समाज

स्तब्ध ‘टिम इण्डिया’लाई बलिउडको सान्त्वना, शाहरुख भन्छन्- यो एक खेल हो

स्तब्ध ‘टिम इण्डिया’लाई बलिउडको सान्त्वना, शाहरुख भन्छन्- यो एक खेल हो

काठमाडौं । तीन ‘सी’ अर्थात् क्रिकेट, सिनेमा र क्राइम । भारतीय मिडियामा यी कन्टेन्ट सबैभन्दा धेरै बिक्छ भनिन्छ । सोमबार सम्पन्न पुरुष विश्वकप क्रिकेटको फाइनल क्रिकेट र सिनेमाको संयोजन जस्तै रह्यो । फाइनल हेर्न सेलिब्रिटीहरु गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा उपस्थित थिए । शाहरुख खानसहितका कलाकार परिवारसहित रंगशालामा थिए । प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाली उपप्रधानमन्त्रीले दर्शकमाझबाटै खेल हेरे । क्रिकेटर पत्नी समेत रहेकी अभिनेत्री अनुष्का शर्मा र आथिती शेट्टी निकै भावुक देखिए । यस्तै कलाकारहरु रणवीर सिंह, दीपिका पादुकोण, आशा भोस्ले, दागुबत्ती ब्यांकटेश, आयुष्मान खुराना र विवेक ओबराय पनि थिए । तर अष्ट्रेलियासँग ६ विकेटको पराजयपछि बलिउड स्तब्ध…
Read More
टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शन

टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शन

४ मंसिर, काठमाडौं । टिकटक प्रतिबन्धविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ। सोमबार हन्ड्रेड ग्रुप्स र  दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘सरकार हिजो बन्दुकसँग डराउने आज टिकटकसँग’, ‘टिकटक हैन जाजरकोटलाई ध्यान दे’लगायतका नारासहित माइतीघरदेखि बानेश्वरसम्‍म प्रदर्शन गरेका छन् । टिकटक प्रतिबन्ध गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको टीकाटिप्पणी भइरहेको छ। कतिपयले सरकारको यो निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले भने बन्द नभई नियमन गर्नुपर्ने बताउँदै आएका छन्। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको…
Read More
कोल्बुङ बस दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

कोल्बुङ बस दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

४ मङ्सिर,झापा। मेची राजमार्गको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो । विर्तामोडस्थित विएण्डसी अस्पतालमा लामाको आइतबार र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिनुभयो । दुर्घटनामा आइतबार साँझ वडा नं –९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । बस दुर्घटनामा मृत्यु हुनेका सङ्ख्या तीन पुगेको उहाँले बताउनुभयो ।…
Read More
मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको स्कुटर र म२प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटर चालक भीमदत्त नगरपालिका–९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो। गम्भीर घाइते उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्कुटरमा सवार कार्कीका श्रीमती लक्ष्मी कार्की भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो बखत सोही दुर्घटनास्थलमा रहेको ट्र्याक्टर चालकलाई समेत सोधपुछका…
Read More
टिकटक प्रतिबन्ध विरूद्धको रिट न्यायाधीश कुमार चुडालको इजलासमा

टिकटक प्रतिबन्ध विरूद्धको रिट न्यायाधीश कुमार चुडालको इजलासमा

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ। गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ११ वटा रिट परेको छ। सामाजिक सदभाव बिग्रिन थालेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल 'स्वागत', अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपानेलगायतले सर्वोच्चमा रिट दिएका थिए।
Read More
सुनको मूल्य बढ्यो, चाँदीको कति?

सुनको मूल्य बढ्यो, चाँदीको कति?

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।  आइतबारको तुलनामा छापावल सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो। आइतबार छापावल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँमा काराेबार भएकाे  थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुन प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँ तोकिएको छ। त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १५ हजार एक सय ५० रूपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Read More
काठमाडौं प्रशासनले महेश बस्नेत र दुर्गा प्रसाईं पक्षसँग छलफल गर्ने, एकै ठाउँमा कार्यक्रम गर्न नदिने

काठमाडौं प्रशासनले महेश बस्नेत र दुर्गा प्रसाईं पक्षसँग छलफल गर्ने, एकै ठाउँमा कार्यक्रम गर्न नदिने

४ मंसिर काठमाडाैँ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)का नेता महेश बस्नेत पक्ष र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षलाई छलफलका लागि बोलाएको छ। सोमबार अपराह्न ४ बजे दुवै पक्षसँग प्रशासनले छलफल गर्न लागेको हो। बस्नेत इन्चार्ज रहेको एमालेको भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा कार्यक्रम गर्न लागेका छन्। पछिल्लो समय बस्नेत र प्रसाईंबीच विभिन्न विषयलाई लिएर आरोप-प्रत्यारोप चलिरहेको छ। प्रशासनले दुवै पक्षसँग छलफल गरी कार्यक्रम गर्ने स्थानसमेत तोक्ने तयारी गरेको छ। ‘दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं,’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सेतोपाटीसँग भने, ‘एकै स्थानमा कार्यक्रम गर्न दिँदैनौं।’ दुवै पक्षले माइतीघर मण्डला क्षेत्रमा…
Read More
इजरायलले सार्वजनिक गर्‍यो हमासले नेपालीलाई बन्धक बनाएको भिडियो

इजरायलले सार्वजनिक गर्‍यो हमासले नेपालीलाई बन्धक बनाएको भिडियो

४ मंसिर, काठमाडौं । इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको हो । इजरायली सेनाले सामाजिक सन्जालमा एक्स (साविक ट्वीटर)मा भिडियो सेयर गर्दै लेखेअनुसार हमासले बन्धक बनाएका एक नेपाली र एक थाई नागरिक हुन् । भिडियोमा एक जना घाइतेलाई अस्पतालको स्ट्रेचरमा सुताएर गुडाइरहेको र आकासे निलो रंगको टिसर्ट लगाएका अर्का एक जनालाई घचेट्दै हिँडाएको देखिन्छ । तर उनीहरुको अनुहार भने देखिँदैन । उक्त भिडयोमा हतियार बोकेका व्यक्तिहरु पनि देखिन्छन् । इजरायलको डिफेन्स आर्मीले उनीहरु हमासका ‘आतंकवादी’ भएको जनाएको छ । उनीहरुले गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पताललाई…
Read More
बर्दियाका बरुण घिघिरेको हत्यामा संलग्न थप १ जना पक्राउ

बर्दियाका बरुण घिघिरेको हत्यामा संलग्न थप १ जना पक्राउ

४ मंसिर, काठमाडौं । बर्दिया गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-६ का सुरेश भन्ने सुयस थापा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए । गुलरिया नगरपालिका-५ का २० वर्षीय बरुणलाई एक समूहले गत कात्तिक २७ गते राति साढे १२ बजे धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको थियो ।उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । यसअघि प्रहरी घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिइसकेको छ । सुयससँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । अझै २ फरार रहेका छन् ।
Read More
सोल्टी होटलको नगद र सेयर बोनस घोषणा, बोलायो साधारणसभा

सोल्टी होटलको नगद र सेयर बोनस घोषणा, बोलायो साधारणसभा

४ मंसिर, काठमाडौं । सोल्टी होटलले सेयरधनीलाई नगद र सेयर बोनस घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको २६.५७८९ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । त्यस्तै ५ प्रतिशत बोनस सेयर प्रदान गर्न पनि प्रस्ताव गरेको छ । अंकित मूल्य १० रुपैयाँका दरले कम्पनीको कुल ८ करोड ८४ लाख ७१ हजार ५०६ कित्ता सेयर जारी भएको छ । लाभांश पारित गर्नका लागि कम्पनीले पुस २६ गते प्रज्ञा भवनमा वाषिर्क साधारणसभा गर्ने भएकोछ । त्यस्तै पुस ५ गते कम्पनीले सेयरधनीको दर्ता किताव बन्द गर्ने भएकोछ । अघिल्लो दिन पुस ४ गतेसम्म कायम सेयरधनी साधारणसभामा…
Read More
Page 53 of 452
1 … 51 52 53 54 55 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.