समाज

आजको मौसम : हावाहुरीको सम्भावना

आजको मौसम : हावाहुरीको सम्भावना

८ वैशाख,काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । विभागले चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा…
Read More
बारपाकमा टेलिकमको नेटवर्कमा समस्या

बारपाकमा टेलिकमको नेटवर्कमा समस्या

८ वैशाख,गोरखा । गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो । स्थानीयवासी सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ । उहाँले भन्नुभयो, “फोन लाग्दैन, टावर पनि देखाउँदैन, इन्टरनेट चलाउन डाटा नचल्ने समस्या छ ।” स्थानीयवासीले सञ्चार सम्र्पकका लागि हैरानी खेप्नुपरेको छ । नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले बारपाकमा रहेको टेलिकमको टावरमा बिद्युत्को भोल्टेज नपुग्दा नेटवर्कमा समस्या आएको बताउनुभयो । समस्या समाधान गर्न त्यहाँ रहेको टेलिकमको टावरमा केन्द्रीय प्रसारण लाइनको थ्री…
Read More
प्रदर्शनको तयारीमा ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट

प्रदर्शनको तयारीमा ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट

७ वैशाख, काठमाडौँ । चलचित्र ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट काठमाडौंमा प्रिमियर गरिएको छ । बुधबार प्रिमियरसँगै आयोजित पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शन वैशाख १० गतेदेखि देशभरका क्युएफएक्सअन्तर्गतका चलचित्र भवनमा हुने पासाङ ल्हामु फाउन्डेशनले जानकारी दिएको छ । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय मेहनत गरेर चलचित्र तयार पार्नुभएको फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिनुभयो । “यो चलचित्र ७२ मिनेट लामो छ । सन् २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा भएको चलचित्रलाई तीसौँ पासाङ ल्हामु दिवसको अवसर पारेर प्रदर्शन गर्न लागेका हौँ”, अध्यक्ष…
Read More
तुवाँलोेको मारमा पर्यटन

तुवाँलोेको मारमा पर्यटन

७ वैशाख, अन्नपूर्ण । कास्कीमा तुवाँलोे लाग्न थालेको एक साताभन्दा बढी भयो । यसले गर्दा यहाँबाट देखिने हिमशृङ्खला राम्रोसँग नदेखिएको त्यति नै समय भयो । यस क्षेत्रमा घुम्न आउने पर्यटकको रोजाइ हिमालको दृश्य नजिकबाट नियाल्नु पनि हो तर, नयाँ वर्षदेखि यहाँका डाँडा तुवाँलोेले डम्मै छेकेको छ । यही कारण पर्यटकको आवागमनमा समस्या भएको छ । नयाँ वर्षमा पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुग्नुभएकी चितवनकी पवित्रा सापकोटा हिमाल देख्न नपाएको गुनासो गर्दै हुनुहुन्थ्यो । रमणीय गाउँबाट हिमाल हेर्न नपाउँदा खल्लो महसुस भएको उहाँको भनाइ थियो । “चितवनबाट जे सोचेर घान्द्रुक घुम्न आयौं । त्योभन्दा राम्रो लाग्यो”, पवित्राले भन्नुभयो, “तर, यहाँबाट हिमाल नजिकै…
Read More
काठका सामग्री बनाउने सीप हस्तान्तरण गरिँदै

काठका सामग्री बनाउने सीप हस्तान्तरण गरिँदै

६ वैशाख,देउखुरी। बङ्गलाचुली –३ भेँडाबारीका लालबहादुर रानाले २२ वर्षको उमेरबाट सिकर्मी र डकर्मीको काम गर्दै आउनुभएको थियो । उहाँलाई भाँडा बनाउने तालिम लिन पाए त घर छेउमा भएका काठको सदुपयोग गर्न सकिन्थ्यो होला भन्ने लागेको थियो । उहाँले भनेजस्तै घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको काठका भाँडा बनाउने तालिममा भाग लिने अवसर पाउनुभएको छ । उहाँले भन्नुभयो, “भर्खरै बजारबाट खुर्पा राख्ने खुर्पेटो किनेर ल्याएँ । अहिले त आफँै बनाउन सक्ने भएको छु । आखिर सीप सिकेपछि आफैँले पनि गर्न सकिँदोरहेछ । अरू चीज पनि बनाउन सक्ने भएको छु ।” बङ्गलाचुली –३ मूलाबारीका शिवराज घर्तीलाई पनि काठबाट बनाउने सामग्रीका बारेमा…
Read More
लुकीछिपी यार्सा सङ्कलन गर्न जाने पक्राउ

लुकीछिपी यार्सा सङ्कलन गर्न जाने पक्राउ

६ वैशाख, जाजरकोट । डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिनुभयो । उनीहरु सबै निकुञ्जको तोइजुमपोष्टबाट पक्राउ परेको भण्डारीले बताउनुभयो । डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा सङ्कलन पाटन खुलाउने गरिन्छ । त्यसैगरी, कुनासा र पुनिखा पाटनमा अवैध रुपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले निगरानी गरेको संरक्षण अधिकृत भण्डारीले जानकारी दिनुभयो । यस वर्षको यार्सा सङ्कलन गर्ने…
Read More
नेपालमा सुरक्षित गर्भपतन : कानुन छ, सहज पहुँच छैन

नेपालमा सुरक्षित गर्भपतन : कानुन छ, सहज पहुँच छैन

 ६ वैशाख रुपन्देही। बुटवल उपमहानगरपालिका–१९ की १९ वर्षीया अविवाहिता किशोरीको अहिले ३४ हप्ताकोे गर्भ छ । सामाजिक लाञ्छनाका कारण समयमै गर्भपतनका लागि जाने आँट नगर्दा किशोरीले अनइच्छित गर्भलाई निरन्तरता दिनुपर्ने बाध्यता आइलाग्यो । स्याङ्जाका एक युवकसँगको प्रेमसम्बन्धमा परेकी किशोरीलाई सुरुमा गर्भ रहेको पत्तै भएन । गर्भ रहेको थाहा भएपछि पनि घरपरिवारलाई भन्ने हिम्मत भएन । करिब ६ महिनापछि मात्रै परिवारलाई भनेर दिदीसँगै सुरक्षित गर्भपतनका लागि अस्पताल गएकी किशोरीको २८ हप्ता नाघिसकेका कारण गर्भपतन हुन सकेन । किशोरी अहिले कदम नेपालको सुरक्षा आवास गृहमा हुनुहुन्छ । सुरक्षा आवास गृहका इन्चार्ज सुष्मा चौधरीका अनुसार आफन्त र समाजको लाञ्छनाका डरले घरमा बस्ने अवस्था…
Read More
जन्म, मृत्यु घटना दर्ता शतप्रतिशत पु्याउने विभागको तयारी

जन्म, मृत्यु घटना दर्ता शतप्रतिशत पु्याउने विभागको तयारी

६ वैशाख, काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलले सन् २०२४ सम्ममा जन्म र मृत्युका घटना दर्तामा शत् प्रतिशत पु्याउन विभाग तयारी रहेको बताउनुभयो । नेपाल सरकारले संयुक्त राष्टङ्घको महासन्धिमा सन् २०२४ सम्ममा घटना दर्ता शतप्रतिशत पु्याउने लक्ष्य राखेको थियो । सोहीअनुसार स्थानीय तहमार्फत् विभाग प्रयासरत रहेको छ । “व्यक्तिगत घटना दर्ता सप्ताह अवधि लगायतका समयमा नागरिकलाई सुसूचित गराउन विभिन्न माध्यमबाट भिडियो, अडियोसहितका सन्देशमूलक सूचनाबाट जनचेतना अभिवृद्धि गरिएका छौँ । जसबाट घटना दर्तामा वृद्धि हुने क्रम बढ्दै जाने अपेक्षा रहेको छ”, विभागका निर्देशक पौडेलले भन्नुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा व्यवस्था भएबमोजिम कुनै पनि…
Read More
बागलुङ–बेनी सडक : वैशाख १२ गतेसम्म बन्द

बागलुङ–बेनी सडक : वैशाख १२ गतेसम्म बन्द

६ वैशाख, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । सवारी साधनको चापका कारण कालोपत्र गर्ने काम प्रभावित बनेपछि आवतजावत रोकेर कालोपत्र सुरु गरिएको पूर्वाधार विकास कार्यालयका प्राविधिक रविन चोखालले जानकारी दिनुभयो । “सवारी साधनको चापले सडक कालोपत्रको काम गर्न समस्या भएपछि निर्माण व्यवसायीको अनुरोधमा आवतजावत रोकिएको हो,” उहाँले भन्नुभयो, “बागलुङ–बेनी आवतजावत गर्ने सवारी साधनलाई पर्वतको मालढुङ्गा–बेनी सडक प्रयोगको व्यवस्था मिलाइएको छ ।”…
Read More
बाल मनोविज्ञको सूचीकरण गरिँदै

बाल मनोविज्ञको सूचीकरण गरिँदै

६ वैशाख, खोटाङ । राष्ट्रिय बाल अधिकार परिषद्ले खोटाङमा स्थानीय तहका उपप्रमुख एवम् महिला तथा बालबालिका शाखाप्रमुख र प्रहरीका लागि बाल संरक्षण घटना व्यवस्थापनसम्बन्धी तालिम सुरुआत गरेको छ । बालबालिकासम्बन्धी ऐन २०७५ देशभरका सात सय ५३ वटै स्थानीय तहमा कार्यान्वयन गराउने उद्देश्यले जिल्लामा पनि जिल्लास्तरीय तालिमको आयोजना गरिएको जनाइएको छ । दुईदिने तालिममा जिल्लाका दशवटै स्थानीय तहका उपप्रमुख, महिला तथा बालबालिका शाखाका प्रमुख र प्रहरीको महिला तथा बालबालिका शाखाका प्रमुखहरु सहभागी छन् । प्रत्येक स्थानीय तहमा बाल अधिकार संरक्षण तथा संवर्द्धधन कार्यविधि निर्माण, बालकोष स्थापना, बाल अधिकार समिति गठन, बाल कल्याण अधिकारी नियुक्ति र समाजसेवा तथा बाल मनोविज्ञको सूचीकरण गरी परिचालन…
Read More
Page 159 of 304
1 … 157 158 159 160 161 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.