समाज

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन : सांसद बर्तौला

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन : सांसद बर्तौला

६ वैशाख ,काठमाडौँ । नेकपा ९ एमाले का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको क्षेत्रको रुपमा अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो । “आगामी बजेट बनाउँदा यस विषयमा सरकारको ध्यानकर्षण गराउन चाहान्छु” उहाँले भन्नुभयो । सांसद बर्तौलाले मध्यवर्ती क्षेत्र आसपास नयाँ उद्योग सञ्चालन गर्न कठिनाइ भएको सम्बन्धमा सरकारको ध्यानकर्षण गराउँदै मध्यवर्ती क्षेत्रको समस्या दिगोरुपमा समाधान गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको सम्बन्धमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वास्थयलाभको कामना गर्नुभयो । बैठकमा नेकपा ९माओवादी केन्द्र० का सांसद लेखनाथ…
Read More
हङकङ विजयी

हङकङ विजयी

५ वैशाख,काठमाडौँ । एसिसी प्रिमियर कप अन्तर्गतको आज भएको खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । हङकङका लागि बाबर हायातले ९४ बलमा १०८ रनको शतकीय योगदान पारी खेले । उनले १० चौका र ६ छक्का प्रहार गरे । त्यस्तै निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय योगदान गरे । सिङ्गापुरका लागि आरित्रदत्त र रमेश कालिमुथुले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४२ दशमलब…
Read More
सैनिक आचारसंहिता कार्यक्रम शुभारम्भ

सैनिक आचारसंहिता कार्यक्रम शुभारम्भ

५ वैशाख,काठमाडौँ । नेपाली सेनाको सङ्गठनमा रहेका सम्पूर्ण जनशक्तिलाई पदमा रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणका बारेमा सु–सूचित गराउन आचारसंहिता कार्यक्रम सञ्चालन गरिएको छ । सेनाको सकल दर्जालाई अनुशासित, नैतिकवान र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राख्न एवं सैनिक आचारसंहिता सङ्ग्रहमा उल्लिखित विषय प्रशिक्षित तुल्याउने उद्देश्यले सेनाले दुई दिवसीय कार्यक्रम गरेको हो । सेनाले प्रत्येक वर्ष नववर्ष प्रारम्भसँगै यस्तो कार्यक्रम गर्दै आएको छ । बलाध्यक्ष रथी सीताराम खड्काले आज कार्यक्रमको शुभारम्भ गर्दै सेनाको सबै तहसम्म आचारसंहिताबारे ज्ञान अभिवृद्धि तथा सकल दर्जालाई अनुशासित र व्यावसायिक फौज निर्माण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । प्रधानसेनापति प्रभुराम…
Read More
नवलपुरको ५३ स्थानमा डढेलो

नवलपुरको ५३ स्थानमा डढेलो

५ वैशाख,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको वन क्षेत्रमा गत चैतमा ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका दुई हजार छ सय ५० हेक्टर जमिनमा डढेलो लागेको सूचना प्राप्त भएको जानकारी दिनुभयो । चैतसम्मको प्राप्त तथ्याङ्क भएकाले यो क्षेत्रफल बढ्नसक्ने उहाँले बताउनुभयो । “कतिपय स्थानबाट सूचना आउँदैनन्, सबै गर्दा प्राप्त क्षेत्रफलभन्दा केही धेरै डढेलो लागेको हुन सक्छ”, सूचना अधिकारी गौतमले भन्नुभयो । “नवलपुरमा अहिले करिब तीन हजार पाँच सय हेक्टर जमिनमा डढेलो लागेको छ । चैतको तथ्याङ्कमा दुई हजार छ सय नाघेको छ, केही दिनयता पनि…
Read More
विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण

विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण

५ वैशाख,काठमाडौँ । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र उनीहरुको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभएको हो । “हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको महत्वपूर्ण योगदान छ । गतवर्ष नेपालले करिब रु १० खर्ब सात अर्ब रेमिट्यान्स भित्र्याएको छ । तर वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढी नेपाली अहिले विभिन्न देशका जेलमा छन्,” सांसद कार्कीले भन्नुभयो, “उनीहरुको रिहाइ, उद्दार, सुरक्षा र सहज रुपमा स्वदेश फर्किन वातावरणका निमित्त सरकारको ध्यान गम्भीर रुपले आकृष्ट गर्न चाहन्छु…
Read More
प्रतिनिधिसभा बैठक : सडक निर्माणलाई गति दिन माग

प्रतिनिधिसभा बैठक : सडक निर्माणलाई गति दिन माग

५ वैशाख,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले किसान र सडकका विषयलाई प्रमुखताका साथ उठाउनुभएको छ । शून्य समयमा बोल्दै सांसद विक्रम पाण्डेले मल खरिदका लागि सरकारले समयमा बजेट नछुट्याउँदा र छुट्याएको रकमको पनि बोलपत्र हुन नसक्दा बाली लगाउने बेलामा किसानले मल पाउन नसकेको बताउनुभयो । रासायनिक मल अभावका कारण कृषि बालीको उत्पादन घट्दा त्यसको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको उहाँले उल्लेख गर्नुभयो । “किसानले खेती गर्ने समयमा मल नपाउँदा उत्पादन मात्रै घटेको छैन, मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पनि असर परेको छ । पछिल्लो एक दशकमा जिडिपीमा कृषि क्षेत्रको योगदान ३२ दशमलव सात प्रतिशतबाट घटेर २३…
Read More
गाउँमा सूचना पाउन अझै कटुवालकै भर

गाउँमा सूचना पाउन अझै कटुवालकै भर

५ वैशाख,लमजुङ । लमजुङको गाउँ गाउँमा प्रायःजसो सबैको हात हातमा मोबाइल सेट छ । यसमा इन्टरनेटका माध्यमबाट संसारभरीको खबर प्राप्त गर्ने गरे पनि क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँ, घिचे, घाम्राङबँेसी, साल्मेलगायतका गाउँमा स्थानीयवासीले आफ्नै गाउँको खबर प्राप्त गर्न कटुवालको भर पर्नुपर्छ । यहाँ अझै कटुवालकै भरमा सूचना दिने चलन कायम छ । घाम्राङ गाउँका दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्नुहुन्छ, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान टाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् । कटुवाल गुरुङले डाँडाबाट आफ्ना गाउँमा हुन लागेका वा हुनेवाला नयाँ सूचना वा खबर सुनाउनुहुन्छ । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे…
Read More
तातोपानी नाका सञ्चालन गराउन छलफल

तातोपानी नाका सञ्चालन गराउन छलफल

५ वैशाख,सिन्धुपाल्चोक । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको जानकारी दिनुभयो । सो बैठकमा यही १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्र्नेे, सीमा सुरक्षा तथा कोरोना स¬ङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथामिकता दिएको उहाँले बताउनुभयो । दुवै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र…
Read More
पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

५ वैशाख,पटना (भारत) । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तक्र्रिया गरिएको हो । कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले पोखरा प्राकृतिक एवं सांस्कृतिकरूपमा घुम्नैपर्ने गन्तव्य भएको बताउँदै गर्दा पटनाका पर्यटन व्यवसायीले त्यहाँका भोगाइ तथा अनुभवलगायतका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्राकृतिकरूपमा विश्वकै सुन्दर गन्तव्यमध्येमा पोखरा पनि एक भएको बताउँदै आफूहरू विगतदेखि नै ‘अतिथि देवो भवः’ को मन्त्रलाई आत्मसात गर्दै आएको बताउनुभयो…
Read More
जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो

जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो

५ वैशाख,फुङ्लिङ । ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो । कार्यालयका अनुसार जग्गाको कित्ताकाट रोकिँदा सङ्कलन हुँदै आएको राजस्वमा कमी आएको हो । गत आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्ममा मालपोत कार्यालयले रु ९७ लाख ९२ हजार चार सय ९३ राजस्व सङ्कलन गरेको थियो । चालु आवको सोही अवधि अर्थात् फागुन मसान्तसम्ममा रु ८६ लाख ४७ हजार सात सय ११ मात्रै राजस्व सङ्कलन गरेको छ । गत वर्षका तुलनामा चालु आवको फागुन मसान्तसम्ममा…
Read More
Page 160 of 304
1 … 158 159 160 161 162 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.