समाज

आजको मौसम : देशभर फैलियो मनसुन, यी प्रदेशमा भारी वर्षा

आजको मौसम : देशभर फैलियो मनसुन, यी प्रदेशमा भारी वर्षा

काठमाडौं । देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने कोशी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भू-भागका…
Read More
सरकारी सर्भर डाउन हुँदा १५ सय वेबसाइट प्रभावित

सरकारी सर्भर डाउन हुँदा १५ सय वेबसाइट प्रभावित

काठमाडौं । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिए । तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उनले बताए । श्रेष्ठका अनुसार मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मङ्गलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठूलो आवाजसाथ पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्र्ण रूपले अवरुद्ध भएको थियो। प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा दुई वटा…
Read More
पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुँदैछ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो। सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको हो । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी…
Read More
अन्तरजातीय विवाहको पीडा :  न विवाह दर्ता न जन्मदर्ता

अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता

बाँके । बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उहाँको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताउनुभयो । तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको जन्मदर्ता बनेको छैन । सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनीको भनाइ छ । “विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन”, सुनिताले भन्नुभयो, “अहिले घर न…
Read More
उपप्राध्यापक प्रेम चलाउनेको समर्थनमा अदालत बाहिर प्रदर्शन गर्ने पक्राउ

उपप्राध्यापक प्रेम चलाउनेको समर्थनमा अदालत बाहिर प्रदर्शन गर्ने पक्राउ

काठमाडौं । आमरण अनशनरत उपप्राध्यापक प्रेमबहादुर चलाउनेको समर्थन र उनको मागमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौंबाहिर प्रदर्शन गर्ने हरुलाई पक्राउ गरिएको हो । बृहत नागरिक आन्दोलनले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग्दै काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरेको थियो । मन्त्रिपरिषदको बैठकले गत जेठ ३० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाविरूद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो। उक्त निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा सोमबार साँझदेखि अनसन पनि सुरू गरिसकेका छन्। चलाउनेलाई ०७७ असोज २० गते नेविसंघले…
Read More
भारतीय पक्षले नेपाली भूमि अनाधिकृत रुपमा गरेको जाँचबारे छानबिन गर्न माग

भारतीय पक्षले नेपाली भूमि अनाधिकृत रुपमा गरेको जाँचबारे छानबिन गर्न माग

३ असार,काठमाडौँ  । सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गैरेले आदिपुरुष सिनेमामा सीता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह गर्नेसमेत गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “सिनेमाका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर अत्यन्त गलत अन्र्तवार्तामार्फत अभिव्यक्ति दिइरहेका छन्, नेपाल सरकार के गर्दै छ ? के भारत सुघौली सन्धिबाट पछाडि हटेको हो ? सरकार स्पष्ट हुन जरुरी छ, यदि भातरले त्यसो गर्न खोजेको हो भने नेपालको रक्षाको निम्ति जुनसुकै मूल्य चुकाउन तयार छ ।” नेपालको…
Read More
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

३ असार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा रत्नमणि गजुरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यावस्था स्थिर रहेको जनाइएको छ । उहाँका अनुसार राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको छ । राष्ट्रपति पौडेल शनिबार बिहानदेखि सो अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्छ ।
Read More
एनआरएनएको विवाद समाधान

एनआरएनएको विवाद समाधान

३ असार,काठमाडौँ  । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को लामो समयदेखिको विवाद समाधान भएको छ । दशौँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएलाई एकीकृत बनाएर लैजाने विषयमा आज सहमति भएको हो । दुई पक्षबीच एकतासम्बन्धी चारबुँदे सहमतिसमेत भएको एनआरएनएले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा दुई समूहमा विभाजित एनआरएनए एक भएका हुन् । एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समेत भूमिका खेल्नुभएको थियो । आइतबार दुबै समूहबीच भएको वार्तापछि प्रधानमन्त्री दाहाल र उपमहासचिव शर्माको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले दुई समूह भएका कारण सरकारलाई समन्वय…
Read More
कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल

कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल

३ असार,काठमाडौँ । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा ९एमाले० का सचेतक महेश बर्तौलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाउनुभयो । सचेतक बर्तौलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई सोबारे स्पष्ट पार्न समय दिनुभएको थियो । बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताउनुभयो । तर सचेतक बर्तौलाले सो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढन् नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट उक्त मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन…
Read More
विचार : उपयुक्त दृष्टिकोण र जनशक्तिविनाको योजनातर्जुमा

विचार : उपयुक्त दृष्टिकोण र जनशक्तिविनाको योजनातर्जुमा

३ असार, काठमाडौँ । दशकौँदेखि विकास हाम्रो पहिलो प्राथमिकतामा रहेको छ । यसैका लागि विकासको प्रारम्भदेखि नै योजनावद्ध विकासको अभ्यासमा छौँ । खासमा योजना प्रणालीको उद्देश्य नै विकासमा रुपान्तरण ल्याउनु हो । तथापि योजना तर्जुमासम्बन्धी सही बुझाई र अभ्यासको अभावमा हाम्रो योजना तर्जुमा कमजोर हुँदा विकासको प्रयास प्रभावकारी बन्न सकिरहेको छैन । यति हुँदाहुँदै पनि यो विषयमा गम्भीररुपमा बहस भइरहेको छैन । पञ्चवर्षीय योजनाहरु कर्मकाण्डी प्रतीत भइरहेका छन् भने योजना आयोगहरु दक्ष र योग्यभन्दा पनि पहुँचवाला र बफादारहरुलाई जागिर खुवाउने संस्थाहरु बनेका छन् । सङ्घीयता लागू भएपछि त यो प्रवृति प्रदेशस्तरमा फैलिरहेको छ । यसैबीच सरकारले आफ्नो नीति तथा कार्यक्रममा…
Read More
Page 203 of 452
1 … 201 202 203 204 205 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.