भारत र पाकिस्तानमा चलिरहेको अनलाइन ठगी नेपाल प्रवेश
काठमाडौं। भारत र पाकिस्तानमा चलिरहेको अनलाइन ठगी नेपालको सीमा क्षेत्रमा प्रवेश गरेको छ। अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई प्रहरीले वीरगन्जबाट पक्राउ गर्न सफल भएपछि यसको रहस्य खुलेको हो। चिनियाँ नागरिकहरुले पर्यटक भिषामा आइ पाकिस्तान र भारतमासमेत ठगी धन्दा चलाउने गरेको खुलेको छ। ‘यस्तो ठगी भारत र पाकिस्तानमा चल्थ्यो, अहिले नेपालको सीमा क्षेत्रबाटै भारत र पाकिस्तानमा समेत ठगी धन्दा चलिरहेको खुलेको छ’, पर्सा प्रहरीका एक अधिकारीले भने। वीरगञ्ज महानगरको विभिन्न ठाउँमा सर्च अप्रेसन चलाएर गत साता प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्यहरुलाई पक्राउ गरेको थियो। पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार चीनको हुनान सहरका ३३ वर्षीय लिउ गुइ कै,…
