समाज

बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पुर्‍याउन निर्देशन

बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पुर्‍याउन निर्देशन

१० चैत,भरतपुर । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाको स्थलगत अनुगमन गरेको हो । भरतपुर–८ मा रहेको एसओएस बालग्राम नेपाल भरतपुर–१२ मा रहेको मुक्ति बालगृह तथा ज्योति बालगृह र भरतपुर–१५ फूलबारीमा रहेकोे सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालको स्थलगत अनुगमन गरिएको उपप्रमुख अधिकारीले बताउनुभयो । उहाँले बालगृह सञ्चालकलाई मापदण्ड पु¥याएरमात्रै बालगृह सञ्चालन गर्न निर्देशन दिइएको जानकारी गराउनुभयो । “कुनै पनि बालगृह बिनामापदण्ड सञ्चालन गरेको पाइएमा महानगरले कारबाही गर्न पछाडि पर्दैन”, उहाँले भन्नुभयो, “समयमै सुध्रिएर…
Read More
आलेख : ब्याज अनुदानपछि व्यवसायी बन्दै युवा

आलेख : ब्याज अनुदानपछि व्यवसायी बन्दै युवा

१० चैत,रामपुर (पाल्पा) । बजारमा दैनिकरुपमा अण्डाको माग बढ्दो देखेपछि रामपुरका हरि आचार्य पोल्टी फार्ममा आकर्षित हुनुभयो । कृषि, पशुपक्षीपालनसँग जोडिएर गाउँमै केही व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी राख्ने आचार्यको यतिबेला पोल्टी फार्म व्यवसाय लोभलाग्दो बनेको छ । केही वर्ष वैदेशिक रोजगार घर फर्किएपछि फर्निचर व्यवसायमा राम्रो अनुभव बटुल्नुभएका आचार्यको पहिचान अन्ततः पोल्टी फार्ममा जोडिएको छ । उहाँलाई यस व्यवसायका लागि रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु ३० लाख बराबरको कर्जा रकमको ब्याज अनुदान उपलब्ध गराएपछि उत्साहका साथ व्यवसाय चलाउनुभएको छ । दिगोरुपमा व्यवसाय चलाउने अठोट लिएर रामपुर नगरपालिका–८ माथिल्ला ढिक आफ्नै पुख्र्यौली बस्तीमा अचार्य पोल्टी फार्मका नाममा करिब चार रोपनी…
Read More
अब चितवनबाटै लाइसेन्स

अब चितवनबाटै लाइसेन्स

१० फागुन,चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो । कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ । कार्यालयका प्रमुख कालिप्रसाद भुजेलका अनुसार आज अनलाइन फाराम भर्नका लागि युजरनेम र पासवर्ड सङ्घीय सरकारको यातायात व्यवस्था विभागबाट अनुमति आएमा आइतबारदेखि फाराम खोल्न सकिने बताउनुभयो । विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले आजै युजरनेम र पासवर्ड जिल्ला यातायात व्यवस्था कार्यालय चितवनमा पठाइने बताउनुभयो । उहाँले भन्नुभयो, “आजै हामी युजरनेम र पासवर्ड कार्यालयमा पठाइदिन्छौँ, अरु काम उहाँहरुको हो…
Read More
झापामा खुल्यो ‘जैविक मल’ उत्पादन गर्ने उद्योग

झापामा खुल्यो ‘जैविक मल’ उत्पादन गर्ने उद्योग

१० चैत,झापा । हाइ हिमालयन अग्र्यानिक प्रालिले शिवसताक्षी नगरपालिका–८ मा मासिक एक हजार मेट्रिक टन जैविक मल उत्पादन गर्ने कारखाना सञ्चालन गरेको छ । रासायनिक मलको अभाव बर्सेनि हुँदै आएको अवस्थामा त्यसको विकल्पका रूपमा प्रयोग गर्न मिल्ने जैविक मलको माग बढिरहेको हुँदा कम्पनीले रु ६० लाख लगानीमा कारखाना स्थापना गरेको प्रालिका अध्यक्ष प्रदीप घिमिरेले बताउनुभयो । छ महिनाअघिदेखि कारखानाबाट थ्रीस्टार ब्रान्डका चार प्रकारका जैविक मल उत्पादन भइरहेका छन् । यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नुका साथै माटोको उर्वरा शक्तिलाई बढाउने घिमिरेको भनाइ छ । कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ । यी पातमल, जरामल…
Read More
हेटौँडा सिमेन्टको उत्पादन बन्द

हेटौँडा सिमेन्टको उत्पादन बन्द

१० चैत,बागमती । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिनुभयो । उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उहाँको भनाइ छ । विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो तर हाल कोइलाको समस्या नरहेको बताउँदै उहाँले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको जानकारी दिनुभयो…
Read More
योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन

योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन

१० चैत,लुम्बिनी । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका महत्वपूर्ण योजना वर्षाअघि नै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने सङ्घ, प्रदेश र उपमहानगरपालिकाको लगानीमा सञ्चालित योजनाको आज अनुगमनका क्रममा उहाँले निर्माणाधीन योजना वर्षाअघि नै सम्पन्न गर्न निर्देशन दिनुभएको हो । बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको प्रमुख राजमार्ग क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र र रानीगञ्जसम्मका सडक, पर्खाल र निर्माणाधीन योजनाको अनुगमन गर्दै प्रमुख पाण्डेयले निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराउनुभयो । उहाँले बजेट विनियोजन भएका योजना समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिश गर्ने बताउनुभयो । यस्तै उपमहानगरपालिकाको टोलीले तिनाउ नदीकिनार…
Read More
फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो

फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो

१० चैत,पोखरा । फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ । फेवा डुङ्गा व्यवसायी सङ्गठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुङ्गालाई डुङ्गाधनी र चालकको पहलमा निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनगुनासो पनि आएको थियो, फेरी तालको सुन्दरता जोगाउनु र संरक्षण गर्नु हाम्रो पनि दायित्व हो, हामीले वैशाखभित्र यो समस्यालाई समाधान गर्ने गरी कार्य थालेका छाँै, अब समस्या समाधान हुन्छ ।” उहाँले फेवाताल धेरैको रोजीरोटीसँग जोडिएको र प्रमुख पर्यटकीयस्थल भएकाले पनि तालको…
Read More
गाउँलेलाई चट्याङबाट जोगाउन ‘अर्थिङ टावर’

गाउँलेलाई चट्याङबाट जोगाउन ‘अर्थिङ टावर’

१० चैत,लमजुङ । गाउँलेलाई चट्याङबाट जोगाउन बेँसीसहर नगरपालिका–३ थुम्काडाँडा बस्तीमा ‘अर्थिङ टावर’ निर्माण गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष तथा बेँसीसहर नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य अजय मजाकोटीले भन्नुभयो, “यहाँ चट्याङको उच्च जोखिम रहेकाले स्थानीयको जनधनको सुरक्षा गर्न छ ठाउँमा अर्थिङ टावर निर्माण गरेका छौँ, थुम्काडाँडा क्षेत्रका विश्वकर्मा गाउँ, मालुवागाउँ, खेताघर टोल, पुर्काङगाउँ, बानियागाउँ, मौरतीगाउँमा अर्थिङ टावर राखिएको छ ।” अर्थिङ टावरको काम सबै स्थानीय बजारका प्राविधिकले गरेका थिए । अर्थिङ टावरले चट्याङको शक्तिलाई तानेर जमिनमा पु¥याएर नष्ट गरिदिने भएकाले गाउँमा अर्थिङ टावर राखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “टावर निर्माण गरेसँगै यतिबेला ७५ घरका तीन सयभन्दा बढी स्थानीयसहित भौतिक…
Read More
ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

१० चैत,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । अध्यक्ष ओलीले ट्वीटमा भन्नुभएको छ, “नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार ! उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दुःखी छु ।” निमोनियाबाट पीडित ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।
Read More
पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

१० चैत,काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ । पशुपति क्षेत्रभर घुमाएपछि बिहीबार राति जात्रा सकिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो । चैत्र कृष्ण अष्टमीका दिन फागुन ३० गते पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गर्नुभएको थियो । योत्रामा यसरी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ । उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्वार पूजासमेत भनिने यो…
Read More
Page 336 of 452
1 … 334 335 336 337 338 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.