ढकेरीमा किसानहरूलाई सिँचाइ मोटर वितरण
उमेश दलामी बाँके । राप्तीसोनारी ९ ढकेरीका २६ जना किसानहरुलाई शनिबार सिँचाइ मोटर वितरण गरिएको छ । राप्तीसोनारी गाउँपलिकाले ५० प्रतिशत अनुदानमा सिँचाइ मोटर वितरण गरिएको हो । सिँचाइ मोटरका लागि वडाभित्रका १ सय ३५ जनाले निवेदन दिएको मध्ये गाउँपालिका कृषि शाखाले २६ जना किसानहरूलाई छ्नौट गरेको थियाे । छनौटमा परेका किसानहरुलाई सिँचाइ मोटर वितरण गरिएको वडा कार्यालय ढकेरीले जनाएको छ ।
