समाज

कुकुर बन्ध्याकरण शिविर

कुकुर बन्ध्याकरण शिविर

१२ फागुन, काठमाडाैं ।  घोराही उपमहानगरपालिकाको पशुसेवा शाखाले सञ्चालन गरेको कुकुर बन्ध्याकरण तथा रेबिज खोप शिविरमा कुकुर बन्ध्याकरण गर्दै स्वास्थ्यकर्मी । चार सय कुकुरलाई सेवा दिने लक्ष्य रहेकोे पशुसेवा शाखाले जनाएको छ । तस्वीर: रञ्जिता अधिकारी/रासस  
Read More
हिमपात नहुँदा भोकमरीको जोखिम

हिमपात नहुँदा भोकमरीको जोखिम

१२ फागुन,बझाङ । सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउनुहुन्छ । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ । जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । बुढा भन्नुहुन्छ, “यो समयमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत गराहरू गहुँमय हुन्थे । तोरी पनि रहरलाग्दो हुन्थ्यो । यस वर्ष भने खराप समय भयो ।”सुर्मामा एकपटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो । ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेशा (खाद्यान्न) गर्नु पर्दैथ्यो । “हाम्रो ठाउँ हिमाल भए पनि राम्रो उब्जनी हुन्थ्यो”,…
Read More
घर बहाल समस्या समाधानका उजुरी धेरै

घर बहाल समस्या समाधानका उजुरी धेरै

१२ फागुन,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा वडामा बनाएको मेलमिलाप केन्द्रमा घर बहालका समस्या समाधान गर्नेको माग बढ्न थालेको छ । महानगरपालिका–२९ डिल्लीबजारमा गठन भएको मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी भएको, बहाल नतिरेको, बहालमा बस्नेलाई निकाल्नुपर्ने लगायत समस्या बढी आएको हो । वडासदस्य रेणु श्रेष्ठको संयोजकत्वमा गठन भएको केन्द्रमा आएका सयौँ उजुरीमध्ये घर भाडासम्बन्धी विषय धेरै रहेको छ । कोरोना महामारीका बेला डेरा छोडेर हिँड्ने अझै नफर्किएकाले कोठा खाली गर्ने निवेदन पनि उत्तिकैै रहेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । यस वडाका धेरै घरबेटीको आयआर्जनको स्रोत नै डेरा भाडा भएकाले पनि यस्तो निवेदन धेरै आएको उहाँले जानकारी दिनुभयो । वडामा…
Read More
बालुवाटार बैठक सकियो, साँझ पुनःबस्ने

बालुवाटार बैठक सकियो, साँझ पुनःबस्ने

१२ फागुन,काठमाडौँ । राष्ट्रपति चयनका सन्दर्भमा छलफल गर्न बसेको प्रमुख राजनीतिक दलको बैठकमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयनका बारेमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साँझ ५ बजे पुनःबैठक बसेर अन्तिम निष्कर्ष दिइने जानकारी दिनुभयो । महामन्त्री थापाले भन्नुभयो, “हामीले सबै दलसँग छलफल गर्दै आएका थियौँ, सोही क्रममा आज चार दलका बीचमा छलफल भएको हो, आजको छलफल सकारात्मक छ, हामी एउटा टुङ्गोमा पुग्छौँ ।” आआफ्ना दलबीच पुनःछलफल गरेर बैठक पुनःसाँझ ५ बजे…
Read More
सर्लाहीमा रासायनिक मल वितरण

सर्लाहीमा रासायनिक मल वितरण

सर्लाही, १२ फागुन ।कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ । स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको सो कार्यालयका प्रमुख दीपक थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार २०  स्थानीय तह रहेको जिल्लाका दुई सय वडाबाट एक–एक सहकारीलाई स्थानीय तहको सिरफारिसका आधारमा मल  वितरण  थालिएको हो । जिल्लाको लालबन्दीमा १७, हरिवनमा ११, बागमतीमा १२, ईश्वरपुरमा १५, बरहथवामा १८, मलङ्गवामा १२, हरिपुरमा नौ, हरिपूर्वामा नौ, बलरामा ११, गोडैतामा १२, कविलासीमा १०, चक्रघट्टामा नौ, चन्द्रनगरमा सात, धनकौलमा सात, ब्रम्हपुरीमा सात, रामनगरमा सात, विष्णुमा आठ, कौडेनामा सात, पर्सामा छ र बसबरिया…
Read More
भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा

भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा

१२ फागुन,भोजपुर । भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि यी क्षेत्रले देशको ध्यान तान्न सकेका छैनन् । यहाँ योगमायाको तपोभूमि गौडेनी, प्रसिद्ध शिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, चुलाचुली गुफा, धार्मिक तथा पर्यटकीय क्षेत्र साल्पासिलिचुङ, पौवादुङमा गाउँपालिकामा रहेको दोस्रो हलेँसी भनेर निचिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायत यहाँ प्रशस्त धार्मिक तीर्थस्थल छन् । यी ठाउँका बारेमा स्थानीयलाई समेत कम जानकारी छ ।…
Read More
आदिबराह मन्दिर पुनःनिर्माण

आदिबराह मन्दिर पुनःनिर्माण

१२ फागुन,पर्वत । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँस्थित प्रसिद्ध ऐतिहासिक आदिबराह मन्दिरको पुनःनिर्माण गरिएको छ । तेह्रौँ शताब्दीमा जुम्लाबाट बसाइँ सरेर मल्लाज आएका घर्ती क्षेत्री र कार्की क्षेत्रीले २०४२ सालमा निर्माण गरेको आदिबराह ताल परिसरको मन्दिर २०७२ सालको भूकम्पबाट क्षत–विक्षत भएको थियो । पुर्खाले निर्माण गरेको मन्दिर चन्दा जुटाएर पुनःनिर्माण गरिएको जलजला–२ का वडाध्यक्ष तथा मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभयो । “रु एक करोड ५० लाख चन्दा जुटाएर दुईवटा मन्दिर पुनःनिर्माण गरेका हौँ”, उहाँले भन्नुभयो, “मन्दिर पुनःनिर्माणसँगै ऐतिहासिक र धार्मिक महत्वको आदिबराहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानमा जुटेका छौँ ।” मन्दिर पुनःनिर्माणका लागि हाल बेलायतमा बसोबास गर्नुहुने…
Read More
वन्यजन्तुका कारण गहुँखेतीमा ह्रास

वन्यजन्तुका कारण गहुँखेतीमा ह्रास

१२ फागुन,कावासोती । पूर्वी नवलपरासीको कावासोती–११ का फेमनारायण पौडेलले आफ्नो खेतबारीमा गहुँको खेती गर्न छाड्नुभएको करिब पाँच वर्ष पुग्यो । नजिकैको निकुञ्जबाट निस्किने वन्यजन्तु विशेषगरी गैँडाले बाली लाग्नुअगावै सखाप पार्ने क्रम नरोकिएपछि पछिल्लो समय उहाँले आफ्नो खेतबारीमा गहुँखेती नै गर्न छाड्नुभएको हो । पौडेलजस्तै पूर्वी नवलपरासीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकांश किसानले खेतबारीमा गहुँखेती गर्न छाडेका हुन् । जिल्लाको दक्षिण क्षेत्र माटो तथा हावापानीका हिसाबले गहुँ उत्पादनका लागि उपयुक्त मानिएको भए पनि निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रबाट निस्किने गैँडालगायतका वन्यजन्तुको त्रासका कारण गहुँखेतीमा कमी आएको छ । केही वर्षअघि उत्पादन गरेको गहुँ घरायसी प्रयोजनमा प्रयोग गरेर रहेको बिक्री…
Read More
मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

१२ फागुन,मकवानपुर । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिनुभयो ।
Read More
पर्यटकीय गन्तव्य बन्दै बाँगेकोट

पर्यटकीय गन्तव्य बन्दै बाँगेकोट

१२ फागुन,गण्डकी । सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट आठ किलोमिटरको दूरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ । नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो स्थल यहाँको प्राचीनताको जीवन्त उदाहरण हो । प्रकृति र संस्कृतिले विविधतापूर्ण यो स्थल हिमाली एवं पहाडी दृश्यावलोकनका लागि महत्वपूर्ण रहेको स्थानीय पूर्णवीर गुरुङ बताउनुहुन्छ । फेदीखोला गाउँपालिका–५ मा रहेको यस स्थल पुग्न विभिन्न मार्ग प्रयोगल गर्न सकिन्छ । खड्केटारी पञ्चासे ग्रामीण सडकको छेउमा बाँगे मैदान पुग्नुअघि बाँगेकोट छ । बाँगे गाउँमा रहेको रङ्गुवा, बाँगेथुम कालाभैरवलाई प्राचीनकालदेखि बाँगेकोटका रूपमा लिने गरिएको हो । कोटको दक्षिण…
Read More
Page 392 of 452
1 … 390 391 392 393 394 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.