लक्ष्मी महतो कोइरी मुद्धा : गृहमन्त्रीलाई प्रहरीले नटेरेकै हो ?
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या आरोपित व्यक्ति संसद्मै रहेको भन्दै नियमापत्ति जनाए । खतिवडाले महोत्तरी–१ बाट निर्वाचित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई लक्षित गरेर नियमापत्ति जनाएका थिए । सभामुखको निर्वाचन हुनुपूर्व अध्यक्षता गरिरहेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग समय लिएर बोलेका खतिवडाले सो विषयलाई लिएर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई समेत कटाक्ष गरेका थिए । खतिवडाले संसद् बैठकमा यो विषय उठाएपछि गृहमन्त्री लामिछाने आफ्नो समय आउँदा रोस्ट्रममै जंगिए । उनले फरार रहेका मानिस संसद्मा भए पनि त्यसलाई विधि र पद्धतिबाटै काम हुने भनेर टालटुले जवाफ दिए । ‘फरार मानिस संसद्मा हुनुहुन्छ, पक्राउ गर्नुस्…
