टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शन

Share Icon

४ मंसिर, काठमाडौं । टिकटक प्रतिबन्धविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

सोमबार हन्ड्रेड ग्रुप्स र  दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘सरकार हिजो बन्दुकसँग डराउने आज टिकटकसँग’, ‘टिकटक हैन जाजरकोटलाई ध्यान दे’लगायतका नारासहित माइतीघरदेखि बानेश्वरसम्‍म प्रदर्शन गरेका छन् ।

टिकटक प्रतिबन्ध गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको टीकाटिप्पणी भइरहेको छ। कतिपयले सरकारको यो निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले भने बन्द नभई नियमन गर्नुपर्ने बताउँदै आएका छन्।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेपछि रिट दायर गरिएको हो ।

रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ। उक्त विवादको सुनुवाइ आज न्यायाधीश कुमार चुडालको इजलासमा परे पनि उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.