समाज

महामूर्ख साबित हुन तँछाडमछाड

महामूर्ख साबित हुन तँछाडमछाड

२३ फागुन,धनुषा । होली पर्वको अवसरमा मिथिला ना्ययकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ गते होली महोत्सवको आयोजना गरेको हो  । महोत्सवअन्तर्गत होलीको जोगिरा प्रतियोगिता सम्पन्न भइसकेको छ भने आज महामूर्ख सम्मेलन हुँदैछ । महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ  । यसअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सम्मान गर्ने चलन छ । महामूर्ख तथा…
Read More
होलीले समुदायबीच सद्भाव र मेलमिलाप बढाउँछ : मुख्यमन्त्री यादव

होलीले समुदायबीच सद्भाव र मेलमिलाप बढाउँछ : मुख्यमन्त्री यादव

२३ फागुन,धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताउनुभएको छ । होली पर्वको अवसरमा आज शुभकामना दिँदै उहाँले यस्ता पर्वले समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवद्र्धन गर्न पनि अभिप्रेरित गर्ने बताउनुभयो । बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उहाँले यहाँका हरेक जातजाति र धर्मावलम्बीहरूमा आ–आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताउभयो । असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेस प्रदेश, देश र देश…
Read More
दुई करोडको जग्गादान

दुई करोडको जग्गादान

२३ फागुन,गोलबजार । सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेको छ । उहाँले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गादान गर्नुभएको हो । सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उहाँकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताउनुभयो । ‘‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु”, वडाध्यक्ष साहले भन्नुभयो, “अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’’ विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग…
Read More
होली मनाइँदै

होली मनाइँदै

२३ फागुन,विराटनगर । रङको पर्व फागु पूर्णिमा (होली) आज यहाँ धुमधामसँग मनाइँदै छ । विभिन्न उमेर समूहका मानिसले एकआपसमा रङ, अबिर दलेर यो पर्व मनाउनमा व्यस्त देखिन्छ । खागरी बालबालिकाले पिचकारी र रङसँग खेलेको देखेर अन्य मानिसले पनि रमाइलो अनुभव गरिरहेका छन् । यो पर्वमा रङ खेल्ने प्रौढ तथा युवायुवतीले सेतो पहिरनमा सजिएर खेलेको रङले पर्वलाई अझ रसिलो बनाएको देखिन्छ । बजारमा रङ, अबिर, सेतो लुगा, फलफूल, दुग्ध, पनिर, मिठाइ, मासु र माछाको बिक्री बढेको पाइएको छ । आज बिहानैदेखि किराना, फलफूल, दुग्ध, माछा र मासु पसलमा भीड लागेको छ । पर्वमा अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्थालाई कडा…
Read More
पर्सा निकुञ्जभित्र पोखरी निर्माण

पर्सा निकुञ्जभित्र पोखरी निर्माण

२३ फागुन,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र पानीको सहज रुपलब्ध भएसँगै पाटे बाघसहितका वनजन्तुको सङ्ख्या वृद्धि भएको छ । निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रुपमा कृत्रिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको हो । त्यसैगरी निकुञ्जभित्र १६३ गौरीगाईं, ४० देखि ५० वटा जङ्गली हात्ती र आठदेखि १० वटाको सङ्ख्यामा एकसङ्गे गैँडा रहे पनि तथ्याङ्कमा तीन गैँडा मात्रै उल्लेख भएको निकुञ्जका प्रमुख अशोककुमार रामले जानकारी दिनुभयो । निकुञ्जले निर्माण गरेको कृतिम पोखरीमा पानीको सहज उपलब्धताका कारण पछिल्लो समय वन्यजन्तुहरुको सङ्ख्या वृद्धि भएको उहाँले बताउनुभयो । करिब १६…
Read More
कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

२३ फागुन,चितवन । जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो । घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उहाँले बताउनुभयो । यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उहाँको भनाइ छ । पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने…
Read More
‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’

‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’

२३ फागुन,बझाङ । केदारस्यु गाउँपालिका–४ शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन । दस कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ । महिनाबारी भएको बेलामा विद्यालयमा नजाने उहाँ अहिले नियमित विद्यालयमा जान थाल्नुभएको छ । “सेनेटरी प्याडको बारेमा केही जानकारी थिएन, च्यातिएको कपडा प्रयोग गथ्र्यौ । अहिले ज्ञान पनि लियौँ, प्रयोग पनि गर्‍यौँ । निकै सहज भएको छ”, उहाँले भन्नुभयो । उनीलाई मात्रै होइन । शिक्षादयमा अध्ययनरत अन्य किशोरीलाई सूचना केन्द्र स्थापना भएपछि धेरै फाइदा भएको छ । विद्यालयमा किशोरीमैत्री सूचना केन्द्र स्थापनापछि रावलजस्तै अन्य किशोरी विद्यालयमा सधैँ उपस्थित हुने…
Read More
लोपोन्मुख हुँदै होलीको जोगिरा

लोपोन्मुख हुँदै होलीको जोगिरा

२३ फागुन,भैरहवा । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ । तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला (एक प्रकारको डम्फू) का तालमा सुनिने जोगिरा गीत एक दशकयता विस्तारै लोपोन्मुख हुँदै गएको छ । आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीकको रुपमा रहेको होली पर्वमा गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव आदानप्रदानको माध्यम पनि हो जोगिरा…
Read More
मिथिलामा तीन दिन होली

मिथिलामा तीन दिन होली

२३ फागुन,महोत्तरी । मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ । मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो । होरी अर्थात फागु पर्व बारको आधारमा नभई तिथि र अन्तरगृह परिक्रमालाई आधार मानेर मनाइने भएको हुँदा यो पर्व आजै चैत कृष्ण प्रतिपदाका दिन मनाइन पर्ने साधु परम्पराका अनुयायीहरुको मत छ । “मध्यमा परिक्रमा जनकपुरको रङभूमि मैदानमा जम्मा भएकै दिन राती होलिका दहन गर्ने, भोलिपल्ट पूर्णिमाका दिन अन्तरगृह…
Read More
कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली

कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली

२३ फागुन,नेपालगञ्ज । तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबाट ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गर्नुभयो । स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’ प्रख्यात पर्व मानिन्छ । सो पर्व नेपालमा मनाइने होली जस्तै हो । सो पर्वमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गर्ने गरिन्छ । आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा सिधैँ किसानबाट खरिद गर्ने जनाएको छ ।…
Read More
Page 376 of 452
1 … 374 375 376 377 378 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.