प्रधानमन्त्री प्रचण्डले भने – समाजवादी मोर्चा बनाएको भए एमालेसँगको एकता टिक्थ्यो कि ?

Share Icon

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चाको सफलतालाई कसैले रोक्न नसक्ने बताएका छन् ।

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘पार्टीहरूको स्वतन्त्रताको पनि रक्षा होस् र देश र जनताको समस्या सम्बोधन गर्न पनि एक हौं भन्ने हाम्रो ध्यय छ। एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गरेका छौं।’

प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीच एकता गर्नु हतारो भएको टिप्पणी गरे । प्रचण्डले २०७५ जेठ ३ गते नेकपा नबनाइ समाजवादी मोर्चा बनाएको भए एमालेसँगको एकता टिक्थ्यो कि भन्ने विचार व्यक्त गरे ।

राष्ट्रिय सभा गृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा गरेको भएपनि त्यो पार्टी बचाउन नसकेको उनले बताए ।

निश्चित विचार र उद्देश्यका साथ मोर्चा बनाउन सफल भएको र फड्किएर पार्टी एकता गर्दा दुर्घटना भएको उनको भनाई छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.