन्दनीदेखि ढिकसम्मको कालोपत्र गत वर्षनै भइसकेको थियो भने घोइनौलादेखि धर्मशालासम्मको खण्डमा कालोपत्रे सकिएसँगै दोविल्ला–फलेवास सडक कालोपत्रेको काम सकिएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । विसं २०५७ मा नै ट्रयाक खुला भइसकेको यो सडकको दुई २३ वर्षपछि कालोपत्रे भएको हो । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक अन्तर्गत दुई वर्षमा काम सक्ने गरी रु २६ करोड ५१ लाखमा प्यासिफिक-फेवा जेभीले सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । आठ मिटर चौडा सडकमध्ये पाँच दशमलव पाँच मिटर सडक…
Read More
पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

८ वैशाख,मनाङ । हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो । उक्त पदमार्गअन्तर्गत पाँच हजार एक सय १६ मिटर उचाइहँुदै लार्के फेदी चार हजार चार सय मिटर भिमथाङ उचाइमा खानेपानीको महान सर्वेक्षण गरिएको नासों गाउँपालिकाका प्राविधिक टोलीले जनाएको छ । यस क्षेत्रमा पर्यटक आवागमनको क्रममा खानेपानी सुविधा सहज बनाउने उद्देश्यले पानीको मुहान सर्वेक्षण गरिएको हो । पालिकाका इन्जिनियर नवीन जोशी, प्रशासकीय अधिकृत गिमानसिंह मगर, सव–इन्जिनियर समीक्षा पौडेललगायतको टोलीले नासोँ गाउँपालिका–६ र ७ नम्बर वडाका विभिन्न…
Read More
तयारी पोशाक : स्वदेशी उत्पादनको बजार हिस्सा बढ्दै

तयारी पोशाक : स्वदेशी उत्पादनको बजार हिस्सा बढ्दै

८ वैशाख,काठमाडौँ । कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोशाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिष्पर्धी बन्दै गएपछि तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोशाक उत्पादक सङ्घको भनाइ छ । कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । तत्कालीन समयमा कोरोना महामारी रोकथाम तथा न्यूनिकरणका लागि लागू भएको बन्दाबन्दीका कारण आयात ठप्प जस्तै भयो । तत्कालीन समयदेखि स्वदेशी उत्पादनको खपत र माग दुवै बढ्न थालेको सङ्घको बुझाइ छ । कोरोना महामारीअघि विभिन्न नाममा स्वदेशी तयारी पोशाक बिक्री हुन भएपनि त्यसपछि भने…
Read More
संरक्षणमा हातेमालो गर्न समुदायमा अनुरोध

संरक्षणमा हातेमालो गर्न समुदायमा अनुरोध

८ वैशाख,रसुवा । प्रतिनिधिसभा सदस्य मोहन आचार्यले लोपोन्मुख रातो हाब्रे ‘रेड पान्डा’ संरक्षणमा सहभागितामूलक तवरले अगाडि बढ्न अनुरोध गर्नुभएको छ । वन्यजन्तु सप्ताह समापन कार्यक्रममा उहाँले चन्दनबारीलगायत लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पाइने रातो हाब्रे संरक्षण एवम् समग्र जैविक विविधता संरक्षण कार्यमा सहभागी भई रसुवाको गरिमा उच्च पार्न आग्रह गर्नुभएको हो । धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड तथा पार्वतीकुण्ड, लाङ्टाङ, नाकथलीसमेत क्षेत्र पर्यटकीयस्थल रहेको र रसुवामा पाइने रातो हाब्रेलगायत अन्य जनावर संरक्षणले आगन्तुक तथा पाहुनालाई मनमोहक बनाउने भएका कारण वन वनस्पति एवम् जैविक विविधता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नसमेत सांसद आचार्यले सुझाव दिनुभयो । हाम्रा हिमाली शृङ्खलालगायत विविध प्रकारका सम्पदाले भरिपूर्ण एवम् आकर्षक…
Read More
सडक विस्तार नगर्न आग्रह

सडक विस्तार नगर्न आग्रह

८ वैशाख,बलेवा । सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको जनाउँदै बागलुङ नगरपालिका–१ का स्थानीयले विरोध जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ–१ बाङ्गेचौरदेखि उपल्लाचौर माथिल्लो चोकसम्मको सडकमा सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा र सुविधा नपाएको जनाएका छन् । सो विषयमा मुद्दा दायर भएकाले फैसला नआउँदासम्म काम नगर्न नगराउन उनीहरुले माग गरेका हुन् । मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिले सडक डिभिजन कार्यालय बागलुङलाई पत्र बुझाउँदै प्रशासन र प्रहरी कार्यालयलाई बोधार्थ दिएका छन् । आफूहरु विकास विरोध नभएको र आफ्ना माग सम्बोधनका लागि सर्वाेच्च अदालतमा मुद्दा चलिरहेकाले फैसला नआएसम्म काम गर्न नहुने मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब…
Read More
Page 156 of 304
1 … 154 155 156 157 158 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.