समाज

संघीय संसद्को वेबसाइट ह्याक

संघीय संसद्को वेबसाइट ह्याक

काठमाडाैं । संघीय संसद्को वेबसाइट बिहीबार बिहान ह्याक भएको छ । यद्यपि प्राविधिकहरुले केहीबेरमै साइट ह्याकरको कब्जाबाट मुक्त गरेका छन् । ह्याकरको कब्जामा हुँदा वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका थिए। जसमा सन्देश छाडिएको थियो, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले ह्याकबारे थाहा पाएलगत्तै टिमले समस्या समाधान गरेको बताए । विगतमा पनि सरकारी कार्यालयका वेबसाइट पटक पटक ह्याक हुँदै आएका छन्।
Read More
विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित

विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित

काठमाडौँ । हिन्दुहरूको साझा संस्था विश्व हिन्दु महासंघले कानून तथा न्यायको क्षेत्रबाट सनातन हिन्दु धर्मको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै अधिवक्ता अर्जुन खड्कालाई सम्मान गरेको छ । महासंघले आफ्नो ४४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा अधिवक्ता खड्कालाई सम्मान गरेको हो । राप्रपा अध्यक्ष पशुपति सम्सेर जबरा र महासंघको अध्यक्ष अस्मिता भण्डारीले अधिवक्ता खड्कालाई कदरपत्रसहित सम्मान गर्नु भएको हो । उदयमान कानून व्यवसायी खड्का कानून र न्यायको क्षेत्रबाट हिन्दु धर्मको पक्षमा क्रियाशील थिए । उनले विश्व हिन्दु महासंघलाई कानूनी सहायता एवं परामर्श दिँदै आएका छन् । कार्यक्रममा महासंघको कार्यवाहक अध्यक्ष भण्डारीले संस्थाको प्रमुख उद्देश्य सनातन हिन्दु धर्मको…
Read More
चिनियाँ गिरोहद्वारा एक वर्षमा २८ सय ३१ केजी सुन तस्करी

चिनियाँ गिरोहद्वारा एक वर्षमा २८ सय ३१ केजी सुन तस्करी

काठमाडाैं । चिनियाँ गिरोहले विभिन्न सामानभित्र लुकाएर एक वर्षमै दुई हजार आठ सय ३१ केजी सुन नेपालमा तस्करी गरेको निष्कर्ष प्रहरीले निकालेको छ । ‘ब्रेक सु’मा लुकाएर विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने क्रममा एक वर्षसम्म उनीहरूले सयौँपटक सुन तस्करी गरेको विवरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फेला पारेको हो । यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो । सो समूहले थप सुन तस्करी गरेको तथ्य विस्तृत अनुसन्धानबाट खुलेको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक…
Read More
भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार

भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार

काठमाडाैं । भारतीय राजदूतावास, काठमाडौंले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ। अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा एम्बुलेन्स तथा स्कुलबसका चाबी हस्तान्तरण गरे। सो समारोहमा विभिन्न स्थानीय तहका मेयर तथा गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो। उपहारस्वरूप हस्तान्तरण गरिएका कुल एक सय एक सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए।…
Read More
जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना

जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना

धनुषा । भारतीय राजदूतावास, काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगन्ज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्षको अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ । मधेस प्रदेशका माननीय मुख्यमन्त्री सरोज कुमार यादवले प्रमुख अतिथिको रूपमा महोत्सवको पहिलो सत्रको उद्घाटन गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा महत्त्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरूको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिभल पनि समावेश थियो । कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान् राम र सीताको जीवनीमा आधारित…
Read More
चिनियाँ सामाग्री आयात गर्ने तीनसय ट्रक तथा कन्टेनर कारवाहीमा

चिनियाँ सामाग्री आयात गर्ने तीनसय ट्रक तथा कन्टेनर कारवाहीमा

रसुवा । सवारी नियम उलङ्घन गर्ने ३०० सवारी चालकलाई ट्राफिक प्रहरी रसुवाले कारवाही गरेको छ । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात गर्ने ट्रक तथा कन्टेनरमध्ये कतिपयले पासाङल्हामु मार्गमा गुड्न यातायात विभागको अनुमति नल्याएको, सवारीसाधन गुडाउँदा ढोका खुल्ला राख्ने गरेको, विलबुक साथमा नराख्नेजस्ता थुप्रै गल्ती गरेका कारण कारवाहीस्वरुप जरिवाना गरिएको जिल्ला ट्राफिक इञ्चार्ज शिवप्रसाद भट्टराईले जानकारी दिए । गत साउन महीनामा मात्रै ३०० सवारी चालक कारवाहीमा परेका र उनीहरूबाट रु एक लाख ९७ हजार ५०० जरिवानसमेत गरिएको बताउँदै अभिलेखकर्ता ट्राफिक प्रहरी हवल्दार प्रेम धमलाले सवारी चालकलाई ट्राफिक नीतिसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिइएको बताए । चेतनामूलक कार्यक्रमले सवारी चालकमा विगतको भन्दा…
Read More
ठूला सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीको ढिलासुस्ती

ठूला सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीको ढिलासुस्ती

काठमाडौँ । नेपालका ठूला तथा रणनीतिक महत्त्वका सडक परियोजना निर्माणमा चिनियाँ निर्माण कम्पनीले ढिलासुस्ती गर्ने गरेको छ। चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएका सडक परियोजनाहरूमा समस्या देखिएका छन्। जसको पछिल्लो उदाहरण दोस्रो चरणको चक्रपथ विस्तार परियोजनालाई हेरे पुग्छ। चिनियाँ अनुदानमै बनाउने भनिएको दोस्रो चरणको चक्रपथअन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तार सुरु गर्न चिनियाँ कम्पनीले लामो समयदेखि आनाकानी गर्दै आएको छ। लामो समयदेखि चक्रपथ विस्तार कार्य छिट्टै अघि बढाउने भनेर चिनियाँ पक्षले आश्वासन मात्रै बाँडिरहेका छ तर आयोजनास्थल (फिल्ड)मा अहिलेसम्म पनि गएको छैन्। कतिसम्म भने चिनियाँ पक्षले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत नबनाइ आयोजना मात्र ओगटेर बसेको देखिन्छ। एक वर्षअघि नै पूर्वतयारी…
Read More
के कारणले बन्दैछ चिनियाँ नागरिकको अनुसन्धान प्रक्रिया प्रभावित ?

के कारणले बन्दैछ चिनियाँ नागरिकको अनुसन्धान प्रक्रिया प्रभावित ?

वीरगञ्ज । ६ दिन अगाडि बीरगन्जबाट पक्राउ परेका चिनियाँ नागरिकको अनुसन्धान प्रक्रिया अझ अन्योलतामै छ । पक्राउ परेकाहरुमाथिको अनुसन्धान साँघुरो नहुँदा प्रहरी अनुसन्धान अझ अन्योलतामै रहेको बताइएको छ । अर्था्त अनुसन्धान अझ निचोडतर्फ पुग्न सकेको छैन् । अनलाइनमार्फत ठगी धन्दा चलाइरहेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकको अहिलेसम्म कागजात, भिसा, पासपोर्टसहितका बरामद विद्युतीय सामग्रीको जाँचमा मात्रै भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार चिनियाँ नागरिकहरुसंगको अनुसन्धान प्रक्रिया मुख्य तीन कारणले प्रभावित बनेको छ । मुख्यतःजिल्ला प्रहरी कार्यालयसंग दक्ष अनुसन्धान अधिकृतको अभाव, भाषागत समस्या, प्रविधिबारे जानकारको कमीका कारण पक्राउ परेका चिनियाँ नागरिकहरुको अनुसन्धान प्रभावित बन्दै गएको बताइन्छ । उपत्यकापछि पहिलोपटक…
Read More
भारतद्वारा खोटाङमा विद्यालय र छात्रावास भवन निर्माण

भारतद्वारा खोटाङमा विद्यालय र छात्रावास भवन निर्माण

काठमाडाैं । खोटाङमा भारतकाे आर्थिक सहयोगमा विद्यालय र छात्रावास भवन निर्माण भएकाे छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारले नेपाली ३ं काराेड ६१ लाख आर्थिक सहयोगमा रावा बेसी गाउँपालिकास्थित श्री शारदा माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवन निर्माण गरेकाे हाे । जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री सुमन शेखरले संयुक्त रुपमा उक्त विद्यालय एवम् छात्रावास भवनकाे उद्घाटन समेत गरेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि…
Read More
नेपाललाई अवैध सुन र नक्कली नोटको ट्रान्जिट बनाउँदै चिनियाँ र पाकिस्तानी नागरिक

नेपाललाई अवैध सुन र नक्कली नोटको ट्रान्जिट बनाउँदै चिनियाँ र पाकिस्तानी नागरिक

काठमाडौँ । गत जनवरी २९ तारिखमा चिनियाँ नागरिक फाङ झेन्सानलाई नेपालको वीरगन्जबाट रक्सौल सीमा नजिकै आधिकारिक यात्रा कागजातहरू बिना भारत प्रवेश गर्ने प्रयास गर्दा अध्यागमन र एसएसबी अधिकारीहरूले रोकेका थिए । फाङ जिन जियाङका छोरा फाङ झेन्सान चीनको हेनान प्रान्तको योङक्सिङ सहरको लिउ फुचेङ गाउँका बासिन्दा हुन् र उनीसँग जनवरी १९, २०२० मा जारी गरिएको चिनियाँ राहदानी र नेपाली नागरिकता कार्ड रहेको पाइएको थियो। चिनियाँ नयाँ वर्षको उत्सवमा सहभागी हुन उनी ९० दिने नेपाली भिसा लिएर २३ जनवरी २०२४ मा काठमाडौँ आइपुगेका थिए। चीनमा कृषि व्यवसायमा संलग्न भएको दाबी गर्दै फ्याङ जेनशानले आफू अनजानमा भारत पुगेको बताए । उनलाई हाल…
Read More
Page 5 of 452
1 … 3 4 5 6 7 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.