समाज

लुम्बिनीमा दुई दिने नेपाल–भारत सांस्कृतिक महोत्सव चल्दै

लुम्बिनीमा दुई दिने नेपाल–भारत सांस्कृतिक महोत्सव चल्दै

काठमाडाैं । काठमाडौंस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी वाैद्ध विश्वविद्यालयसँगको सहकार्यमा शुक्रबार लुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सवको आयोजना गरेकाे छ। महोत्सवमा वाैद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परालाई देखाइएको छ । महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुले तयार पारेको ‘स्याण्ड मण्डला’ चित्रकला प्रदर्शनी, प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्वीरमा आधारित फोटो प्रदर्शनी, भारतीय र नेपाली परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र साँस्कृतिक कार्यक्रम रहेको दूतावासले जनाएकाे छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संयुक्त रुपमा उक्त महोत्सवको…
Read More
दुई स्काभेटरसहित चिनियाँ नागरिक पक्राउ

दुई स्काभेटरसहित चिनियाँ नागरिक पक्राउ

सिरहा । डिभिजन वन कार्यालय सिरहा, लहानले चाइना रेल्वे कम्पनीमा कार्यरत चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरी अनुसन्धान थालेको छ । महेन्द्र राजमार्ग विस्तारका लागि चाहिने बालुवा, गिटी उत्खनन गर्ने क्रममा वन कार्यालयले उनलाई पक्राउ गरी अनुसन्धान थालिएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका लहानका प्रमुख सुजितकुमार झाका अनुसार चिनियाँ कम्पनीले मापदण्ड विपरीत लहान नगरपालिकाको वडा नम्बर १५ स्थित खुट्टी खोलामा गिटी बालुवा उत्खनन गरिरहेको दुई वटा स्काभेटर र चालकलाई वन कार्यालयबाट खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । दुई जना चालक पक्राउ परेपछि फिल्ड इन्चार्ज छ्याङ फरार थिए । उनलाई वन कार्यालयका वन रक्षकले मङ्सिर १५…
Read More
कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

१७ मंसिर, काठमाडौं । राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् । शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फकर्नेछन् ।
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

१७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको थियो । एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए । प्रवक्ता साहका अनुसार ती यात्रुले पिठ्युँमा झोला बोकेका थिए । त्यही ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो । ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए । विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन । ह्याण्ड…
Read More
भारतको विधानसभा चुनाव : ४ मध्ये ३ प्रदेशमा भाजपा अगाडि

भारतको विधानसभा चुनाव : ४ मध्ये ३ प्रदेशमा भाजपा अगाडि

१७ मंसिर, काठमाडौं । भारतमा विधानसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा)ले अग्रता कायम राखेको छ । मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा अगाडि छ । तेलंगनामा भने कांग्रेसले अग्रता लिएको छ । सन् २०१८ को तुलनामा भारतीय कांग्रेस यसपालि धेरै स्थानमा पछि परेको छ । भाजपाको अवस्था भने सुधारिएको देखिएको छ । भारतीय मिडियाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका कारण भाजपाले धेरै सिट जित्ने अवस्था देखिएको विश्लेषण गरिरहेका छन् । कुन प्रदेशको अवस्था कस्तो ? मध्यप्रदेशमा भाजपाले १३६ सिटमा अग्रता लिएको छ भने कांग्रेस ९३ सिटमा अगाडि छ । मध्यप्रदेशका कूल २३० सिटमध्ये बहुमतका लागि ११६ सिट जित्नुपर्छ ।…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो । आगो तत्काल निभाइएको थियो । एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा आगो लागेको विमानस्थल स्रोतले बतायो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Read More
आलेख : अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

आलेख : अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

–सुशील दर्नाल १७ मङ्सिर, काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तर्राष्ट्रिय दिवस यही मङ्सिर १७ गते ३ डिसेम्बर तारिखका दिन विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । तर अपाङ्गतासम्बन्धी नीति तथा कानुनको कार्यान्वयनमा समस्या र चुनौती देखिएका छन् । राज्यले अझै पनि अपाङ्गता भएका व्यक्तिको विस्तृत तथ्याङ्क राख्न सकेको छैन । सरकारले उपलब्ध गराएका सेवासुविधाबाट अझै पनि दुर्गम र गरिबीको अवस्थामा रहेका पूर्ण अशक्त, अतिअशक्त अपाङ्गता भएका व्यक्तिहरू बञ्चित रहेको अवस्था छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गरेको एक अध्ययनमा प्रतिआठ जनामध्ये एक जनाले मात्र सहायक सामग्री प्राप्त गरेको अवस्था छ । अझ विस्तृतमा हेर्ने हो भने अपाङ्गता भएका व्यक्तिका…
Read More
अलपत्र घुमाउने पुलको काम पुनः थालियो

अलपत्र घुमाउने पुलको काम पुनः थालियो

१७ मङ्सिर, दमौली (तनहुँ) । लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ स्थित त्रिशूली नदीमा सो पुल बनाउन थालिएको थियो । तिहार सकिएलगत्तै पुल निर्माणको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि सुवास उप्रेतीले भन्नुभयो, “विगतमा विविध कारणवश पुलको कामले गति लिन सकेन, अहिले पुल निर्माणका लागि कामदार परिचालित भएका छन् । जतिसक्दो चाँडो सक्छौँ ।” केही समय अगाडि मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर बनेको थियो । उक्त ठाउँमा…
Read More
पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज

पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज

१७ मङ्सिरबेनी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट मुस्ताङको कोरलासम्मको सडकमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । कालोपत्रसहित सडक स्तरोन्नति भइरहेको यस सडकखण्डअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा अहिलेसम्म १६ मोटरेबल पुल निर्माण भइसकेका छन् । पक्की मोटरेबल पुल निर्माण हुन थालेपछि खोला–खोल्सामा जोखिमपूर्ण तरिकाले सवारी वारपार गराउनुपर्ने बाध्यता हटेको सवारी चालक विकास भण्डारीले बताउनुभयो । “बेगखोलालगायतका धेरै खोलामा वर्षायाममा ज्यानै जोखिममा राखेर सवारी चलाउनुपथ्र्यो, कतिपटक त सवारीसाधन नै खोलाले बगाएका पनि थिए, अब यो समस्या विस्तारै कम हुँदै गएको छ”, उहाँले भन्नुभयो । आयोजनामार्फत १३ र सडक विभागअन्तर्गतको पुल महाशाखाले तीन गरी १६ मोटरेबल पुल निर्माण सम्पन्न…
Read More
रुकुमको सोती घटनासँग सम्बन्धित मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

रुकुमको सोती घटनासँग सम्बन्धित मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

१७ मंसिर, काठमाडौं । तीन वर्षअघि रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ । २०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । शवहरु भेरी नदीमा…
Read More
Page 34 of 452
1 … 32 33 34 35 36 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.