समाज

खुकुरी प्रहारबाट एक जनाको हत्या, एक गम्भीर घाइते

खुकुरी प्रहारबाट एक जनाको हत्या, एक गम्भीर घाइते

काठमाडाैं । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथी खुकुरी प्रहार गरेका थिए । भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले…
Read More
हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला । हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् । गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात…
Read More
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु

मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु

५ माघ,काठमाडौँ । निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तय भएपछि गत साउन १९ गते स्थगन भएको मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक प्रक्रिया यही माघ २ गतेबाट सुरु भएको आयोगका सहसचिव तुलसीबहादुुर श्रेष्ठले बताउनुभयो । आयोगले तोकिए बमोजिमको प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम सङ्कलन गर्दै आएको छ । कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम,…
Read More
भुल्न कठिन त्यो त्रासदी

भुल्न कठिन त्यो त्रासदी

५ माघ,गण्डकी । शिशिरको पारिलो घाममा छोरी सेक्दै हुनुहुन्थ्यो, लक्ष्मी गिरी । बुधबार दिन घमाइलो भए पनि उहाँको मन छ््याङ्ग छैन । पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहनुभएको छैन । आँखै सामुन्ने जहाज खसेको दुःखान्त दृश्यले उहाँलाई घरिघरी झस्काउँछ । मनमा अझै डरले घर गरेको छ । “सम्झँदा पनि कहाली लाग्छ, मुटु ढक्क फुल्छ”, ३९ वर्षीया गिरीले भन्नुभयो, “घरमाथिबाट ढल्किँदै आएको जहाज एक्कासी बजारियो र आगो लाग्यो ।” माघे सङ्क्रान्तिको दिन विहान गिरीले आँगनमा छ महिनाकी छोरीलाई दूध खुवाउँदै हुनुहुन्थ्यो । बुबा बेल पनि घरमै हुनुहुन्थ्यो । ठूली छोरी इरिस्ना साथीसँग खेल्न गइकी थिइन् । त्यहीबेला ठूलो…
Read More
‘हवाई सुरक्षाप्रति सरकार गम्भीर छ’

‘हवाई सुरक्षाप्रति सरकार गम्भीर छ’

५ माघ,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले पोखरा विमानस्थल नजिकै बिहान १०ः५० बजे सो विमान दुर्घटना भई सेती नदीको खोजमा खसेको र विमानमा चालक दलसहित ७२ जना सवार रहेको बैठकलाई जानकारी दिनुभयो । हालसम्म ७१ यात्रुको शव फेला परेको र उनीहरुको पोखरा र काठमाडौँमा रहेका अस्पतालमा शव परीक्षण गरी आफन्तलाई हन्तान्तरण गर्ने कार्य भइरहेको पनि मन्त्री किराँतीले जानकारी दिनुभयो । उहाँले विमान दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसमेतको सहयोगमा खोज…
Read More
अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

५ माघ,काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताउनुभएको छ । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्र्ड पाएको बताउनुभयो । उहाँले अवार्र्ड मुलुकका लागि सानो कुरा नभएकाले राज्यले पनि खुसी मनाउनुपर्ने उल्लेख गर्नुभयो । “आँखाको क्षेत्रमा ३५ वर्षदेखि गर्दैआएको कर्म हेरेर संसारले पनि मेरो सम्मान गर्दो रहेछ भन्ने थाहा भयो”, डा रुइतले भन्नुभयो, “अवार्डबाट संसारको मानचित्रमा नेपालीले राम्रो काम गर्दा रहेछन भन्ने देखाएको छ । नेपालीको आत्मसम्मान र प्रतिष्ठा विश्वभर बढाएको छ । त्यसलाई बचाउन यसले ठूलो सहयोग…
Read More
नेपालगञ्ज भन्सारको राजस्व असुलीे घट्दै

नेपालगञ्ज भन्सारको राजस्व असुलीे घट्दै

५ माघ,नेपालगञ्ज  । एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ । आर्थिक वर्ष २०७८-७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । भन्सार राजस्व असुलीमा गत वर्ष साउनमा १३१ दशमलव ४८ प्रतिशत लक्ष्य रहेकामा भन्सारले चालु आर्थिक वर्षको साउनमा लक्ष्यको ७५ दशमलव ७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ । सो कार्यालयको भन्सार राजस्व असुली चालु आर्थिक वर्षमा लक्ष्यभन्दा कम देखिएको छ । चालु आव २०७९-८० को साउनमा रु एक अर्ब ७८ करोड पाँच लाख लक्ष्य पाएको भन्सारले जम्मा रु एक अर्ब ३५…
Read More
निर्यात बढाउने अवस्था सृजना गर्नुपर्छ : कृषिमन्त्री शाह

निर्यात बढाउने अवस्था सृजना गर्नुपर्छ : कृषिमन्त्री शाह

४ माघ,पाटन । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले आयातभन्दा निर्यात बढाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले आयातभन्दा निर्यात वृद्धि कसरी गर्ने भन्ने सोच्नु पर्छ, कृषि प्रधान देश भएर पनि कृषिमा हामी किन पछाडि छौँ भनेर गम्भीर ढङ्गले सोच्नु आवश्यक छ ।” मन्त्री शाहले हरेक जीवजन्तु र बाली संरक्षण गर्ने नीति लिएर सबैलाई समान रुपले संरक्षण गर्नुपर्नेमा जोड दिँदै कृषि तथा पशुपन्छी विकासको कामलाई सकारात्मक रूपमा अगाडि बढाइने बताउनुभयो । मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले हरेक…
Read More
सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

४ माघ,बेदकोट । ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताउनुभयो । “पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको जाँचमा कडाइ गरेका छौँ”, उहाँले भन्नुभयो, “ट्राफिक नियम पालना गर्न लापरबाही गर्दा दुर्घटना बढिरहेका छन् ।” उहाँका अनुसार दैनिक चार÷पाँच पटक पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत विभिन्न सडकमा ट्राफिक जाँच गर्ने गरिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । “ट्राफिक जाँचमा कडाइ गरेपछि…
Read More
आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर

आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर

४ माघ,काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ । त्यस्तै दुई लाख ४० हजार कित्ता…
Read More
Page 422 of 452
1 … 420 421 422 423 424 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.