समाज

नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव

नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव

१९ भदौ, त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ । जिल्लास्थित मध्यविन्दु जिल्ला अस्पतालसहित भ्याक्सिन उपलब्ध हुने यहाँका सरकारी स्वास्थ्य संस्थामा उक्त भ्याक्सिनको अभाव भएको हो । जिल्ला अस्पतालमा भ्याक्सिन सकिएपछि अस्पतालले सार्वजनिक सूचना जारी गर्दै हाल उक्त रोगको उपचार गर्न नसक्ने जनाएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार केन्द्रबाट भ्याक्सिन प्राप्त नभएकाले यहाँकोे सेवा रोखिएको छ । अस्पतालमा मासिक करिब तीन सय डोज रेबिज विरुद्धको भ्याक्सिन खपत हुँदै आएकामा भ्याक्सिन अभाव भएसँगै सेवाग्राहीहरु मर्कामा परेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भ्याक्सिन आउने र…
Read More
कटुवाल प्रथामा प्रविधिको प्रयोग

कटुवाल प्रथामा प्रविधिको प्रयोग

१९ भदौ, ढोरपाटन। बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो । गाउँलेको भेलाले दुई÷दुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि पुरानै संस्कार, परम्परा र प्रथालाई अङ्गाल्नु कतिपयले गलत भन्दै आएका छन् भने कतिपयले नेपाली समाजको पहिचानका रुपमा लिएका छन् । खासगरी कटुवाल दलित, जनताति तथा न्यून वर्गका व्यक्तिलाई बनाइँदै आएको पाइन्छ । बेरोजगार तथा सामान्य परिवारको व्यक्ति कुटुवाल हुँदा उसको आयआर्जनमा केही टेवा पुग्ने गरेको छ । कटुवाल प्रथालाई पछिल्लो…
Read More
आलेख : बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस्

आलेख : बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस्

१९ भदौ,जनकपुरधाम ।‘आमै! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै । जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अल्मलियौँ । लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै । ‘बुढो बाजेको पेडा पसल’, ‘असली बुढो बाजेको पेडा भण्डार’, ‘असली बुढो वैद्यनाथ बाजेको पेडा पसल’, ‘उही पुरानो वैद्यनाथ बाजेको पेडा पसल’, ‘वैद्यनाथ बाजेको पेडा भण्डार’, ‘वैद्यनाथ बाबाको पेडा पसल’, ‘श्री वैद्यनाथ साहको पेडा भण्डार’ यस्तैयस्तै पसल अनेक तर नाम एक । अगाडि होस् या पछाडि ‘वैद्यनाथ बाजे’ हरेक पसलको साझा पहिचान हो । त्यो देखेर एकछिन् त जो कोही अलमलमा पर्छन् । त्यस्तै अलमलमा हुनुहुन्थ्यो, काठमाडौँबाट…
Read More
सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

१९ भदौ,मलेखु। राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो । यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । “धादिङ जिल्लामा पृथ्वी राजमार्गले लामो क्षेत्र ओगटेको छ । दिनहुँजसो दुर्घटना भइरहन्छन् । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाइन्छ”, उहाँले भन्नुभयो, “धादिङ जिल्लाले थालेको यो अभियानमा सबै जिल्लाले सुरु गर्नसके राजमार्गमा हुने दुर्घटना कम गर्न सकिनेछ ।” अभियानअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकाको प्राविधिक सहयोगमा…
Read More
वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक’ प्रणाली सुरु

वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक’ प्रणाली सुरु

१९ भदौ,वीरगन्ज । वीरगन्ज नगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणाली (जिआइएस बेस्ड हाउस नम्बरिङ)को सुरुआत गरेको छ । बढ्दो सहरीकरणसँगै घर सङ्ख्या बढ्दै गएकाले घर पहिचानमा सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले मेट्रिक ठेगाना प्रणालीको थालनी गरेको हो । नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख राजेशमान सिंहले बताउनुभयो । महानगरको आरयुडिपी प्रोजेक्टअन्तर्गत एडिबीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो । गणकले आवश्यक तथ्याङ्क सङ्कलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउने गर्छन् । वीरगन्ज महानगरपालिकाको वडा नं १० आदर्शनगरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगरप्रमुख सिंहले नम्बरप्लेट…
Read More
बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण

बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण

१९ भदौ, बैतडी।आपत्कालीन उद्धारका लागि बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण गरिएका छन् । विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टबाट उद्धारका लागि सबै हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ । यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ ।” मनसुन आपत्कालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन् । सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका–३ कुलाउ, सिगास गाउँपालिका–९ चौखाम, सिगास–७ कै शिवलिङ्ग, पुर्चौडी नगरपालिका–१ हाट,…
Read More
सामूहिक र करार खेतीलाई प्रोत्साहन

सामूहिक र करार खेतीलाई प्रोत्साहन

१९ भदौ, काठमाडौँ । सरकारले खाद्यान्न र दूधजन्य पदार्थमा अत्मनिर्भर हुन सिँचाइ, सामूहिक खेती, पशुस्वाथ्य र हरियो घाँस विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । बाँझो जमिन उपभोग कार्यक्रममार्फत सिँचाइ संयन्त्र निर्माण गरी उत्पादनमा वृद्धि एवं सामूहिक र करार खेतीलाई समेत प्रोत्साहन गर्ने नीति सरकारले अघि सारेको हो । कृषि उत्पादन बढाएर आत्मनिर्भर हुने सबैभन्दा महत्त्वपूर्ण पक्ष रासायनिक मल र सिँचाइका लागि तीन तहकै सरकारसँगको सहयोग र समन्वयमा मलको व्यवस्थापन र सिँचाइ प्रवर्द्धनका कार्यक्रम अघि बढाउने कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले बताउनुभयो । बाँझो जमिनमा सिँचाइ उपलब्ध गराएर चैते धान हाल एक लाख १८ हजार हेक्टरमा लगाइएकामा त्यसलाई दोब्बर…
Read More
गण्डकी प्रदेश : १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम

गण्डकी प्रदेश : १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम

१९ भदौ,गण्डकी । गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ११ जिल्लाका १८ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ । विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ, पोषण, महिनावारी तथा प्रजनन स्वास्थ्यजस्ता सेवाको पहुँच पुर्याई विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गरिएको हो । मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले बालबालिकाको आनीबानी र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सो कार्यक्रमबाट टेवा पुगेको बताउनुभयो । “छोटो समयमै विद्यालय नर्स कार्यक्रम प्रभावकारी देखिएको छ, यसबाट स्वास्थ्य शिक्षा प्रवर्द्धनमा समेत मद्दत पुगेको छ”, उहाँले भन्नुभयो, “बालबालिकाले व्यवहार परिवर्तन…
Read More
ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नवनिर्मित भवनको उद्घाटन

ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान अन्तर्गत करिब ३ करोड ५० लाख रुपैयाँको महाविहारको नवनिर्मित भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाताका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका पदाधिकारीहरुको पनि उपस्थिति थियो । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो ।…
Read More
भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

१८ भदौ,बलेवा । विसं २०७७ भदौ १७ गते भुजीखोला किनारका स्थानीयवासीका लागि कालो दिन हो । रातको १२ बजेको हुँदो हो भुजीखोलामा अनायसै आएको बाढीले यहाँका स्थानीयवासीलाई नत पानी भन्न दियो, नत गुहार नै माग्न । केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । बागलुङ ढोरपाटन नगरपालिका–९ को भुजीखोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेका थिएनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसैगरी सुसाउँथ्यो र त्यो वर्ष पनि उस्तै थियो । खोला अघिल्ला वर्षको जस्तो सुसाएर मात्रै बसेन् । बाउबाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्तीबेँसी झरेका बेला बोबाङवासीका…
Read More
Page 137 of 452
1 … 135 136 137 138 139 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.