समाज

तनहुँमा घरको छतबाट खसेर बालकको मृत्यु

तनहुँमा घरको छतबाट खसेर बालकको मृत्यु

९ असाेज, काठमाडाैं । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हाे ।घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका सापकोटाको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । सापकोटालाई तत्कालै दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात पोखरा पठाइएको थियो । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
Read More
देशभरकाे माैसमकाे अवस्था आज कस्ताे रहला ?

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे रहला ?

९ असाेज, काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेकाे छ। साथै भारतको दक्षिण पूर्वीउत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको  माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ ।  गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा…
Read More
मधेश प्रदेशमा चिनियाँ कम्पनीका काण्डैकाण्ड

मधेश प्रदेशमा चिनियाँ कम्पनीका काण्डैकाण्ड

काठमाडाैं । नेपालमा विभिन्न निर्माण परियोजनाको ठेक्काका लागि आएका चिनियाँ अधिकारी देखि कामदारहरुसम्मले नेपालीहरुलाई हेप्ने, दुब्र्यवहार गर्ने देखि कुटपिट समेत गर्ने गरेको घटना अब नौलो विषय रहेन । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ का वडाअध्यक्ष दावा दिन्डुप तामाङ्गले २०७७ सलामा दिएको एउटा अन्र्तवार्तामा उनले गाडीको पास लिएर जाँदा समेत चीनमा ठूलो अपमान खेप्नु परेको खुलाएका थिए । नेपाली चालकले चीनमा सामान्य ट्राफिक नियम उलंघनगर्दा मरणासन्न हुनेगरि चिनियाँ प्रहरीबाट कुटिनु परेको थियो । यो घटनामा नेपाली चालकले एउटा आँखा नै गुमाउनु परेको थियो । यसको बिरोधमा केरुङ् मै आन्दोलन भएको थियो । यो पृष्ठभुमी र घटनाको पुनरावृत्ती पुनः नेपालमै समेत सुरु भएको छ…
Read More
कषिजन्य वस्तु उत्पादनका लागि बनाइएका संरचना प्रयोगविहीन

कषिजन्य वस्तु उत्पादनका लागि बनाइएका संरचना प्रयोगविहीन

७ असोज, झापा । भद्रपुर नगरपालिका–२ मा कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् । पालिकाले करिब एक बिघा जमिनमा तारजालीको घेराबारा गरेर तरकारी खेतीका लागि तीन टनेल निर्माण तथा सेक्युरिटी गार्डका लागि भवन निर्माण गरेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई लक्षित गरेर स्थापना गरिएका संरचना हाल प्रयोगविहीन भएको पालिकाका पूर्व प्रमुख जीवन श्रेष्ठले सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गर्नुभएको छ । उक्त जग्गामा तरकारी नभइ झार जङ्गलले छोपेको उहाँको भनाइ थियो । विसं २०७७ मा वडा नं १ को कार्यालय अगाडि संरचना निर्माण गरिएको जनाउँदै उक्त जग्गा नगरपालिकाको रहेको श्रेष्ठले बताउनुभयो ।…
Read More
नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

७ असोज,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक (अर्गानिक) तकारीको हाटबजार सञ्चालनमा ल्याइएको छ । हाजबजार प्रत्येक शुक्रबार र शनिबार लाग्छ । हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस् प्रमाणीकरण किसान समूहद्वारा उत्पादित ‘अर्गानिक’ उन्मुख तरकारी बिक्रीका लागि सञ्चालनमा लाइएको हो । विशेषगरी प्राङ्गारिकरुपमा जैविक मल प्रयोग गरी विषादीरहित उत्पादन गरिएका तरकारीलाई हाटबजारमा राखिएको काभ्रेपलाञ्चोक एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमका संयोजक बद्रिप्रसाद माकाजुले बताउनुभयो । सशक्तिकरण कार्यक्रमको व्यवस्थापन तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको सहयोगमा उक्त हाटबजार सञ्चालनमा ल्याइएको हो । हाट बजारमा फर्सिको मुन्टा, बन्दा, काउली, अदुवा, तने बोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तिते करेला, खुर्सानी, रैथाने कुखुरा,…
Read More
एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

७ असोज,काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली आजै हाङ्जाउ प्रस्थान गर्नेछन् । नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ । त्यस्तै नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ । एसियाडमा सहभागिता जनाउने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी,…
Read More
प्रशिक्षक खोज्दै ब्याडमिन्टनका जुनियर खेलाडी

प्रशिक्षक खोज्दै ब्याडमिन्टनका जुनियर खेलाडी

७ असोज,महेन्द्रनगर । गत वर्ष काठमाडौँमा सम्पन्न राष्ट्रियस्तरको प्रतियोगितामा यू–१२ तर्फ कञ्चपुर महेन्द्रनगरका १३ वर्षीय आशीष खत्रीले कास्य पदक जित्नुभयो । तीन वर्षअघि महेन्द्रनगरको कवर्डहलमा नियमित ब्याडमिन्टन खेल्न सुरु गर्नुभएका खत्रीले राष्ट्रिय प्रतियोगितामा पहिलो पटकमै कास्य पदक जित्न सफल हुनुभएको थियो । ब्याडमिन्टनमा राम्रो सम्भावना भएका खत्रीलाई अहिले प्रशिक्षक चाहिएको छ । तर प्रशिक्षक पाउन मुस्किल छ । एक वर्ष अघि पनि बिना प्रशिक्षक पदक प्राप्त गर्नुभएका खत्री जस्तै कञ्चनपुरका अन्य खेलाडीहरु प्रशिक्षकबिहीन भएको वर्षौ भइसकेको छ । नेपाली ब्याडमिन्टनको इतिहासमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर खेलाडी उत्पादनको भूमिका रुपमा परिचित छ । तर सम्भावना भएको क्षेत्रमा प्रशिक्षकको व्यवस्था गर्नका लागि सरोकारवाला…
Read More
वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष श्रेष्ठ

वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष श्रेष्ठ

७ असाेज, काठमाडाैँ । नेपाल सरकारको पछिल्लो प्रशासनिक विभाजन अनुसार गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाका ११ स्थानीय तहहरूमध्ये एक आरूघाट गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु ९ आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी० मिलेर स्थापना भएको हो । गाउँपालिकाको घर धुरी सर्वेक्षण २०७८ अनुसार १५४.५६ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस आरूघाट गाउँपालिकाको पूर्वमा धादिङ जिल्ला, पश्चिममा बारपाक सुलिकोट गाउँपालिका, उत्तरमा धार्चेगाउँपालिका तथा दक्षिणमा भिमसेनथापा गाउँपालिका पर्दछन् । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित  आरूघाट गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष बुद्धि प्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष धमाला

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष धमाला

७ असाेज, काठमाडाैँ । नेपाल सरकारको पछिल्लो प्रशासनिक विभाजन अनुसार गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाका ११ स्थानीय तहहरूमध्ये एक आरूघाट गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु ९ आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी मिलेर स्थापना भएको हो । यो गाउँपालिका समुद्री सतहबाट ४७९ मिटर देखि ३७३५ मिटरको उचाइमा रहेको छ । गाउँपालिकाको घर धुरी सर्वेक्षण २०७८ अनुसार १५४.५६ वर्ग.मी. क्षेत्रफल रहेको यस आरूघाट गाउँपालिकाको पूर्वमा धादिङ जिल्ला, पश्चिममा बारपाक सुलिकोट गाउँपालिका, उत्तरमा धार्चेगाउँपालिका तथा दक्षिणमा भिमसेनथापा गाउँपालिका पर्दछन् । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित  आरूघाट गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष धनेन्द्रले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा…
Read More
कृषिलाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष अधिकारी

कृषिलाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष अधिकारी

७ असाेज, काठमाडाैँ । नेपाल सरकारको पछिल्लो प्रशासनिक विभाजन अनुसार गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाका ११ स्थानीय तहहरूमध्ये एक आरूघाट गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु ९आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी० मिलेर स्थापना भएको हो । यो गाउँपालिका समुद्री सतहबाट ४७९ मिटर देखि ३७३५ मिटरको उचाइमा रहेको छ । गाउँपालिकाको घर धुरी सर्वेक्षण २०७८ अनुसार १५४.५६ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस आरूघाट गाउँपालिकाको पूर्वमा धादिङ जिल्ला, पश्चिममा बारपाक सुलिकोट गाउँपालिका, उत्तरमा धार्चेगाउँपालिका तथा दक्षिणमा भिमसेनथापा गाउँपालिका पर्दछन् । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित  आरूघाट गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष टेक बहादुर अधिकारीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा…
Read More
Page 110 of 452
1 … 108 109 110 111 112 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.