समाज

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
Read More
विद्युतीय सवारी साधनमा भाडा निर्धारण गर्न ढिलाइ

विद्युतीय सवारी साधनमा भाडा निर्धारण गर्न ढिलाइ

काठमाडौं । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले नहेर्दा यो समस्या बढ्दो छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनका हकमा सङ्घीय सरकारले हरेक वर्ष विज्ञ समूहसँगको परामर्शमा भाडादर निर्धारण गर्ने गरे पनि विद्युतीय सार्वजनिक सवारीसाधन चल्न थालेको धेरै हुँदा पनि नियमनकारी निकायले वास्ता गरेको छैन । जसका कारण सञ्चालन खर्च निकै नै कम लाग्ने त्यस्ता विद्युतीय सवारीसाधनले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरहकै भाडा असुलिरहेका छन् । विद्युतीय सवारीको सञ्चालन खर्च नै कम हुने गरेको यो…
Read More
नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध

नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध

काठमाडौं । रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट युद्ध लड्दा गर्व भएको बताएका छन् । दुई महिनाअघि दुबई हुँदै रुस पुगेका डायमन्ड सी म्याग्देलीले यसअघि रुसी सेनामा भर्ना भएको भन्दै सामाजिक सञ्जालबाट जानकारी दिएका थिए । यसपटक भने सामाजिक सञ्जाल फेसबुकमा डायमन्ड सी म्याग्देली नामले चिनिएका ती युवाले सार्वजनिक रूपमै युद्ध लड्न पाउँदा गर्व महसुस भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा २ सय नेपाली भर्ना भएको सार्वजनिक रूपमा अभिव्यक्ति दिएको केही दिनमै ती युवाले सामाजिक…
Read More
नेपाली युवालाई ‘अनलाइन स्क्यामिङ’(ठगी)मा लगाउन चिनियाँ गिरोह सक्रिय

नेपाली युवालाई ‘अनलाइन स्क्यामिङ’(ठगी)मा लगाउन चिनियाँ गिरोह सक्रिय

काठमाडाैं । वैदेशिक रोजगारीका नाममा नेपाली युवालाई विभिन्न देशमा पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) मा लगाउने गरिएको छ। यो धन्दामा खासगरी चिनियाँ गिरोह सक्रिय देखिएको छ। चिनियाँ गिरोहले नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देश पुर्‍याएर अनलाइन ठगी धन्दामा लगाउने गरेको खुल्न आएको हो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्णप्रसाद पंगेनीका अनुसार अनलाइन स्क्यामिङको जालो बृहत् रहेको छ। उनले भने, ‘सुरुमा गिरोहका सदस्यले नेपाली युवालाई वैधानिक तबरले विदेश पु र्‍याउने भन्छन् तर त्यस्तो हुँदैन। उनीहरूले विदेशमा पुर्‍याएपछि बन्धक जस्तै बनाएर अनलाइन स्क्यामिङमा लगाउने गरेका छन्।’ गोरखाका ३२ वर्षीय युवक आफन्तमार्फत राम्रो कम्पनीमा मासिक १५…
Read More
चिनियाँ कम्पनीको रणनीति: कम मूल्यमा ठेक्का, काम अलपत्र पार्दै बार्गेनिङ्ग

चिनियाँ कम्पनीको रणनीति: कम मूल्यमा ठेक्का, काम अलपत्र पार्दै बार्गेनिङ्ग

काठमाडौँ । नेपालको विभिन्न निर्माण क्षेत्रमा काम गरिरहेका चिनियाँ कम्पनीहरुको काम र कामको प्रगति विवरणको प्रवृत्ति हेर्दा कम मूल्यमा ठेक्का हात पार्ने र पछि सरकारसँग बार्गेनिङ गर्ने रणनीति रहेको देखिएको छ। मुग्लिन-आबुखैरेनी-पोखरा सडक खण्डको २०८१ बैशाखमा निर्माण सम्पन्न गर्ने भन्दै कम मूल्य हालेर ठेक्का हात पारेको चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले हालसम्म २० प्रतिशत काम पनि पूरा गरेको छैन । चिनियाँ कम्पनीले काम छोडेर उल्टै सरकारसँग बजेट अपुग भएको भन्दै बार्गेनिङ गर्न थालेपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सडक विभागका महानिर्देशक लगायतको टोलीले चैतमा सडक आयोजनाको अनुगमन गरेको थियो ।…
Read More
लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा शाखा अधिकृत [सूचनासहित]

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा शाखा अधिकृत [सूचनासहित]

काठमाडौं । लोकसेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन खोलेको छ। आयोगले आज एक सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो । सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानून र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २ सय ६२ जनाका लागि विज्ञापन खोलिएको छ । दरखास्त दिने अन्तिम मिति पुस १७ गते सम्म तोकिएको छ । दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।
Read More
आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, तराईमा हुस्सु र कुहिरो

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।…
Read More
काठमाडौं महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न रोक

काठमाडौं महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि प्रतिबन्ध लगाएको छ । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूम्रपान गर्न पाइने छैन । महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै आजदेखि लागु हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने जनाएको थियो । महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ ले काठमाडौं महानगरपालिकामा रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयसहितका सार्वजनिक स्थलमा धूमपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा,…
Read More
६ अर्ब खर्चिएर ६० हजारलाई रोजगारी दिने सरकारको तयारी

६ अर्ब खर्चिएर ६० हजारलाई रोजगारी दिने सरकारको तयारी

काठमाडौं । मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको अवस्थामा सरकारले स्थानीय तहमार्फत बेरोजगारलाई विकास निर्माणका काममा लगाउन लागेको हो। स्थानीय तहमा विकास निर्माणका योजनामा रोजगारी सृजना गर्न लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव शोभा पोखरेलले बताइन्। सरकारले करिब ८६ हजारलाई रोजगारी सृजना गर्ने लक्ष्य राखेको भए पनि ६० हजारलाई मात्र रोजगारी दिने उनले बताइन्। ‘बेरोजगारलाई ज्यालाबापत न्यूनतम पारिश्रमिक दिन्छौं,’ पोखरेलले भनिन्, ‘प्रतिदिन ६ सय ६८ रूपैयाँ दिनको ज्याला पाउँछन् ।’ एक…
Read More
त्रिवि सिध्याउन दलहरू फेरि भागबन्डामा, विद्यार्थी विदेशतिर

त्रिवि सिध्याउन दलहरू फेरि भागबन्डामा, विद्यार्थी विदेशतिर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उपकुलपतिको पद कात्तिक १६ गते रिक्त भयो। सरकारले मुलुककै ठुलो त्रिविलाई तत्काल पूर्णकालीन उपकुलपति दिनुको साटो बढीमा तीन महिनाका लागि भन्दै शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसाललाई निमित्तको जिम्मेवारी तोक्यो। उपकुलपति प्राध्यापक धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल कात्तिक १६ गते सकिएपछि अर्को दिन भुसाललाई निमित्तको जिम्मेवारी दिइएको हो। तीन महिने उपकुलपतिले विश्वविद्यालय थप संकटमा पर्ने प्राध्यापकहरूको चिन्ता छ। प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहालले विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम दैनिक कार्य सञ्चालन गर्न बढीमा ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी भुसाललाई दिएका हुन्। यसैगरी मंसिर ८ गते त्रिवि सेवा आयोगका सदस्य हेमराज ढकालको चारवर्षे कार्यकाल सकिएको…
Read More
Page 32 of 452
1 … 30 31 32 33 34 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.