Share Icon

काठमाडौं । आमरण अनशनरत उपप्राध्यापक प्रेमबहादुर चलाउनेको समर्थन र उनको मागमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौंबाहिर प्रदर्शन गर्ने हरुलाई पक्राउ गरिएको हो ।

बृहत नागरिक आन्दोलनले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग्दै काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरेको थियो ।

मन्त्रिपरिषदको बैठकले गत जेठ ३० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाविरूद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो।

उक्त निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा सोमबार साँझदेखि अनसन पनि सुरू गरिसकेका छन्। चलाउनेलाई ०७७ असोज २० गते नेविसंघले सांघातिक हमला गरेर घाइते बनाएको थियाे ।

आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ ।

Facebook Comments Box

Share Icon