समाज

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

१२ चैत,म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताउनुभयो । “गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेका छौँ”, उहाँले भन्नुभयो, “घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भपरीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको हो ।” तोकिएको मितिमा आठपटक गर्भ र…
Read More
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

१२ चैत,तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । “आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट दाङ आउँदै गर्नुभएका यात्रु रुद्रबहादुर रेउलेले भन्नुभयो, “दुर्घटनाको जोखिम उत्तिकै छ ।” सल्यान कपुरकोटबाट तुलसीपुर पुग्दा मानिस चिन्न नसिकने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । “धुलोले शरीर थपक्कै ढाकेको हुन्छ”, मोटरसाइकल चालक लक्ष्मण केसीले भन्नुभयो, “खाल्डाखुल्डीले गर्दा पहिलेजस्तो छिटो पनि आउन सकिँदैन,…
Read More
भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोष : प्रधानसेनापति

भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोष : प्रधानसेनापति

१० चैत,खैरेनीटार । प्रधानसेनापति प्रभुराम शर्माले भूपु सैनिकको जीवन सरल, सहज र सुखी तुल्याउन कल्याणकारी सेवामार्फत विभिन्न प्रयास भइरहेको बताउनुभएको छ । नेपाली सेनाको ३ नं बाहिनी खैरेनीटारमा आज आयोजित कार्यक्रममा उहाँले नेपाली सेना भूपु सैनिक सङ्गठनको प्रतिनिधिपात्र भएकाले सवल, सक्रिय र स्वावलम्बी भएको हेर्न चाहेको धारणा व्यक्त गर्नुभयो । प्रधानसेनापति शर्माले भन्नुभयो, “हिताधिकारीको चाहाना र आकाङ्क्षा असीमित भए पनि सङ्गठनले सीमित साधनस्रोतलाई अधिकतम परिचालन गरी जीवनस्तर उकास्न विभिन्न प्रयास गरिरहेको छ ।” बलाधिकृत रथी सरोजप्रताप राणाले भूपु सैनिकले समाजमा गरेको योगदान र अनुशासनले सङ्गठनको ओझ बढाएको बताउनुभयो । सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले नेपाल इन्भेष्टमेन्ट मेगा…
Read More
प्राकृतिक चिकित्सालय निर्माण सुरु

प्राकृतिक चिकित्सालय निर्माण सुरु

१० चैत,वालिङ । स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार प्रभावकारी बन्दै गएपछि दीर्घकालीन रोगका बिरामीलाई सेवा दिने उद्देश्यले चिकित्सालयको निर्माण थालिएको हो । चिकित्सालयको बिहीबार नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले शिलान्यास गर्नुहुदै निर्माणाधीन भवन समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चिकित्सालयको थप व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । आकस्मिक र भाँच्चिएका वा तत्कालै सेवा लिनुपर्नेबाहेकका दीर्घकालीन रोगका बिरामीको उपचारलाई लक्षित गरी चिकित्सालय निर्माण थालिएको कालीगण्डकी प्राकृतिक अस्पतालका संरक्षक एवं कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताउनुभयो । एलोपेथिक उपचारभन्दा फरक…
Read More
खप्तडमा ‘हेली टुर’ सञ्चालन

खप्तडमा ‘हेली टुर’ सञ्चालन

१० चैत,दिपायल । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको हो । समिट एयरले आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा पर्ने रहेको ‘खप्तड होमस्टे’ को समन्वयमा खप्तड एडभेन्चर हेली टुर सुरु भएको हो । आजदेखि सुरु भएको खप्तड एडभेन्चर हेली टुर चैत १२ गतेसम्म सञ्चालन गरीने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताउनुभयो । धार्मिक तथा पर्यटकीयस्थल खप्तडको अवलोकन तथा प्रचाप्रसारका लागि…
Read More
विश्व क्षयरोग दिवस : बागलुङमा बर्सेनि थपिन्छन् क्षयरोगका बिरामी

विश्व क्षयरोग दिवस : बागलुङमा बर्सेनि थपिन्छन् क्षयरोगका बिरामी

१० चैत,बलेवा । बागलुङमा हरेक वर्ष क्षयरोगी बिरामी बढ्दै गएका छन् । पछिल्लो तीन वर्ष तथ्याङ्कअनुसार बागलुङमा क्षयरोगको सङ्क्रमण फैलिँदो अवस्था देखिएको हो । आर्थिक वर्ष २०७७/७८ जिल्लाभर एक सय ६६ जना क्षयरोगका बिरामी थिए । यो सङ्ख्या बढेर २०७८/७९ मा एक सय ८५ मा पुगेको थियो । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै जिल्लाभर एक सय २९ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । अघिल्लो वर्ष पहिचान भएकामध्ये केही नियमित औषधि सेवनपछि निको भएका छन् । अघिल्लो आर्थिक वर्षमा जिल्लाभर क्षयरोगीको सङ्ख्या एक सय ८५ थियो । तीमध्ये ५६ जना बडिगाडका थिए…
Read More
अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

१० चैत,काठमाडौँ । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ । पछिल्लो साता मुलुकभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी ह्वात्तै बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पु¥याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल पछिल्लो एक दशकको तथ्याङ्क हेर्ने हो भने आगलागीको दर…
Read More
झापामा गम्भीर अवस्थाका क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै

झापामा गम्भीर अवस्थाका क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै

१० चैत,बनियानी । झापामा गम्भीर प्रकारका क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९-८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो । “गत वर्ष नौ जना गम्भीर अवस्थाका क्षयरोगी फेला परेका थिए”, उहाँले भन्नुभयो, “हाल उक्त सङ्ख्या दोब्बरले बढेको छ ।” झापामा चालु आवको फागुनसम्ममा पाँच सय ८४ नयाँ क्षयरोगी फेला परेका छन् । त्यसमा एक सय ९३ महिला र तीन सय ९१ पुरुष छन् । एघार महिला र ४० पुरुषमा क्षयरोग पुनः दोहोरिएको दासले बताउनुभयो । गत वर्ष जिल्लामा एक हजार एक सय ८६ नयाँ क्षयरोगी…
Read More
सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो

सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो

१० चैत,बैतडी । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि परेको जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “भारतका विभिन्न सहरमा कोरोना फैलिएको भन्नेछ, त्यसको प्रभाव यहाँ पनि पर्न थालेको हो । सङ्क्रमित पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका छन् ।” भारतसँग जोडिएका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर…
Read More
तल्लो सेती : २०८१ मा बोलपत्र आह्वान गर्ने तयारी

तल्लो सेती : २०८१ मा बोलपत्र आह्वान गर्ने तयारी

१० चैत,दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०८१ बाट सुरु गर्ने तयारी गरिएको छ । यस कम्पनीले तनहुँको ऋषिङ गाउँपालिका–१ मा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । एक सय चार मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि ढिलोमा विसं २०८१ सम्ममा बोलपत्र आह्वान गर्ने तयारीका साथ काम अगाडि बढेको तनहुँ हाइड्रोपावर…
Read More
Page 335 of 452
1 … 333 334 335 336 337 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.