समाज

टोखामा आगलागीबाट एक करोडको क्षति

टोखामा आगलागीबाट एक करोडको क्षति

९ वैशाख,काठमाडौँ । काठमाडौँको टोखामा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भई आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आगलागीबाट पाँच पसलमा रहेका सामान नष्ट भएका छन् । तीन खाली सटरसमेत जलेर नष्ट भएका छन् । आगालागीबाट कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा रु १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा रु ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको डेरी जल्दा रु दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा रु दुई…
Read More
जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु

जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु

९ वैशाख,झापा । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेकोे हो । बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उहाँले थप विवरण आउन बाँकी रहेको बताउनुभयो । जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जङ्गली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ भने एक दर्जनको सङ्ख्यामा रैथाने हात्ती स्थानीय जङ्गलमा बस्दै आएका छन् । हुलबाट एक्लिएको जङ्गली…
Read More
पाटेबाघलाई नियन्त्रणमा लिइयो

पाटेबाघलाई नियन्त्रणमा लिइयो

९ वैशाख,महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ । बाघको आक्रमणबाट शुक्रबार बेलौरी –८ पचुँइका गङ्गादेवी चन्दलाई बेपत्ता परेको थियो । प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियनत्रणमा लिन सफल भएको हो । टोली पुग्नुुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको जानकारी दिँदै महिलाको अवस्था भने अज्ञात रहेको बताउनुभयो । “बाघ नियन्त्रणपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लैजाने कुरो थियो”, उहाँले भन्नुभयो, “बेपत्ता महिलाको खोजीमा प्रहरी र स्थानीयवासी सक्रिय छन् ।” चन्दसहित स्थानीय महिला घाँस काट्न…
Read More
डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम

डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम

९ वैशाख,डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बास तथा निगालोबाट विभिन्न सामग्री बनाइने भएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ । यसका लागि घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न समुदायको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामग्री निर्माण गर्ने सीप विकास तालिम गत चैत महिनाको २७ गतेदेखि सुरु गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करनबहादुर विष्टले बताउनुभयो । विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले…
Read More
धुलिखेल–खावा सडक: निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस

धुलिखेल–खावा सडक: निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस

९ वैशाख,काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापर्बाहीले सडक यात्रुको स्वास्थ्यमा खेलवाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कयौँको अङ्गभङ्ग भएको जनाउँदै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित शुक्रबार कार्यालयमा उजुरी दिनुभएको हो । उजुरीमा निर्माण सेवा तथा त्यसका सञ्चालक रामकुमार थापाले निर्माणमा ढिलाइ गरेको लापर्बाहीकै कारण धुलिखेल–खावा सडक खण्डमा यात्रु जोखिम मोलेर हिड्न बाध्य भएको, सडकमा उडेको धुँवाले यात्रु बिमारी परेको तथा खाल्डाखुल्डीका कारण सवारीसाधन दुर्घटनामा परेपछि उजुरी दर्ता गरिएको नगर प्रमुख खरेलले बताउनुभयो । सडक डिभिजन कार्यालय भक्तपुर…
Read More
बाघलाई नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन

बाघलाई नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन

९ वैशाख,कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइमा महिलाईलाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको छ । निकुञ्जका डा दिनेश देवकोटासहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) गर्नका लागि परिचालन भएको छ । बर्दिया निकुञ्जको टोलीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सवडिभिजन वन कार्यालय कुण्डाको वन सुरक्षाकर्मीको टोली बाघ नियन्त्रण गर्नका लागि शुक्रबारदेखि नै परिचालन भएको छ । “शुक्रबारनै बाघलाई नियन्त्रणमा लिनका लागि धेरै प्रयास ग¥यौँ, राति भइसकेकाले डार्टन गर्न सकिएन”, सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले भन्नुभयो, “अग्लो घाँस हुँदा बाघलाई नियन्त्रमा लिन गाह्रो भएको छ”, दुई दुई…
Read More
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान: प्रवद्र्धनात्मक सामग्री वितरण

पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान: प्रवद्र्धनात्मक सामग्री वितरण

९ वैशाख,गण्डकी । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख सहरमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ । कोभिड–१९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुरलगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ यही वैशाख ३ गते प्रस्थान गरेको २३ सदस्यीय टोलीले प्रवद्र्धन सक्दै शुक्रबार फर्किएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो । ‘पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बिटुबी भेट २०२३’ नामक कार्यक्रमका क्रममा पटना, बाराणासी, अयोध्या र…
Read More
स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन

स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन

९ वैशाख,दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याएको छ । नगरपालिकाले विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषयवस्तु समावेश गरेर कक्षा १, २ र ६ को पाठ्यपुस्तक प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको हो । संघीय सरकारबाट स्वीकृत पाठ्यक्रमअनुसार नगरपालिकाले पाठ्यक्रम बनाई यसै शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्म पढाइ हुने गरी पाठ्यपुस्तक लागू गरेको भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले बताउनुभयो । “यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक सम्पदा र यहाँको संस्कृति पर्वको बारेमा पुस्तकमा समेटिएको छ”, उहाँले भन्नुभयो, “यसले यहाँको पर्यटन विकास र संस्कृति…
Read More
म्याग्दी क्याम्पसको भवन निर्माण समयमै पूरा

म्याग्दी क्याम्पसको भवन निर्माण समयमै पूरा

९ वैशाख,म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा पाँच कोठे एक तले भवन वनाउन २०७९ कात्तिक ४ गते उत्तरगङ्गा निर्माण सेवासँग रु ९५ लाख ८५ हजार चार सय १२ मा ठेक्का सम्झौता भएको थियो । भवनमा दुई वटा शौचालय पनि छन् । विसं २०७९ चैत २५ गतेसम्म ठेक्काको म्याद भएको भवन निर्माण व्यवसायीले चैत २२ गतेनै हस्तान्तरण गरेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले जानकारी दिनुभयो । आयोगको रु एक करोड र क्याम्पसको रु ३४ लाख साझेदारी गर्ने गरी लागत अनुमान तयार गरिएको भवनको ठेक्का प्रतिस्पर्धामा…
Read More
बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप

९ वैशाख,बलेवा । सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो । गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ । गतमाघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन । बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो । जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका…
Read More
Page 155 of 304
1 … 153 154 155 156 157 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.