समाज

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

८ वैशाख,कीर्तिपुर । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार औपचारिकरुपमै कीर्तिपुरमा स्थापना गरिएका यी प्रतिमूर्ति हटाउन दिएको आदेशसम्बन्धी पत्र सम्बद्ध संस्था सुखी गँछे समाजले बुझ्न नमानेपछि वडा कार्यालयमा टाँस गरिएसँगै यससम्बन्धमा उठेको विवाद लम्बिने सङ्केत देखिएको हो । नगरपालिका कर्मचारीले हटाउने आदेशसम्बन्धी पत्र सुरुमा समाजका अध्यक्षलाई बुझाउन खोजेका थिए । अध्यक्षले सचिवलाई बुझाउनु भनेपछि सचिवलाई बुझाउन खोजिएको र सचिव तथा अन्य सदस्यले समेत बुझ्न नमानेपछि २ नं वडा कार्यालयमा टाँस गरिएको थियो । रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीयसुखी गँछे समाजको पहलमा गत…
Read More
पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक

पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक

८ वैशाख,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ । प्रतिष्ठानले नयाँ वर्षका अवसरमा वैशाख ४ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा सम्पादक वासुदेव अधिकारीको ‘युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता’, नवराज रिजालको ‘मधेस प्रदेशका नेपाली कथामा सामाजिक यथार्थ’, विष्णु प्रभातको ‘नेपाली संस्कृतिको विवेचना’, नन्दु उपे्रतीको ‘नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति’, डा देवी क्षेत्री दुलालको ‘नेपालका प्रमुख राजनीतिक विचारक र विचार धारा’ पुस्तक प्रदर्शनीमा राखिएको छ । यसैगरी, सम्पादक वीरबहादुर महतोको ‘मगही भाषाके प्रतिनिधि कविता’, प्रा डा कृष्णप्रसाद पौड्यालको ‘चितोनियाँ थारू भाषाको व्याकरण’, लेखक रमेश सुवेदी र सम्पादक प्रा केशव सुवेदी रहेको ‘रापती क्षेत्रका स्रष्टाहरुको…
Read More
कवि वीरशाली पन्तको स्मृतिमा कोष स्थापना

कवि वीरशाली पन्तको स्मृतिमा कोष स्थापना

८ वैशाख,गलकोट । प्राथमिककालीन भक्तिधाराका कवि वीरशाली पन्तको स्मृतिमा रु पाँच लाखको ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना गरिएको छ । कवि पन्तको ऐतिहासिक महत्वलाई जीवन्त बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो । कोष सञ्चालनका लागि बागलुङ नगरपालिकाको संरक्षकत्वमा प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा सात सदस्यीय प्रबन्ध समिति गठन गरिएको छ ।कोषको उपाध्यक्षमा शिक्षासेवी महेशचन्द्र प्रधान, सदस्य सचिव उपप्राध्यापक हरिप्रसाद पाण्डेय, कोषाध्यक्ष गोविन्द गौतम रहनुभएको छ । यसैगरी, समितिका सदस्यहरुमा क्याम्पस प्रमुख प्राडा रामप्रसाद उपाध्याय, वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठ र पन्त समाज बागलुङका अध्यक्ष तथा गुप्तेश्वरी बहुमुखी क्याम्पप्रमुख ज्ञानेन्द्र पन्त रहनुभएको छ । प्रत्येक वर्ष राष्ट्रिय, प्रादेशिक र स्थानीयस्तरमा भाषा साहित्य कला…
Read More
६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

८ वैशाख,काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो । विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय…
Read More
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण

झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण

८ वैशाख,बैतडी । नेपाल–भारत सीमा नाका रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि निरीक्षण गरिएको छ । भारतीय सडक विभागका इन्जिनियर ओमप्रकाश नेतृत्वको प्राविधिक टोलीले पुल निर्माणस्थल नेपालतर्फको मौराभिर र भारततर्फको एसएसबी क्याम्प नजिक सालघारी क्षेत्रको निरीक्षण गरेको हो । पाँच सय मिटर लमो उक्त पुलको लागत रु चार अर्ब ५७ करोड लाग्ने अनुमान गरिएको छ । त्यसअघि सर्भेक्षण, वृस्तित अध्ययन प्रतिवेदन(डिपिआर) र मुआब्जाका लागि थप रु २० करोड लाग्ने अनुमान प्राविधिक टोलीको छ । पुल निर्माण भारतीय लगानीमा हुने जनाइएको छ । झुलाघाट नाकामा अहिले झन्डै सयौँ वर्ष पुरानो झोलुङ्गे पुलबाट आवतजावत भइरहेको छ । उक्त नाकामा…
Read More
मापदण्ड विपरीतका संरचना हटाउन थालियो

मापदण्ड विपरीतका संरचना हटाउन थालियो

८ वैशाख,गुल्मी । रेसुङ्गा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माण गरी बनाइएका सडक पेटी हटाउन थालेको छ । नगरपालिकाले डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायत संरचना हटाउन सुरु गरेको हो । नगरपालिकाले गत साता तम्घास बजारमा कालोपत्र गर्नका लागि सडक छेउछाउका घरधनीहरुलाई अव्यवस्थित रुपमा निर्माण भएका सडकपेटीहरु आफैँ हटाउन सार्वजनिक रुपमा सूचना जारी गरेको थियो । नगरपालिकाले तोकेका समयमा उक्त संरचना हटाउन स्थानीयवासीले बेवास्ता गरेपछि नगरपालिकाले बाध्य बनेर डोजर प्रयोग गरी अव्यवस्थित रुपमा बनाइएका संरचना हटाउन सुरु गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभएको छ । नगरपालिकाले अव्यवस्थित रुपमा सडक प्रयोग गरी बनाइएका पेटीहरु डोजरको माध्यमबाट हटाउन थालेपछि कतिपय…
Read More
स्याङ्जामा डढेलोले खायो ६२ वन

स्याङ्जामा डढेलोले खायो ६२ वन

८ वैशाख,वालिङ । सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ । अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ । वालिङका २०, पुतलीबजारका १०, भिरकोटका आठ, आँधीखोला-फेदीखोला सब डिभिजनअन्तर्गत आठ, चापाकोटका छ, अर्जुनचौपारिका पाँच, बिरुवा-हरिनासका पाँच, गल्याङ-कालीगण्डकी सब डिभिजनअन्तर्गतका दुई वनमा डढेलो लागिसकेको बन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिनुभयो । एघार वटा पालिकालाई समेटेर आठवटा सब डिभिजनमार्फत वनको कार्य विभाजन गरिएको छ । पुतलीबजार, वालिङ, भिरकोट, चापाकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिकामा एक÷एक सब डिभिजन रहेका छन् । आँधीखोला…
Read More
चैते धान खेती लोप हुने अवस्थामा

चैते धान खेती लोप हुने अवस्थामा

८ वैशाख,तनहुँ । तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी जिल्लामा चैते धान खेती बर्सेनि घट्दै गएको बताउनुहुन्छ । “यो चैते धान रोपाइँ गर्ने समय हो, हालसम्म करिब ७० प्रतिशत रोपाइँ सकिएको छ”, उहाँले भन्नुभयो, “बर्षेनि चैत धान खेती हुने जमिन कम हुँदै गएको छ ।” लामो समयदेखि वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ । गाउँबाट युवाहरु विदेशिँदा जनशक्तिको अभावमा खेती…
Read More
डुम्रे बेँसीसहर सडक: उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द

डुम्रे बेँसीसहर सडक: उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द

८ वैशाख,लमजुङ । डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो । डुम्रे बेँसीसहर चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले भन्नुभयो, “ सडक मर्मत गर्नका लागि आगामी जेठको पहिलो हप्तासम्म सडक बन्द गर्न लागेका छौँ ।” सडक निर्माण अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण हुने भएको छ । सो अवधिमा यात्रुवाहक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डीप्रसाद गण डाइभर्सन सडक प्रयोगमा ल्याइनेछ भने मालवाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लगाइएको…
Read More
आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण

आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण

८ वैशाख,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवद्र्धन र विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । परिसङ्घ र भारतको सौर्य ऊर्जा विकास संस्था एकापसमा अनुभव, प्राविधिक क्षमता र पुँजी व्यवस्थान गरी दुवै पक्षलाई लाभ हुने गरी समझदारी हुन लागेकोमा मन्त्री बस्नेतले खुसी व्यक्त गर्नुभयो । सो अवसरमा ग्रामीण जनजीवनलाई आर्थिक तथा सामाजिकरुपमा उत्थान…
Read More
Page 157 of 304
1 … 155 156 157 158 159 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.