मेयर बालेनद्वारा चीनको भण्डाफोर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले चक्रपथ विस्तारमा भइरहेको ढिलाईप्रति आपत्ति जनाएका छन्। उनले बोर्ड हराएको सूचना भन्दै सामाजिक सञ्जालबाट सडक विस्तारमा किन ढिलाई भन्दै प्रश्न गरेका छन्। उनले लेखेका छन्, ‘२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन। छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छन्। स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दु:ख हेरिएको थिएन।’‘आयोजना: चक्रपथ सुधार आयोजना दोसो फेज (कलंकी महाराजगज्ज) शुरु: २०११ डिसेम्बर १८ सक्नु पनें मिति २०१५ अपिल निर्माण जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (नेपाल सरकार)…
