लामो समयपछिको वर्षाले किसान खुसी
११ फागुन,मङ्गलबारे । लामो समयपछि पानी परेपछि इलामका किसान खुसी भएका छन् । हिजो साँझदेखी रातिसम्म पानी परेकाले किसान खुसी भएका हुन् । असोजको पहिलो हप्तादेखि पानी नपरेकामा हिजो साँझदेखि रातिसम्म पानी परेको थियो । पानी परेपछि अलैँची र चिया किसानले ठूलो राहत महसुस गरेका छन् । आलु, तोरी तथा तरकारी लगाएका किसानले पनि लामो समय पछिको वर्षाका कारण राहत महसुस गरेका गरे । किसान सन्तोष राईले पानी परेपछि अब तरकारी खेतीमा चिस्यान हुन पुगेकाले ठूलो राहत मिलेको बताउनुभयो । उहाँले यो याममा पानी परेपछि फागुन अन्तिमदेखि नै चिया पलाउने र तोरी, गहुँलगायत बाली पनि सप्रिन्छ भन्नुभयो । लामो समयसम्म…
