समाज

आहारा नपाउँदा रूखका बोक्रा खाँदै छाडा चौपाया

आहारा नपाउँदा रूखका बोक्रा खाँदै छाडा चौपाया

भजनी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् । छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर्सेनी बढ्दै गएको छ । तर छाडा चौपायको समस्या भने उस्तै छ । कतिपय स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गरेको लगानी हिनामिना भएको पाइएको छ । यसरी हिनामिना गर्ने व्यक्ति तथा सम्बन्धित निकायलाई कारवाही हुन सकेको छैन । छाडा चौपायाबाट सबैभन्दा बढी चिन्तित किसान स्वयम छन् । उनीहरुले लगाएको अन्न बाली छाडा चौपायाले सखाप पार्ने…
Read More
सवारी दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा कडाइ

सवारी दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा कडाइ

सागर परियार १९ फागुन, राजापुर । बर्दियाको राजापुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारी चेकजाँचसँगै सचेतनामुलक अभियानमा पनि तीव्रता दिन थालेको छ । इलाका प्रहरी कार्यालयमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह भण्डारीले कारवाहीले मात्रै सवारी दुर्घटनामा कमी आउन नसक्ने भएकाले सचेतनामुलक अभियानमा पनि जोड दिइएको बताउनुभयाे । सवारी नियमको पूर्ण पालना गरिए पछि मात्रै दुर्घटनामा कमी आउने बताउँदै ट्राफिक इञ्चार्ज भण्डारीले प्रत्येक ब्यक्तिले सवारी नियमको ज्ञान लिई पूर्ण रूपमा नियम पालना गर्न आवश्यक रहेको वताउनु भयो । ट्राफिक प्रहरीले सचेतनामुलक अभियानका लागि विद्यालयमै पुगेर ट्राफिक चिन्ह, नियम र कारवाहीको बारेमा अभिमुखिकरण गर्ने गरिएको…
Read More
संस्कृत शिक्षामा समावेशी बटुक

संस्कृत शिक्षामा समावेशी बटुक

१९ फागुन,मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा रहेको श्रीयोगी नरहरिनाथ अध्यात्म विज्ञानगीता पाठशाला समावेशी समुदायका व्यक्तिलाई अध्यापन गराउने नमुना पाठशालाका रुपमा परिचित छ । समाजमा ब्राह्मण समुदायले मात्र अध्ययन गर्ने भन्ने मान्यता बोकेको संस्कृत विषयमा अहिले विभिन्न जातजातिको पनि आकर्षणको विषय बन्न थालेको छ । गैँडाकोटको श्रीयोगी नरहरिनाथ आश्रममा विभिन्न जातजातिका विद्यार्थीले संस्कृत शिक्षा पढिरहेका छन् । यहाँ समावेशी २४ बटुक आश्रित छन् । यहाँ शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझी, ठकुरी, क्षेत्री समुदायका बालक अध्ययन गरिरहेका छन् । आवासीयरूपमा उनीहरुलाई संस्कृत र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्करूपमा प्रदान गरिएको छ । अमित चेपाङ १४ वर्षको हुनुभयो । चितवन कविलास घर…
Read More
दुर्गमका बालबालिकामा कुपोषणको समस्या

दुर्गमका बालबालिकामा कुपोषणको समस्या

१९ फागुन,ओखलढुङ्गा । यहाँका दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो । पछिल्लो समय जिल्ला अस्पतालसहित यहाँका सबैजसो स्वास्थ्य संस्थामा कडा कुपोषणका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पतालका सूचना अधिकारी उमा गुरुङले बताउनुभयो । यकीन तथ्याङ्क आइनसकेको भए पनि दैनिक आउने बिरामीमा समस्या बढ्दो देखिएकाले सावधानी अपनाउन र बिरामीको उपचारमा जोड दिन अस्पतालले सरोकारवाला निकायसँग पहल गरिरहेको सूचना अधिकारी गुरुङको भनाइ छ । “विगतभन्दा कुपोषणको दर बालबालिकामा निकै बढेको छ, उपचारका लागि स्वास्थ्य संस्थामा आउने धेरैमा कडा कुपोषण देखिन्छ”, सूचना अधिकारी गुरुङले भन्नुभयो, “जङ्क…
Read More
बाँकेमा होली पर्व लक्षित सुरक्षा योजना

बाँकेमा होली पर्व लक्षित सुरक्षा योजना

१९ फागुन,नेपालगञ्ज । प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ । पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसीटिभी निगरानी, स्कटिङ, काउन्टर पार्टस्, क्विक रेस्पोन्स टिम र कमाण्ड पोष्टमार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीको टोलीले पर्वमा हुनसक्ने आकस्मिक अप्रिय घटना रोक्न केही दिनअघिदेखि आफूहरूले काम सुरु गरेको उल्लेख गर्दै उहाँले लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथामलाई चुस्त बनाउन सीमानाकामा विशेष जाँच अभियान सुरु गरेको बताउनुभयो । “हामीले…
Read More
सामाजिक सञ्जालले जुटायो उपचार खर्च

सामाजिक सञ्जालले जुटायो उपचार खर्च

१९ फागुन,दमौली । तनहुँको भानु नगरपालिका–१३ का सामाजिक अभियान्ता गलबहादुर गुरुङले सामाजिक सञ्जाल मार्फत एक बालकको उपचार सहयोग खर्च जुटाउनुभएको छ । फोक्सो र कलेजोबाट पीडित सोही वडा निवासी १६ वर्षीय मनोज मौरातीको उपचारका लागि गुरुङले सामाजिक सञ्जालको प्रयोग गरी उपचारमा सहयोग पुर्‍याउन खर्च जुटाउनुभएको हो । फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि पीडित बन्नुभएका मौरातीको उपचारका लागि गुरुङको सक्रियतामा देश तथा विदेशबाट उपचार खर्च जुटाइएको छ । हालसम्म रु तीन लाख ५० हजार सङ्कलन भएको गुरुङले बताउनुभयो । सङ्कलित रकम दमौलीमा पीडित मौरातीलाई हस्तान्तरण गरिएको छ । उठेको रकममध्ये रु एक लाख ७८ हजार चार सय ७८ आज हस्तान्तरण…
Read More
धराप बन्दै जाजरकोटका सडक

धराप बन्दै जाजरकोटका सडक

१९ फागुन,जाजरकोट । पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका छन् । भेरी करिडोरसँग जोडिएको छेडा–कचाली सडकबाट मोर्क हुँदै जुनिचाँदे र कुशेसम्मका सडक विद्युतीय धरापजस्तै असहज बन्दै आएका छन् । मापदण्डविपरीत जहाँतहीँ डोजरको सहायताले खनिएका सडकमा बर्सेनि पालिकाबाट बजेट विनियोजन गरी माटो कोट्याएर सम्याउनका लागि कमाइखाने भाँडोसमेत हुँदै आएको लुहाद निवासी जुनिचाँदे गाउँपालिकाका रेशमबहादुर खड्काले बताउनुभयो । पछिल्लो पाँच वर्षको रेकर्ड हेर्दा यस क्षेत्रमा आधा दर्जन सवारी दुर्घटनासमेत भइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । निजी सवारीसाधनको बिगबिगी रहेको यहाँका…
Read More
भरतपुरमा निर्माणको चटारो

भरतपुरमा निर्माणको चटारो

१९ फागुन,चितवन । यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ । धेरै सडक बनिरहेका छन् भने ठूला पूर्वाधार आयोजनाका काम धमाधम भइरहेका छन् । सडकमा हिँड्नेहरूलाई समेत कठिन हुने गरी कामले तीव्रता पाएको छ । भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न मन्त्रालयका बजेटमा यहाँ अर्बौँका काम भइरहेका छन् । महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा सम्झौता भएका धेरै कामले अहिले तीव्रता पाएका छन् भने दोस्रो कार्यकालमा भएका सम्झौता अनुसारका काम…
Read More
सिक्लेसमा ध्वाँसे चितुवा संरक्षणमा जोड

सिक्लेसमा ध्वाँसे चितुवा संरक्षणमा जोड

१९ फागुन,अन्नपूर्ण (कास्की) । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसले ध्वाँसे चितुवा संरक्षणमा जोड दिएको छ । प्रकृतिका साथी संस्थाले बिहीबार यहाँ आयोजना गरेको कार्यशालामा सहभागीले ध्वाँसे जनावरको संरक्षणमा जोड दिएका हुन् । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले ध्वाँसे चितुवालाई स्थानीय जनावर घोषणा गरी संरक्षणमा जोड दिइरहेको बताउनुभयो । गाउँपालिकाको विसं २०७५ कात्तिकमा बसेको कार्यपालिका बैठकले ध्वाँसे चितुवालाई गाउँपालिकाको स्थानीय जनावर घोषणा गरेको उहाँले जानकारी दिनुभयो । स्थानीयस्तरमा जनचेतना जगाउँदै प्रत्येक वर्ष ध्वाँसे चितुवा संरक्षणसम्बन्धी मेला तथा कार्यक्रम आयोजना गर्न गाउँपालिका कार्यालयलाई आग्रह गरिने उहाँले बताउनुभयो । प्रकृतिका साथीहरु संस्थाका प्रमुख राजु आचार्यले उक्त गाउँपालिकाभित्र ध्वाँसे चितुवाको अध्ययन विभिन्न कोणबाट भइरहेको जानकारी…
Read More
प्रेम सम्बन्ध बिग्रीयो, यस्ता छन् सुधार्ने ११ उपाय

प्रेम सम्बन्ध बिग्रीयो, यस्ता छन् सुधार्ने ११ उपाय

१९ फागुन ,काठमाडौं ।  आजको व्यस्त समयमा मानिसहरुको व्यक्तिगत सम्बन्धमा विभिन्न दरार आउने गरेको छ । गम्भीर बन्दाबन्दै पनि थाहै नपाई गरिएका एक अर्काको व्यवहारले सम्बन्धलाई टुंग्याउनतर्फ बाध्य बनाइरहेको छ । यस अवस्थामा के कसरी आफ्नो पारिवारिक र जोडीको सम्बन्ध मजबुद बनाउन सकिन्छ त रु यहाँ ११ उपायहरु प्रस्तुत गरिएको छ । १. मोबाइल अफ वा साइलेन्टमा राख्ने तपाईंलाई सम्बन्ध साँच्चिकै सुधार्नु छ भने जोसँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहनु भएको छ, उससँग कहिलेकाहीँ बाहिर घुम्न जानुहोस् । बाहिर जाँदा मानौँ तपाईं रेस्टुराँमा पुग्नुभयो, गम्भीर छलफल गरिरहनुभएको छ र त्यतिबेलै तपाईंको मोबाइलमा फोन आयो भने के गर्नु हुन्छ रु तपाईं…
Read More
Page 378 of 452
1 … 376 377 378 379 380 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.