परम्परा जोगाउँनकै लागि फेरी

Share Icon

२२ चैत,उदयपुर । परम्परागतरूपमा घरघरमा लगाउने गरिएको फेरी लोप हुँदै जान थालेको छ । कात्तिक,माघ तथा चैत, महिनामा गाउँघरमा रोगव्याध लाग्न नदिन र भूत–प्रेत, हटाउन रातको समयमा घर–घरमा गएर शङख फुक्दै फेरी९फिरी०लगाउने जोगीको पेसा विस्तारै लोपहुँदै जान थालेको हो ।

भोजपुरको दिङला र ओखलढुङगाको लिखुखोलाबाट मोरङको पथरी तथा कानेपोखरी क्षेत्रमा बसाइँ सरेर झरेका केही जोगी भने परम्परागत व्यवसाय र संस्कृति जोगाउन चैत महिना लागेसँगै फेरी लगाउँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रमा आइपुगेका छन् ।

आफ्नो पुख्र्यौली पेसा र परम्परालाई जोगाउन प्रत्येक वर्षको कात्तिक र चैत महिनामा उदयपुरको विभिन्न क्षेत्रमा महिनौसम्म फेरी लगाएर आम्दानी गर्दै घर फर्कने गरेको उनीहरूले बताए ।

प्रत्येक वर्ष झैँ यसपटपट पनि पथरीबाट तीन जोगीले अहिले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र र चौदण्डीगढी नगरपालिका क्षेत्रमा आएर रात्रिको समयमा फेरी लगाइरेका छन् ।

आफूहरु शिवको अनुचर भएको र गुरु गोरखनाथको पालादेखि नै आफ्ना पुर्र्खालाई गाउँघरमागई फेरी लगाएर भूतप्रेत भगाउनु भन्ने गोरखनाथको आदेश भएकाले अहिलेसम्म पनि परम्परालाई निरन्तरता दिँदै आएको गाईघाट आइपुग्नुभएका फेरीवाल धनबहादुर जोगीले बताउनुभयो ।

अहिले युवा पुस्ताले फेरी लगाउन छोडिसकेकाले आफूहरुले परम्परा बचाउनकै लागि पनि फेरी लगाउँदै हिँड्ने गरेको अर्का दानबहादुर जोगीको भनाइ थियो ।

उहाँले भन्नुभयो,“सबैले पैसा कमाउनका लागि हिँडेको आरोप लगाउँछन् तर आफूहरुले पैसा कमाउनका लागि मात्र नहिँडी परम्परा र संस्कृति जोगाउनका लागि यो कार्य गर्दै आएका छौँ ।

गाइनेहरुले आफैंँ सारङ्गी बोकोर नहिँडे, जोगीहरुले फेरी लगाएर नहिँडे परम्परा नै लोप हुने भएकाले पनि आफूहरुले यस्तो कार्य गर्दै आएको जोगी धनबहादुरको भनाइ थियो ।

विसं २०४० देखि भोजपुरको दिङ्लाबाट मोरङको पथरी बसाइँ सरेका जोगीहरु अहिले पथरी क्षेत्रमा झण्डै ८५ घरको सङ्ख्यामा छन् तर अधिकांश जोगीका सन्तान विदेश पलायन हुने वा अन्य पेसामा लाग्ने गरेका कारण अहिले फेरी लगाउनेहरु न्यून रहेका उहाँले बताउनुभयो । अहिले पथरीका जोगीमध्ये १३ जनाले मात्र फेरी लगाउने गरेका छन् ।

आफूहरुले फेरी लगाउनेभन्दा अन्य पेसाबाट बढी आर्थिक आम्दानी गर्न सक्ने भएकाले पुर्खाले अङ्गालेको पेसा बचाउनका लागि मात्र लागेको अर्का कुलबहादुर जोगीको धारणा थियो

आफ्ना पुर्खालाई गोरखनाथ ले नै फेरी लगाएर भुतप्रेत भगाउन ५५ भैरुम मन्त्र दिएकामा हिजोआज ती ती मन्त्रसमेत लोप हुन लागेको चिन्ता यी जोगीमा थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.