Share Icon

उमेश दलामी
बाँके । नरैनापुर गाउँपालिका गाउँब्लकमा रहेका भू्मिहिनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले शुक्रबार नरैनापुर पुगेर वितरण गरेकी हुन् ।

नरैनापुर गाउँपालिका वडा नम्बर ४ मा गाउँब्लकमा रहेका ७७ घर परिवारलाई जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी दिए । जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नरैनापुरमा रहेका गाउँब्लकका थप ४ सय नागरिकहरुलाई केही महिना भित्रै पुर्जा वितरण गरिसक्ने बताइन् ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरको विकासका लागि ध्यान दिन मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए । नरैनापुरमा ईलाका प्रशासन, नापी, मालपोत र भन्सार कार्यालय सञ्चालनका लागि पहल गरी दिन आग्रह गरे ।

उक्त कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद सूर्य ढकाल, लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुना, वडाअध्यक्षहरु, कर्मचारी लगायतको सहभागिता रहेको थियो।

Facebook Comments Box

Share Icon