वान सिनेमाज्मा आक्रामक ‘एनिमल’, मुभी लभरको रोजाइमा हल
१५, मंसिर, काठमाडाैँ। काठमाडौंको नयाँ बाँनेश्वरमा अवस्थित आई प्लेक्स मलको चौथो तलामा रहेको वान सिनेमाज् मुभी लभरहरुको रोजाइमा परिरहेको छ । आज शुक्रबारदेखि रिलिजमा आएको बलिउड फिल्म ‘एनिमल’को आक्रामक बुकिङले पनि यो कुराको पुष्टि गर्छ । यो फिल्मलाई नयाँ बाँनेश्वर र कालिमाटीमा रहेको वान सिनेमाज्ले २२ शोज उपलब्ध गराएका छन् । दुवै हलमा आज र भोलिका लागि अधिकांश शोजको टिकट सोल्ड आउट भइसकेको छ । विशेषगरि, सुविधा सम्पन्न हल, उत्कृष्ट व्यवस्थापन, उत्कृष्ट साउन्ड र सुविधाजनक स्थानमा भएकाले पनि यो हल दर्शकको रोजाइमा परेको हो । यस्तै, कालिमाटीमा रहेको वान सिनेमाज् पनि मुभी लभरहरुको रोजाइमा परिरहेको छ । कालिमाटीमा पनि ‘एनिमल’को…
