नेपाल- भारत साँस्कृतिक सम्बन्ध मनाउन होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य

Share Icon

पोखरा । नेपाल र भारतको समृद्ध साँस्कृतिक सम्पदा मनाउन होलीको पूर्वसन्ध्यामा पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै एक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

भारतीय दूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि थिए । मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको र यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गरे ।

भारतीय दूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो साँस्कृतिक सम्बन्ध बारे बताउदै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गरे।

कार्यक्रममा गण्डकी प्रदेश सरकार र कास्की स्थानीय सरकारका विशिष्ट व्यक्तिको समेत उपस्थिति रहेको थियो ।

श्रितकमला, सखी हे, दशावतार र वसन्त बहार : वसन्तको रंग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्यमार्फत कार्यक्रममा देखाइएको थियो । लाखे नृत्यसँगै नेपाली लोक नृत्यको नेतृत्व निश्कल उदासले गरेका थिए। उनलाई सङ्गीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिएका थिए।

बाराही घाट लेकसाइड पोखरामा आयोजित कार्यक्रममा पाँच सयभन्दा बढी मानिसको उपस्थिति थियो । काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले ९ चैत ०८० मा काठमाडौंमा आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो । यस कार्यक्रमपश्चात टोलीले ११ चैतमा लुम्बिनी, १३ चैतमा वीरगन्ज र १४ चैतमा धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.