समाज

‘बक्यौता दाखिला नगर्ने करदाताको नाम सार्वजनिक’

‘बक्यौता दाखिला नगर्ने करदाताको नाम सार्वजनिक’

१२ चैत,जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम सार्वजनिक गर्दै तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न मितिमा पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको प्रमुख कर अधिकृत किशोर वर्तौलाले जानकारी दिनुभयो । “पहिलो चरणमा मोबाइलमा कर विवरण दाखिलाका लागि सन्देश पठाउने, दोस्रो चरणमा हरेक करदातालाई पत्राचार, फोन सम्पर्क र सङ्कलन भ्रमण पनि गरेका थियौँ, तर पनि बक्यौता रकम दाखिला नगरिएकाले त्यस्ता करदाताका नाममा सार्वजनिक सूचना जारी गरेर…
Read More
खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति

खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति

१२ चैत,काभ्रेपलाञ्चोक । तीन नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको आठ हजार सात सय २१ मिटर पाइपमा क्षति पुगेको पाइएको छ । तीन स्थानीय तहमा सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा उक्त परिमाणको पाइप क्षति भएको आयोजकले जनाएको हो । आयोजनाका अनुसार बनेपा नपाले तीन सय ३५ मिटर, धुलिखेल नपाले एक हजार चार सय ३५ मिटर, पनौती नपाले चार हजार तीन सय २५ र सडक विभागले सडक विस्तारका क्रममा तीनवटै नगरमा दुई हजार छ सय २६ मिटर पाइपमा क्षति पु¥याएको छ । क्षतिका कारण आयोजनाको रु एक करोड १६ लाख ३९ हजार ६५ बराबरको नोक्सान भएको हो…
Read More
चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक

चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक

१२ चैत,गलकोट । चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चैते दसँैका अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् । मुस्ताङको मुक्तिनाथ दर्शनका लागि पुगेका धार्मिक पर्यटकसमेत पछिल्लो समय कालिका मन्दिरमा आउने गरेका छन् । चैते दसैँ सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । दर्शनार्थी चढेका सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई समेत सकस हुने गरेको छ । नवरात्रि सुरु भएसँगै कालिका मन्दिरमा टाढाटाढाबाट भक्तजन आउनेक्रम सुरु भएको…
Read More
राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना

राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना

१२ चैत,गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । आज बिहान करिब साढे ९ बजे नेपाली सेनाको हेलिकोप्टर चढेर गोरखा पुग्नुभएका उहाँले गोरखनाथ र गोरखकाली मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो । उहाँलाई गोरखा दरबारका मूल पुजारी शारदाप्रसाद भट्टराईले विधिपूर्वक पूजाअर्चना गराउनुभएको थियो । गोरखकाली मन्दिरको पूजासकेलगत्तै राष्ट्रपति पौडेललेसँगै रहेको गोरखनाथ मन्दिरमा पनि पूजा गर्नुभएको हो । मन्दिरमा पूजा गरेर फर्किएरपछि उहाँले गोरखा सदरमुकामस्थित ठूलो आँगनमा रहेको नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसमेत गर्नुभयो । उहाँले आज नै ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालयकोसमेत अवलोकन गर्नुभएको छ । दरबार…
Read More
पुस्तक समीक्षाः ‘फुटुङ’को इतिहास, संस्कृति र विकास बुझ्न उपयोगी

पुस्तक समीक्षाः ‘फुटुङ’को इतिहास, संस्कृति र विकास बुझ्न उपयोगी

१२ चैत,काठमाडौँ । उपत्यकामा काँठ क्षेत्रको बेग्लै आकर्षण छ । ग्रामीण जीवनलाई जोगाएर सहरतिर उन्मुख हुँदै गइरहेको काँठ क्षेत्रले हाम्रो मौलिक जनजीवन, परम्परा, कला, संस्कृति एवं रीतिथिति जोगाएर राखेको छ । वनजङ्गल, नदीनाला, मठमन्दिर, चैत्य, गुम्बा आदिमा धनी यस क्षेत्रले आधुनिकतासँगै पुराना जात्रामात्रा, चाडपर्व, संस्कृति सबै जोगाएर राखेको छ । स्वच्छ हावापानी र वातावरणयुक्त यस क्षेत्रले काठमाडौँ उपत्यकाको भित्री क्षेत्र र बाहिरका मानिसलाई पनि आश्रय दिँदै आफूलाई समाहित गर्दै लगेको छ । अहिले आन्तरिक पर्यटक घुमफिर, वनभोज, हाइकिङ आदिका लागि सहर बाहिरका क्षेत्र रोज्न थालेका छन् । काठमाडौँ जिल्लाका काँठ क्षेत्रमा सुन्दरीजल, गागलफेदी, गोकर्ण, बालुवा, कपन, बूढानीलकण्ठ, टोखा, झोर, साङ्ला,…
Read More
फार्मेसी बैधरूपमा सञ्चालन गराउन पत्राचार

फार्मेसी बैधरूपमा सञ्चालन गराउन पत्राचार

१० चैत,बैतडी । जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । यहाँका धेरैजसो फार्मेसीहरुले नियम विपरित औषधि बिक्री वितरण गरिरहेकाले नियमन गर्न जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरुलाई पत्राचार गरेको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हालै जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गर्दा नियम विपरीत फार्मेसी सञ्चालनमा रहेको पाइएको थियो । अनुगमनका क्रममा मेडिकहरुले अनुमति नलिइ औषधि बिक्री गरेको, स्वास्थ्यकर्मीको प्रेस्किप्सनबिना कडा खालका मानव स्वास्थ्यमा असर गर्ने औषधिसमेत बेचबिखन गरेको, फार्मेसी सञ्चालक आफैले चिकित्सा सम्बन्धी अभ्यास गर्ने गरेको, आयुर्वेदिक फार्मेसीबाट एलोपेथिक तथा एलोपेथिक फार्मेसीबाट भेटेनरी औषधिसमेत बेचबिखन गर्ने गरेको पाइएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले स्थानीय…
Read More
उपभोक्ता समिति गठन नहुँदा योजना अलपत्र

उपभोक्ता समिति गठन नहुँदा योजना अलपत्र

१२ फागुन,बलेवा । बागलुङका स्थानीय तहले विनियोजन गरेको बजेट कार्यान्वयनमा उपभोक्ता समिति नहुँदा कठिनाइ भएको छ । गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्ने युवा जनशक्ति अभावका कारण समिति गठन हुन नसक्दा समितिमार्फत सम्पन्न गर्नुपर्ने योजनाहरु कार्यान्वयनका लागि कठिनाइ भएको हो । काठेखोला गाउँपालिका–६ वडा कार्यालयले प्रजातन्त्रदय प्राविमा शौचालय निर्माण र अमृतपानी आधारभूत विद्यालयमा शौचालय, सुरक्षा पर्खाल, खानेपानीलगायतयोजना निर्माणका लागि बजेट विनियोजन गरेको छ । वडा कार्यालयले वर्षायाम सुरु हुनुअघि नै योजना सम्पन्न गर्ने लक्ष्य राखे पनि दुवै विद्यालयमा उपभोक्ता समिति गठन नहुँदा निर्माण अघि बढ्न सकेको छैन । उपभोक्ता समितिमा बस्ने जनशक्तिको अभावका कारण दुवै विद्यालयका योजना अघि बढ्न नसकेको…
Read More
खानेपानी ट्याङ्कीमा भेटियो शव

खानेपानी ट्याङ्कीमा भेटियो शव

१२ चैत,दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिनुभयो । “दुई-तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो, आज बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव देख्यौँ”, मल्लले भन्नुभयो । पृथ्वीराजमार्ग विस्तारका क्रममा सडक छेउका पानीका पाइप पटकपटक काटिने गरेकाले सोही कारण पानी धमिलो आएको हो कि भन्ने शङ्का आफूलाई भएको उहाँले बताउनुभयो । “दैनिकजसो…
Read More
चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँ : प्रबन्ध निर्देशक झा

चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँ : प्रबन्ध निर्देशक झा

१२ चैत,भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्‍याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ । यस वर्ष कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले राससलाई जानकारी दिनुभयो । कोरोनाको महामारीको समयमा बिग्रिएको शैक्षिकसत्र यस वर्षदेखि वैशाख १ देखि नै सुरु हुने भएपछि केन्द्रले २४सै घन्टा छापाखाना सञ्चालन गरेर पुस्तक छपाइ गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसवर्ष जनक शिक्षाले कक्षा ६ देखि…
Read More
पुल निर्माण हुने भएपछि स्थानीय खुसी

पुल निर्माण हुने भएपछि स्थानीय खुसी

१२ चैत,भजनी । कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् । लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको थिएन । टीकापुर नगरपालिकाका कमल बुढा पुल बन्ने खबरले खुसीको आभास भएको बताउनुहुन्छ । उहाँ त्यहीँ सनकट्टीको बाटो हुँदै दैनिक ओहोरदोहोर गर्नुहुन्छ । घर टीकापुर भए पनि व्यापारका लागि बर्दियाको गेरुवा गाउँपालिका शान्तिबजारमा गइ्रहनुपर्छ । आवतजावतका लागि डुङ्गा आवश्यक पर्छ । “हिउँदमा कर्णालीमा पानी कम हुन्छ…
Read More
Page 333 of 452
1 … 331 332 333 334 335 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.