समाज

नयाँ राहदानी लिनेको सङ्ख्या महिनैपिच्छे बढ्दै

नयाँ राहदानी लिनेको सङ्ख्या महिनैपिच्छे बढ्दै

१५ असार,काठमाडौँ  । पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् । एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको हालसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार गएको चैत महिनामा एक लाख ४२ हजारले तथा वैशाख महिनामा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको सङ्ख्या समावेश गरिएको छ । प्रत्येक १०…
Read More
मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

१५ असार,गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउादै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिनुभयो । “योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० वर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ”, उहाँले भन्नुभयो, “मनकामनावासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन बोलपत्र आह्वान गरेपछि बोलपत्र रद्द गर्न आग्रह गरेको भए पनि संस्थानबाट कुनै सुनुवाइ नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौँ ।” धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा…
Read More
‘धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्छ’

‘धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्छ’

१५ असार,पाटन । कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पु¥याएर उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभएको हो । “हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पु¥याउन नसक्दा बसाइँसराइ यसको मुख्य कारण बन्न पुगे । यस वर्ष…
Read More
आज धान दिवस मनाइँदै

आज धान दिवस मनाइँदै

१५ असार,काठमाडौँ । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो…
Read More
राष्ट्रिय कचहरी : ‘अन्तरसरकारी समन्वय बढ्दै गयो ’

राष्ट्रिय कचहरी : ‘अन्तरसरकारी समन्वय बढ्दै गयो ’

१५ असार,कर्णाली । संविधानले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्ने व्यवस्था गरे पनि त्यसो हुन नसकेको सरोकारवालाले औँल्याएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि सुरु भएको दुईदिने ‘राष्ट्रिय कचहरी’को पहिलो सत्रमा उठान गरिएको ‘अन्तरसरकारी समन्वयः चुनौती र अवसर’ शीर्षकमा सहभागी वक्ताहरूले सङ्घीय व्यवस्थामाथि प्रश्न उठ्नुमा सङ्घले प्रदेश सरकार र स्थानीय सरकारलाई संविधानतः अधिकार दिन नसकेको जिकिर गरेका हुन् । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भन्नुभयो ,“प्रदेश सरकार न आकाश, न त धर्तीमा जस्तो छ । न यसको आफ्नो जमिन छ न कुनै अन्य संरचना नै । प्रमुख सचिव कहाँ गयो भन्ने कुरा मुख्यमन्त्रीलाई थाहा छैन…
Read More
सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने

सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने

१५ असार,काठमाडौँ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाको पुलको चौडाइ सडकको जत्तिकै चौडाइमा पुल निर्माण गर्ने भएको छ । विगतमा सडकमात्रै विस्तार भएकामा अहिले सडकजत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो । अधिकांश सडकमा सडक निर्माणको थोरैमात्रै काम बाँकी हुँदा पुल निर्माण अघि बढाउन लागिएको आयोजनाले जनाएको छ । चावहिल–साँखु, जोरपाटी–सुन्दरीजल, कर्मनाशा खोला–गोदावरी, कलङ्की–थानकोटलगायतका सडकमा पुल बनाइने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । थानकोट सडकमा बल्खु खोला, गोदावरीमा गोदावरी खोला, साँखुमा बागमतीसँगै मनोहरा र मनोमतामा पुल बनाउन लागिएको हो । उहाँले भन्नुभयो, “यी पुलमा निर्माणमा जाने क्रममा रहेका छन् ।” चावहिल–साँखु सडकमा यो वर्ष पुल निर्माणका लागि…
Read More
अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

१५ असार,ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाउनुभयो । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाउनुभएको छ । सुरुमा लगाएका २२ बिरुवामध्ये दुईवटा मरे अहिले २० वटा बोटमा स्याउ फलेका छन् । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन् । दुर्गाबहादुरले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ कृषकले पनि बिरुवा लिएर लगाए । बिरुवा सप्रिँदै गएपछि धेरैको ध्यान स्याउ लगाउनेतर्फ जान थालेको छ । वर्षौँदेखि गाईभैँसी र खेतीकिसानी गर्दै आउनुभएका…
Read More
रसुवाको सडकमा उपकरण तयारी अवस्थामा

रसुवाको सडकमा उपकरण तयारी अवस्थामा

१५ असार,रसुवा  । वर्षायामलाई मध्यनजर राखी रसुवाको पासाङल्हामु मार्गमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएका छन् । वर्षायाम सुरू भइसकेको र ग्राङ, मूलखर्क, खोपाङ तथा स्याफ्रुबेँसी नजिक याङयाङ क्षेत्रमा आउन सक्ने पहिरो पन्छाउन डिभिजन सडक कार्यालय नुवाकोटले उपकरण तयारी अवस्थामा राखेको हो । सडक कार्यालयका डिभिजन प्रमुख अमृतमणि रिमालका अनुसार ग्राङमा स्काभेटर तथा धुञ्चेमा लोडर राखिएको छ । सबैखाले अवरोध हटाई सामग्री बोकेका ट्रक, कन्टेनर, रसुवागढी नाकाबाट नेपाल–चीन आवतजावत गर्ने पर्यटक तथा नियमितरूपमा चल्ने बस, एक्म्बुलेन्सलगायत सवारीसाधन सहजरूपले आवतजावत गराउन कर्मचारी उपकरणसहित खटिएको उहाँले बताउनुभयो । स्याफ्रुबेँसी–रसुवागढी १७ किमी सडकखण्डमा हुने वर्षायामको अवरोध भने निर्माणाधीन एक सय ११ मेगावाट रसुवागढी…
Read More
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

१५ असार,रामपुर (पाल्पा) । गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हँुदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । आज बिहान ५ः०० बजेदेखि सडक अवरुद्ध बनेको छ । छोटो र आरामदायी यात्राका लागि कालीगण्डकी करिडोर सडकखण्ड भएर धेरैले यात्रा गर्ने सडक बन्द हँुदा यात्रुले सास्ती खेप्नुपरेको छ । करिडोरको रामपुर पिपलडाँडा हँुदै तानसेन, बुटवल, नारायणगढलगायतका स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन् । सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ ।…
Read More
पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

१५ असार,अन्नपूर्ण (कास्की) । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उहाँ बताउनुहुन्छ । पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ । यही कारणले खर्च बढेको भट्टराईले बताउनुभयो । अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको रु छ हजार हाराहारीमा…
Read More
Page 201 of 452
1 … 199 200 201 202 203 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.