समाज

रशिला तामाङले जितिन् एसिया ट्रेल मास्टरको उपाधि

रशिला तामाङले जितिन् एसिया ट्रेल मास्टरको उपाधि

काठमाडौं । नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि जितेकी छन् । रशिला शनिबार भएको दौडमा महिला ७७ किलोमिटरको निर्धारित दूरी १२ घण्टा २५ मिनेट ५२ सेकेण्डमा पूरा गरिन् । यो दौड जित्ने रशिला पहिलो नेपाली धाविका समेत हुन् । बेल्जियमकी भान्जा कनोप्स निर्धारित दुरी १२ घन्टा ३२ मिनेट १६ सेकेन्डमा पुरा गर्दै दोस्रो हुँदा फिलिपिन्सकी एन्जेली काबालो तेस्रो भइन् । उनले निर्धारित दुरी १४ घन्टा ३ मिनेट ३७ सेकेन्डमा पूरा गरिन् । रशिलाले पछिल्लो समयम अन्तर्राष्ट्रिय स्तरमा अल्ट्रा रेसहरुमा प्रतिस्पर्धा गर्दै आएकी छन् । जसमा उनले पोडियम फिनिस पनि गरिरहेकी छन ।…
Read More
इलामसँग बुटवल लुम्बिनीको पहिलो खेल, यस्तो छ तथ्यांक

इलामसँग बुटवल लुम्बिनीको पहिलो खेल, यस्तो छ तथ्यांक

१७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को आइतबार हुने खेलमा बुटवल–लुम्बिनी एफसीले स्पोर्टिङ इलामको सामना गर्दैछ । दशरथ रंगशालामा हुने त्यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. इलाम प्रतियोगिताका नवप्रवेशी रहेको हुनाले बुटवल–लुम्बिनीले उसको पहिलो पटक सामना गर्दैछ । २. यो यसपल्टको प्रतियोगिताको १२ औं र समग्रमा प्रतियोगिताकै ३७ खेल हुनेछ । ३. इलामले आफ्नो तेस्रो खेल खेल्दैछ । उसले एक खेल जितेको छ र अर्को खेलमा हार बेहोरेको छ । इलामको दुई खेलबाट तीन अंक छ । इलाम सुरुमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । त्यसपछि झापा एफसीलाई १–० ले हराएको हो ।…
Read More
सर्लाहीमा दुईवटा मोटरसाइकल ठोक्किए, भुइँमा लडेका व्यक्तिलाई बसले किच्यो

सर्लाहीमा दुईवटा मोटरसाइकल ठोक्किए, भुइँमा लडेका व्यक्तिलाई बसले किच्यो

१७ मंसिर, जनकपुरधाम । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियार थारुका अनुसार शनिबार साँझ करिब ७ बजेको समयमा पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकी नजिक प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका व्यक्तिलाई मलंगवाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको…
Read More
चिनियाँ कम्पनीसँगको ठेक्का रद्द गर्दै मेलम्ची खानेपानी

चिनियाँ कम्पनीसँगको ठेक्का रद्द गर्दै मेलम्ची खानेपानी

काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको काम गर्ने ठेकेदार चिनियाँ कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का रद्द गर्ने भएको हो । काठमाडौँ उपत्यकावासीलाई खानेपानी नआइरहेको बेला खानेपानी मन्त्री महेन्द्रराय यादव त्यसको अनुगमनमा मेलम्ची पुगेका छन् । मन्त्री यादव दुई दिनदेखि त्यही मेलम्चीमा रहेका छन् । काठमाडौँ उपत्यकालाई पानी पठाउन सिनो हाइड्रोको लापरबाही देखिएको कारण ठेक्का तोड्न लागिएको बताइएको छ । खानेपानी मन्त्रालयका सचिव रामआधार साहले ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर मर्मतको काम नसकाएको कारण पानी पठाउन नसकिएको बताए । ‘बाढीका कारण बिग्रिएको मेलम्ची खानेपानी आयोजनालाई मर्मत गर्न सिनो…
Read More
खुट्टी खोला अवैध दोहनमा संलग्न रहेका चिनियाँ नागरिक पक्राउ

खुट्टी खोला अवैध दोहनमा संलग्न रहेका चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनी ग्रुप २ का साइट इन्चार्ज चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार दिउँसो लहानबाटै पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित झाले जानकारी दिए। वन कार्यालयले बुधबार लहान नगरपालिका-१५ चुरे सिरानको खुट्टी खोलामा अवैध दोहन गरिएको दुई वटा एक्स्काभेटर नियन्त्रणमा लिएको थियो। तत्काल फरार भएका चालकहरू सिरहाको कर्जन्हा नगरपालिका-२ का विन्देश्वर कुमार महतो र सप्तरीको सुरुङ्गा नगरपालिका-१ का अजय चौधरीलाई बिहीवार पक्राउ गरेको थियो। फिल्ड इन्चार्ज चिनियाँ नागरिक भने फरार थिए। उनलाई पक्राउ गरी वन डिभिजन कार्यालयको हिरासतमा राखिएको छ। उनीमाथि अनुसन्धान सुरू गरिएको छ। पक्राउ परेका…
Read More
लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

१५ मङ्सिर,जनकपुरधाम। मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उहाँलाई नगद रु ५० हजारसहित सम्मान गरिएको हो । यसैगरी ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८०’ साहित्यकार देवराज पौडेललाई प्रदान गरिएको छ । उहाँलाई नगद रु १० हजारसहित सम्मान गरिएको हो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, मधेस प्रज्ञा प्रतिष्ठानका कुलपति रामभरोश कापरी ‘भ्रमर’लगायतले संयुक्तरूपमा कदरपत्र तथा नगदसहित पुस्कार प्रदान…
Read More
थलीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

थलीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

१५ मंसिर, काठमाडौं । काठमाडौंको थलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा बिहीबार राति प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको गाडी र बाग्मती प्रदेश ०२(०३२ प ३३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका(८ साखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचार भइरहेको छ । गाडी चालक फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Read More
थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

१५ मंसिर, जानकी (बाँके) ।  मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए। उनले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै थिए । कैलालीको जानकी गाउँपालिका-३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन् । माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै गए । चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रुपमा उनले काम गर्दै आएका छन् । मित्थुले विशेष…
Read More
अस्थायी आवास बनाउन ५ अर्ब लाग्ने अनुमान, पुनर्निर्माणका लागि विदेशी सहयोग खोजिने

अस्थायी आवास बनाउन ५ अर्ब लाग्ने अनुमान, पुनर्निर्माणका लागि विदेशी सहयोग खोजिने

१५ मंसिर, काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा गृहमन्त्रालयका सचिव दिनेश भट्टराईले सरकारी अनुमानबारे जानकारी गराएका हुन् । ‘अस्थायी अवासका लागि ५ अर्ब चाहिन्छ’ उनले समिति बैठकमा भने । प्रत्येक परिवारलाई अस्थायी अवास निर्माणका लागि ५० हजार दिने सरकारको निर्णय छ ।गृहमन्त्रालयका अनुसार जाजरकोटमा ९ हजार ७९४ घरमा पूर्ण क्षति भएको छ भने २४ हजार घरमा आशिंक क्षति भएको छ । रुकुम पश्चिममा १६ हजार ५७० घरमा आंशिक क्षति भएको छ भने ९ हजार ९६१ घरमा आंशिक…
Read More
युरोपेली आकाशमा नेपाली वायुसेवालाई उडान प्रतिबन्ध लगाएको इयुले दियो यस्तो सुझाव

युरोपेली आकाशमा नेपाली वायुसेवालाई उडान प्रतिबन्ध लगाएको इयुले दियो यस्तो सुझाव

१५ मंसिर, काठमाडाैँ।  विगत १० वर्षदेखि नेपाली उड्डयन क्षेत्रलाई कालो सूचीमा राखेको युरोपियन युनियन (इयु)ले निरन्तरता दिएको छ। इयूले विभिन्न कारण देखाउँदै नेपाली वायुसेवाहरूलाई युरोपेली मुलुकमा उडानको प्रतिबन्ध कायमै रहेको पत्र बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको हो। इयुले यसपटक प्राधिकरण र नेपाल वायुसेवा निगमलाई तत्काल गर्नुपर्ने कामहरूकाे सुझाव दिएको छ। - इयुले निगमको नेतृत्व, प्रक्रिया पद्धति तथा समग्र प्रणालीमा कायपलट गरिनुपर्ने। - निगमले एसएमएस कडाइका साथ लागू गर्नुपर्ने। - वार्षिक अडिटले औंल्याएका कमी कमजोरीहरूको सुधार गर्नुपर्ने। - अडिट चेकलिस्टको गुणस्तर सुधार गर्नुपर्ने। - उडान समयको निश्चितता, डकुमेन्ट व्यवस्थापन, सुझाव कार्यान्वयन जस्ता पक्षमा गम्भीर कमजोरी रहेकोले यसकाे सुधार गर्नुपर्ने। - वायुयानको उडान…
Read More
Page 35 of 452
1 … 33 34 35 36 37 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.